ईश्वर पन्डित लेख्नु हुन्छ “एक दुइ जना नक्कली स्वतन्त्र उम्मेदवारले सम्सदिय चुनाव जिद्दैमा केही हुदैन, हदै भए बिना बिभागिय मन्त्री मात्र।
आफ्नो मतको सहि सदुपयोग गर्नुहोस । त्यस्ता नक्कली स्वतन्त्रलाई धेरै बिश्वास नगर्नुहोस। समयमै सचेत हुनुहोस ।
झुक्किएर जितिहाले छन भने पछि पछुतो होला । प्रजातान्त्रिक ब्यवस्था को सहि प्रयोग गरौ।”
स्वतन्त्रकै विषयमा कुशल अधिकारी लेख्नु हुन्छ -“यस पालिको चुनाव मा कुनै दल को बहुमत न हुने पक्का छ ।
गठबन्धनको नाम मा मिलेर देश लुट्न र भ्रष्टाचार गर्न अगाडी बडेका अहिले का राजनितिक दल लाई साइज मा स्वतन्त्र उम्मेद्ववारको विकल्प छैन ।
अब को भोट स्वतन्त्र लाई ।”
जनमानसमा स्वतन्त्रको विषयमा फरक-फरक फरक विचार देख्न सकिन्छ ।
