• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

चितवनका उम्मेदवार भेटघाट र आन्तरिक छलफलमा व्यस्त


  •   बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
  • यही मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका क्रियाशील राजनीतिक दलहरु गाउँ पस्ने तयारीमा लागेका छन् ।

    Advertisement

    निर्वाचन आचारसंहिताले कात्तिक १५ गते पछि मात्रै झण्डा र ब्यानरसहित गाउँ पस्न दिने भए पनि दलका नेता कार्यकर्ता आफ्नो पक्षको उम्मेदवारलाई विजयी गराउन गाउँ पस्न सुरु गरेका छन् ।

    जिल्लामा सत्ता गठबन्धनका उम्मेदवार अहिले आन्तरिक छलफल र गृहकार्यमानै व्यस्त रहेका छन्, भने नेकपा ९एमाले०सहितका अन्य दल पनि उम्मेदवारसहित छलफल एवं परामर्शमा नै व्यस्थ रहेका छन् ।

    उम्मेदवार र दलहरु आन्तरिक गृहकार्यमा व्यस्त रहँदै गर्दा दलका तल्लो तहका नेता भने आफ्नो पक्षमा मत माग्नका लागि गाउँगाउँ पुग्न सुरु गरिसकेका छन् ।

    एमाले चितवनका उपाध्यक्ष कमल पाठक अहिले झण्डा र ब्यानर लिएर गाउँ पस्न नपाउने भए पनि उम्मेदवार भने गाउँ छिरिसकेको बताए ।

    उनले भने, “औपचारिक रुपमा कात्तिक १७ गतेदेखि घरदैलो अभियान सुरु हुने भए पनि अहिले नेता कार्यकर्ता आ–आफ्नो तरिकाले भोट माग्ने काम भइरहेको छ ।”

    नेताहरुले भेटघाट र आन्तरिक छलफललाई तीव्र बनाएको उनले बताए । जनताको माझ मत माग्न जाँदा नेकपा एमालेले राष्ट्रियता र सम्वृद्धिको नारा लिएर जाने बताए ।

    नेपाली कांग्रेसका उम्मेदवार अहिले क्षेत्रीय तथा पालिकास्तरको छलफलमा व्यस्त रहेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।

    क्षेत्रमा भेला बैठक भइरहेको भन्दै उनले केही दिनमानै उम्मेदवार गाउँ पस्ने बताए । आचारसंहितका कारण पार्टीको झण्डा र ब्यानर लिन नमिले पनि मत माग्न मिल्ने जनाउँदै उनले दलका नेता कार्यकर्ता गाउँ पस्ने तयारीमा रहेको बताए ।

    गठबन्धनको बैठक बसेलगत्तै उम्मेदवार गाउँमा जाने उनको भनाइ छ ।

    उनले भने, “गठबन्धनको बैठक एक÷दुई दिनमानै बस्छ । अनि हाम्रा उम्मेदवार गाउँ छिर्नुहुन्छ ।” अहिले सम्पर्क कार्यालय स्थापना, निर्वाचन परिचालन समिति गठन, घोषणा पत्र तयारी समिति जस्ता महत्वपूर्ण समिति निर्माणको काम भइरहेको उनले जानकारी दिए ।

    गठबन्धनका उम्मेदवारले प्रतिगमनको विरुद्धमा लोकतन्त्रलाई बलियो बनाउँदै सम्वृद्धिका लागि मत माग्ने बताए । अहिले नेता कार्यकर्ता आफ्नो पक्षमा मत माग्न गाउँ पुगेको जानकारी दिए । नेकपा (माओवादी केन्द्र)केही दिनमानै घरदैलोमा जाने रणनीतिमा रहेको छ ।

    माओवादी केन्द्रका चितवनका संयोजक रामचन्द्र अधिकारिका अनुसार पार्टीको र गठबन्धनको आन्तरिक बैठक सकिए लगत्तै घरदैलो अभियान सुरु हुने छ ।

    उनले भने, “आचारसंहिताले पार्टीको झण्डा र ब्यानर बोक्न रोकेको भए पनि जनतको घरमा पुग्न रोकेको छैन ।” उम्मेदवार र अन्य नेतासहित घरदैलो सुरु गरिने उनको भनाइ छ ।

    अहिले दलका नेता तथा कार्यकर्ता गठबन्धनको पक्षमा मत माग्न गाउँ पसिसकेको उनले जानकारी दिए । गठबन्धनले सम्वृद्धिको नारासहित प्रतिगमनको विरुद्धमा मत माग्ने उनले भने ।

    नेकपा एकीकृत समाजवादी पनि अहिले आन्तरिक गृहकार्यमा रहेको समाजवादीका जिल्ला उपाध्यक्ष अरुणपीडित भण्डारीले जानकारी दिए । अहिले निर्वाचन क्षेत्र, पालिका र वडा तहको बैठक जारी रहेको उनको भनाइ छ ।

    बैठक सकिएलगत्तै उम्मेदवार तथा नेता कार्यकर्ता जनताको घरदैलोमा पुगिसक्ने उनले बताए । निर्वाचनलाई गठबन्धनको पक्षमा पार्नका लागि नेकपा एमालेका नेता कार्यकर्ता लागिसकेको उनको भनाइ छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)पनि गाउँ पस्ने तयारीमा छ ।

    सबै क्षेत्र र वडास्तरमा निर्वाचन परिचालन समिति गठनको दौडमा रहेको राप्रपाका केन्द्रिय सहमहामन्त्री रिना गुरुङले बताए ।

    अहिले क्षेत्र, पालिका र वडा तहका नेता कार्यकर्ता मत माग्न गाउँपसिसकेको उनले जानकारी दिए । तीन प्रतिनिधिसभा सदस्य र ६ प्रदेशसभा सदस्य क्षेत्र रहेको यस जिल्लामा हाल चार लाख आठ हजार तीन सय ४२ जना मतदाता रहेका छन् ।

    क्षेत्र नं १ मा एक लाख ३९ हजार आठ सय ४५ जना, क्षेत्र नं २ मा एक लाख चौबिस हजार दुई सय १४ जना र क्षेत्र नं ३ मा एक लाख चौवालीस हजार दुई सय ८३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।

    जिल्लामा एक सय ६२ मतदानस्थल र चार सय ६० मतदान केन्द्र रहेने छन् ।

    बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.