प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री समेत रहेका नेपाली काँग्रेसका प्रदेशसभा सदस्यका उम्मेद्वार शेखरचन्द्र थापाको निधन भएको छ।
मोरङ क्षेत्र ३ (क) का नेपाली कांग्रेसका उम्मेदवार रहेका थापाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
उनको निमोनियाका कारण निधन भएको बताइएको छ। उनलाई केहि समय अघि डेंगु संक्रमण समेत भएको थियो।
