• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रचण्डले छाडेको चितवन-३ मा त्रिपक्षीय प्रतिस्पर्धा


  •   बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
  • प्रायः निर्वाचनमा चर्चामा रहने जिल्ला हो चितवन। यही मङ्सिर ४ गते हुने निर्वाचनमा पनि चितवनलाई निकै महत्वका साथ हेरिएको छ।

    Advertisement

    जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये चर्चाको केन्द्रमा रहने चितवन क्षेत्र नम्बर ३ यसपटक पनि सुरुआती चरणबाटै चर्चामा रह्यो। विशेष गरेर २०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन क्षेत्र नं ३ बाट विजयी भएपछि यो क्षेत्र सधैँ चर्चामा रह्यो। यसपटक पनि दाहाल यसै क्षेत्रबाट निर्वाचन लड्ने बताएका थिए।

    तर अन्तिम समयमा गोरखा गएपछि यो क्षेत्रमा माओवादीको तर्फबाट चिकित्सक पेशा छाडेर डा भोजराज अधिकारी निर्वाचनमा होमिएका छन्।

    सधैं अस्पतालमा बिरामी जाँच्दै गरेका भेटिने डा अधिकारी बुधबार चुनावी अभियानको क्रममा घरदैलोमै बिरामीको चेकजाँच गर्दै गरेको भेटिए। प्रचार प्रसारको अवधि सकिनै लाग्दा डा अधिकारीको दौडधुप झनै बढेको देखिन्थ्यो। सुरुआती चरणमा आफ्नो एजेण्डा बुझाउन समय लागे पनि अहिले मतदातालाई आश्वस्त पार्न सफल भएको अधिकारी बताउँछन्।

    नेपाली कांग्रेसको बढी प्रभावको रुपमा रहेको यस क्षेत्रमा सत्तागठबन्धनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कडा चुनौती दिइरहेको छ। एक पटक सांसद बन्दा दुई पटक मन्त्री बनेका राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे यसै क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन्।

    विसं २०७४ को निर्वाचनमा कांग्रेसको सहयोगमा उम्मेदवारी दिएका पाण्डे बाम गठबन्धनका उम्मेदवार ‘प्रचण्ड’ सँग पराजय भएका थिए। प्रचण्डले पाण्डेलाई नौ हजार तीन सय ४१ मतान्तरले पराजित गरेर सांसद बनेका थिए।

    एमालेको साथ पाएका प्रचण्डले ४८ हजार दुई सय ७६ मत ल्याउँदा कांग्रेसको समर्थनमा निर्वाचन लडेका पाण्डेले ३८ हजार नौ सय ३५ मत प्राप्त गरेका थिए। निर्माण व्यवसाय क्षेत्रबाट चिनिनुभएका पाण्डे चितवन ३ को लागि चिरपरिचित अनुहार हुन्।

    उनी पटक-पटक गरी अहिलेसम्म पाँचौँ पटक संसदीय निर्वाचनमा होमिएका छन्। योबीचमा उनी २०७० सालको संविधानसभा निर्वाचनमा जित हासिल गरेर मन्त्रीसमेत भएका थिए।

    माडीमा विशेष प्रभाव जमाएका पाण्डेले पनि घरदैलोलाई तिव्रता दिइरहेका छन्। कांग्रेसको राम्रो प्रभाव हुँदा हुँदै प्रतिनिधिसभामा कांग्रेसको उम्मेदवार नभएको भन्दै भोट आफूतिर तान्न पाण्डे प्रयासरत देखिन्छन्। त्यसो त राम्रो प्रभाव रहेको अर्को दल नेकपा (एमाले)बाट उम्मेदवार नरहेपछि त्यसको फाइदा उठाउने दाउमा पाण्डे रहेका छन्।

    बलियो पार्टीको रुपमा रहेको चितवन ३ मा यसपटक नेकपा (एमाले)ले उम्मेदवार अठाएन। जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराए पनि अन्तिम समयमा फिर्ता लिएका थिए। नेपाली कांग्रेसको केन्द्रीय सदस्य त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालालाई एमालेले समर्थन गरेको छ। कोइराला माछा चुनाव चिह्न लिएर निर्वाचनमा होमिएका छन्।

