• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

सिरहा-३ मा पूर्वमन्त्रीहरूबीच कडा प्रतिस्पर्धा


  •   बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
  • आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनमा सिरहा-३ मा सत्ता गठबन्धन र नेकपा एमाले, जसपा गठबन्धनबीच कडा प्रतिस्पधा हुने भएको छ। प्रतिनिधि सभामा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादीका स्थायी समिति सदस्य विश्वनाथ साह र एमाले–जसपा गठबन्धनका तर्फबाट एमालेका पोलिटव्यूरो सदस्य लीलानाथ श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो।

    Advertisement

    यस क्षेत्रको ४१ वडामा गत स्थानीय तह निर्वाचनमा एमाले–जसपाले प्राप्त गरेको मत परिणामको आधारमा अगाडि रहेकोले आफ्नो जित सुनिश्चित रहेको पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठले बताउँदै आएका छन्।

    यता पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार साह माओवादी केन्द्र, काँग्रेस र एकीकृत समाजवादीको मतान्तर धेरै रहेको र जसपा गठबन्धनमा देखिएको असन्तुष्टिले आफ्नो जितलाई सुनिश्चित बनाएको बताउँछन्।

    एमाले जसपा गठबन्धनले उत्तर दक्षिणको उम्मेदवार मिलाउन नसकेको र आफ्नै पार्टीभित्र असन्तुष्टि चुलिएकाले स्थानीय तहकोमतलाई आधार मान्न सकिने अवस्था नरहेको जानकारहरु बताउँछन्। एमाले–जसपा गठवन्धनले सिरहा ३ प्रदेश ‘ख’ उम्मेदवार सिरहा पालिकाभित्रको उम्मेदवार दिन नसकेकोले पनि पार्टीभित्र असन्तुष्टि छ। यो गठबन्धनमा प्रतिनिधि र प्रदेशसभा दुवै उम्मेदवार सिरहा ३ प्रदेश ‘ख’ भन्दा बाहिरका रहेका छन्।

    सिरहाको निर्वाचन क्षेत्र नम्बर ३ मा गोलबजार नगरपालिकाको १२ वडा, नरहा गाउँपालिकाको १ र २ वडा, विष्णुपुर गाउँपालिकाको १ र ५, अर्नमा गाउँपालिकाको १, २ र ३ बटा र सिराहा नगरपालिकाका २२ वटै वडा गरी ४१ वडा पर्दछ।

    गत स्थानीय तहलाई आधारमान्दा सत्ता गठबन्धनका वडा अध्यक्षहरूले जम्मा ३४ हजार ५४ मत प्राप्त गरेका थिए। जसमध्येय नेकपा माओवादी केन्द्रले ९ हजार ५७१, कांग्रेसले १८ हजार १६, एकीकृत समाजवादीले ६ हजार २१० र तमलोपाले २५७ प्राप्त गरेको थियो।

    एमाले–जसपा गठबन्धनको पक्षमा ३४ हजार ८३० मत खेको थियो। जसमध्येय नेकपा एमालेले २० हजार १३७ र जसपाको १४ हजार ६९३ मत प्राप्त गरेको थियो।

    दुवै गठवन्धनको स्थानीयमा पाएको मतान्तर धेरै फाराकिलो देखिन्न। वाम लोकतान्त्रिक गठबन्धनभन्दा एमाले जसपा गठबन्धन ७७६ मतले अगाडि देखिन्छ।

    स्थानीय तहको मतको आधारमा श्रेष्ठ बलियो देखे पनि पार्टीभित्रको असन्तुष्टि, बागी उम्मेद्वारी, यहि क्षेत्रबाट २०७४ को निर्वाचनमा निर्वाचित भएकाले ‘एन्टी’ मत अर्को उम्मेद्वारलाई पर्नसक्ने सम्भावना पनि उत्तिकै रहेको अनुमान छ।

    दक्षिणी भेगबाट गत भदौ ३१ गते सिरहामा ओली आएर एमाले प्रवेश गराएका गोपाल यादव र सिराहाका नगरप्रमुख नवीन कुमार यादवका भाइ प्रवीणकुमार यादवले प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिएकाले श्रेष्ठलाई चुनौती थपिएको छ।

    स्थानीय तहको मत परिणामका आधारमा दुवै उम्मेदवार उत्तिकै बलियो भएकाले अहिले नै कुनै एक उम्मेदवारले जित्ने अड्कलबाजी गर्न हतार हुने बुद्धिजीविहरुको मत छ।

    सिराहा-३ को प्रदेश ‘क’ मा नेपाली कांग्रेसको तर्फबाट रामसगुन यादवले उम्मेदवारी दिएका छन्। मनोनयनकै दिन जसपाबाट पार्टी प्रवेश गराएर मनोज सिंहलाई नेकपा एमालेले उम्मेदवार बनाएको छ। यस प्रदेशमा पनि यादव र महतोबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

    प्रदेशसभाका लागि ३ को ‘क’ बाट नेपाली कांग्रेस, नेकपा एमाले, जनमतसहित ५ पार्टीका र ११ स्वतन्त्रगरी १६ जनाले उम्मेदवारी दिएका छन्।

    प्रदेश ३ को ‘ख’ बाट सता गठबन्धनका प्रमोद कुमार यादवले उम्मेदवारी दिएका छन्। उनी प्रदेश कानुन मन्त्री तथा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष समेत हुन्। एमाले–जसपा गठबन्धनका रेणु कुमारी यादवको उम्मेदवारी परेको छ। यहाँ गोपाल प्रसाद यादव र सिरहा नगरपालिकाका मेयर नविन यादवका भाई प्रविन यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यहाँभने स्वतन्त्र उम्मेदवारको प्रभावपनि उत्तिकै देखिएको छ।

    २०७४ को निर्वाचनमा नेकपा एमाले–माओवादी गठवन्धनबाट श्रेष्ठ निर्वाचित भएका थिए। यस क्षेत्रमा ७ पार्टीका र १४ स्वतन्त्र सहित २१ जनाको प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी परेको छ।

    बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.