राप्तीमा घरको भान्छा कोठामा आगो लाग्दा अन्दाजी ५ लाख बराबरको क्षति भएको छ । आज बिहान ७ बजेर २० मिनेट जांँदा राप्ती नगरपालिका वडा नम्बर ७ (फोर ग्रुप) बस्ने उत्तम कुमार मगरको टिनले छाएको घरको भान्छाकोठामा एक्कासी खाना पकाउने ग्याँस लिक भई आगलागी भएको हो ।
आगलागीबाट भान्छा कोठामा भएको सम्पुर्ण भांँडाकुडा, खानेकुराहरू, फर्निचरका सामानहरू जलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरी टोली , दमकल, र स्थानियको सहयोगमा ०८ः०० बजे आगो पुर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबट कुनै मानवीय एवं चौपाया क्षति भएको छैन ।
