• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

उम्मेदवारलाई मतदाताको जवाफ : पार्टीभन्दा पनि विकास गर्नेलाई भोट दिन्छौँ


  •   बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित
  • रुकुम पश्चिम आठबीसकोट-९ की सीता बटालाको घरमा बुधबार नेकपा एमालेका नेता तथा कार्यक्रताहरु भोट दिन आग्रह गर्दै पुगे। उम्मेदवारसहित भोट माग्न घरमा पुगेका एमाले कार्यक्रताले घरमा साना बालबालिकाबाहेक ठूलो व्यक्ति कोही नभेट्दा बालबालिकाले दिएको सूचनाअनुसार धान काट्ने ठाउँमा जान बाध्य भए। दल बलसहित धान काटिरहेको खेतमा पुगेका नेता कार्यक्रता देख्दा सीता बटालासहित उनका पाँच जना परिवार अचम्ममा परे।

    Advertisement

    भोट दिनुपर्‍याे भन्दै पुगेका उम्मेदवारलाई सीताले तपाईंहरूको एजेण्डा के छ सुनाउनुहोस् भन्दै प्रश्न गरिन्। एमालेका उम्मेदवारसहितका कार्यक्रता पनि के कम ? सबै एजेण्डा सुनाउने क्रम्मा सुरुमा भनेका थिए ,‘रुकुम पश्चिममा माओवादी ज्यादती बढी भयो , यसलाई ध्वास्त पार्नुपर्‍याे। तपाईं, हामी नमिलेसम्म यो काम हुने छैन ।’ यो सुनेपछि सीतालाई रिस उठ्यो, उनले भनिन्, ‘तपाईंहरु भोट माग्न आएको हो कि इगो साट्न। तपाईंहरू जानुहोस्। हामीलाई जसले विकास गर्छ, खानेपानी, सिँचाई ,विद्युत ल्याउँछ उसैलाई भोट दिने हो। तर, तपाईंहरूको रिस पोख्ने ठाउँमा हामीलाई प्रयोग नगर्नुहोस् ।’ यति सुनेपछि एमाले टोलीले केही छैन समस्या हामीलाई भोट दिनुहोला भन्दै खेतबाट बाहिरिए।

    डोल्पा ख का दोस्रो पटकका उम्मेदवार तथा कर्णाली प्रदेशका वनमन्त्री वीरबहादुर शाही ( गठबन्धनका साझा उम्मेदवार ‘माओवादी उम्मेदवार’) गाउँ घरमा दोस्रो पटकका लागि भोट माग्दै छन्।

    पहिलो चरणमा मैले गरेका कामहरु अधुरा भए अब दोस्रो पटक भोट दिएमा सबै पूरा हुने बाचा गर्दै भोट मागिरहेका छन्। मतदाताले खाद्य डिपोहरूमा नुन र चामलको आपूर्ती, सडक सञ्जाल छिटो जोड्नुपर्ने र विद्युतीकरण कहिले हुन्छ भन्ने लगाएतका माग राखेका छन्। माओवादीलाई यो पटक भोट दिएमा डोल्पाका अधिकांश कामहरू पूरा हुने शाहीको जवाफमा मतदाताले हामी पार्टीभन्दा पनि विकास निर्माणको कामलाई चिन्छौँ , जसले हाम्रो आधारभूत आवश्यकता पूरा गर्छ, उसैलाई भोट दिन्छौँ भन्दै जवाफ फर्काएका छन्।

    जाजरकोटमा गठबन्धनका सबै नेता तथा कार्यक्रताहरु एकै कार्यक्रम बनाएर गाउँ गाउँमा रहेका छन् । उनीहरुले अधुरा कामहरु पुरा गर्ने बाचासहित भोट मागिरहेका छन्। नेकपा एमालेका उम्मेदवार निरज आचार्यले आफू यूवा भएकाले भोट दिन आग्रह गरेका छन्।