    एमालेको बलमा कांग्रेसको मतसमेत पाएर चुनाव जित्ने रणनीतिमा कोइराला छन्। यो निर्वाचन क्षेत्रमा मुख्यगरी स्वतन्त्र उम्मेदवार कोइराला, गठबन्धनका साझा उम्मेदवार अधिकारी र राप्रपाका पाण्डेबीच त्रिपक्षीय भिडन्त हुने देखिन्छ।

    यसै क्षेत्रमा कांग्रेसका पुराना नेता जगन्नाथ पौडेल सूर्यमुखी फूल चुनाव चिह्नमा स्वतन्त्र हैसियतमा उम्मेदवार बनेका छन्। पौडेल यसअघि पनि स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिका प्रमुखको बागी उम्मेदवार बनेका थिए।

    तत्कालीन भरतपुर नगरपालिकाको उपमेयर र एकपटक राष्ट्रियसभा सदस्य भएका पौडेलले पार्टी निर्णयको विरोधमा विद्रोह गरेर चर्चामा आएका थिए। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो पक्षमा माहोल बनाउँदै लगेकाले पनि यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिन्छ।

    दुई स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी निस्किृय बनाएसँगै यस क्षेत्रमा १८ उम्मेदवार प्रतिस्पर्धामा छन्। उम्मेदवाले आ-आफ्नो जित पक्का रहेको दाबी गरे पनि यस क्षेत्रको चुनावी माहोल भने रोचक बन्ने निश्चित छ।

    पाँचदलीय गठबन्धनबाट क्षेत्र नं ३ प्रदेशतर्फ (१) मा कांग्रेसका डा सूर्यकान्त घिमिरे, (२) मा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकालको उम्मेदवारी छ। एमालेले (१) मा कृष्णप्रसाद भुर्तेल र (२) मा सरस्वती विष्टलाई उम्मेदवार बनाएको छ। राप्रपाले (१) मा गिरबहादुर तामाङ (ज्ञानजङ्ग लामा) र (२) मा रिना गुरुङलाई उम्मेदवार बनाएको छ।

    भरतपुरका १९ वटा वडा र माडी नगरपालिका चितवन क्षेत्र नं ३ मा पर्छन्। यस क्षेत्रमा कूल एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन्। यो सबैभन्दा बढी मतदाता भएको क्षेत्र हो।

    गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबाट माओवादीकी रेनु दाहाल र राप्रपासँगको तालमेलबाट माडी नगरपालिका प्रमुखमा एमालेकी ताराकाजीकुमारी महतो निर्वाचित भएकी थिइन्।

    उक्त निर्वाचनमा गठबन्धनमा रहेका दलका वडाध्यक्षका उम्मेदवारले ४५ हजार एक सय ७२, एमालेका उम्मेदवारले ३० हजार छ सय नौ र राप्रपाका उम्मेदवारले सात हजार चार सय ५४ मत पाएका थिए।

    स्थानीय तह निर्वाचनमा चितवन ३ अन्तर्गत पर्ने २९ वडामध्ये नेपाली कांग्रेसले १० वटा, एमालेले चार वटा, माओवादी केन्द्रले सात वटा, एकीकृत समाजवादीले चार वटा, राप्रपाले दुई वटा र स्वतन्त्र उम्मेदवार एक जनाले वडाध्यक्ष जितेका थिए।

    वडाअध्यक्षले पाएको एकीकृत मतमा एमाले अगाडि छ। त्यहाँ एमालेले २९ हजार सात सय ७१, नेपाली कांग्रेसले २९ हजार तीन सय ४३, माओवादी केन्द्रले १० हजार नौ सय ४०, राप्रपाले छ हजार एक सय ९८, एकीकृत समाजवादीले पाँच हजार ३७ र स्वतन्त्र तथा अन्य पार्टीले तीन हजार पाँच सय ५९ मत पाएका थिए।

    बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.