साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ११.५६ अंकले बढेर १९३३.५५ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०२ अङ्कले घटेर ३८०.९२ मा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३२ कम्पनीको २५ लाख ६९ हजार २२९ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड ५१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक शीर्ष स्थानमा छ। यसको आज ७ करोड ६२ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन डिस्टिलरी र तेस्रोमा एनआईसी एशिया बैंकको कारोबार भएको छ।
बिहिबारको कारोबारमा १३ वटा उपसुचकमध्ये निरजीबन बीमा उपसूचकबाहेक सबै उपसूचक बढेको छ। आजको कारोबारमा घलेम्दी हाइड्रो र आरएमडी लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, किसान लघुवित्त र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