    शान्ति प्रक्रियायताका समयमा नेकपा एमालेले जाजरकोटमा नेतृत्व गर्न नपाएका कारण उसले देखाउने विकासका एजेण्डाहरु खासै नभएको पाइएको छ। उत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार शक्तिबहादुर बस्नेतले आफूले गरेका कामको रामकहानी लामो बनाएर प्रचार गर्दै भोट मागीरहेका छन्। उनीले गरेका कामहरूको फेहरिस्त कांग्रेसका उम्मेदवार बेदराज सिंह ( गठबन्धन प्रदेश क) लगाएतका नेताहरु सुनाइरहेका छन्। गठबन्धनकै बलमा सबै काम भएको भन्दै प्रचार गरिरहेका छन्। जाजकोटमा शक्ति बस्नेत एक मात्र पटक पटक संघीय मन्त्री र पहुँच राख्ने नेता भएकाले गठबन्धनलाई भोट माग्न सजिलो बनाइदिएको छ।

    सुर्खेतमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति नै चुनावमा भिडेका कारण त्यहाँको माहुल तातिएको छ। सुर्खेतमा पनि गठबन्धनका उम्मेदवारहरु गाउँ ,गाउँमा पुगेका छन्। कालिकोट, जाजरकोट, रुकुम पश्चिम, हुम्ला र सल्यान पटक पटक संघीय मन्त्री पाउने जिल्लाको लिष्टमा पर्दछ। मन्त्रीको पद भजाउँदै विकास गर्छु भनेर मतदातालाई भोट माग्ने गतिलो हतियार समेत बन्दै आएको छ।

    प्रदेश सरकारको तर्फबाट कर्णालीका अधिकांश जिल्लाले मन्त्री पाइसकेको छ। मन्त्री पाएका अधिकांश व्यक्तिहरु चुनाव मैदानमा नभए पनि ४० प्रतिशतले चुनावमा भाग लिएका छन्। कर्णालीमा तेस्रो हैसियातमा खम्चिएको नेकपा एमाले रुष्ट व्यक्तिहरुलाई साथमा लिएर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छ। गठबन्धन संवद्ध दलहरु रुष्टलाई फकाएर सबै परिणाम आफ्नो पक्षमा ल्याइ पल्लाभारी पार्ने दावी गरिरहेको छन्। दोहोरिनेमा प्रतिनिधिसभामा रुकुम पश्चिमबाट जर्नादन शर्मा, जाजरकोटबाट शक्तिबहादुर बस्नेत, डोल्पाबाट धनबहादुर बुढा , कालिकोटबाट महेन्द्रबहादुर शाही दोहोरिएका छन्।

    प्रदेशमा डोल्पाबाट वीरबहादुर शाही, जुम्लाबाट पदम रोकाय, हुम्लाबाट मुख्यमन्त्री जीवनबहादुर शाही, दैलेखबाट अमर थापा, कालिकोटबाट कुर्मराज शाही, सल्यानबाट प्रकाश ज्वाला ( प्रतिनिधिसभा उक्लेका ) दोहोरिएका छन्।

    पहिलो चरणमा गठबन्धन बलियो बनाउने, दोस्रो चरणमा एमाले भित्र फुट पैदा गर्ने लगाएका कुरामा गठबन्धन चनाखो देखिएको छ। एमाले भित्र दुई धार देखिएका कारण चुनावमा प्रभाव पर्न सक्ने आकलन गठबन्धन भित्र चर्चा रहेको छ।

    गठबन्धन भित्र राम्रो एजेण्डा र जनमत भएकाले पुर्ण रुपमा सफल हुने नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए। यो पटक इन्चार्ज मल्ल, प्रदेश अध्यक्ष विमला केसी चुनावमा लडेका छैनन्। कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही जुम्लाबाट प्रदेशसभाका उम्मेदवार रहेका छन्। त्यस्तै नेकपा एमालेका स्थायी कमिटी सदस्य यमलाल कँडेल सुर्खेतबाटै प्रदेशसभाका उम्मेदवार छन्।

    बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.