• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मधेस प्रदेशसभामा नयाँ-पुराना अनुहारको मिश्रण


  •   आइतबार, मङि्सर ११, २०७९ मा प्रकाशित
  • मधेस प्रदेशसभामा यसपटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा पठाएका छन्। फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व मधेस प्रदेशसभामा देखिने भएको छ।

    Advertisement

    प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ जना र समानुपातिक ४३ जना गरी जम्मा एक सय सात सदस्यीय सांसद चुनिने व्यवस्था रहको छ। अघिल्लो निर्वाचनमा चुनिएका कतिपय सांसद यसपटक पनि पुनःदोहोरिएका छन् भने संसद्को पहिलो अनुभव लिन नयाँ अनुहारको समेत उल्लेख्य सङ्ख्यामा प्रदेशसभामा प्रवेश पाउने भएको छ।

    एक कार्यकाल मुख्यमन्त्रीका रुपमा सरकार सञ्चालन गरी सकेका लालबाबु राउत फेरि दोहोरिएका छन्। जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय नेतासमेत रहेका उनी पर्सा क्षेत्र नं १ (२) बाट निर्वाचित भएका छन्।

    कांग्रेस नेता रामसरोज यादव धनुषा क्षेत्र नं ३ (१) बाट फेरि प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। रामसरोज यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत भइसकेका छन्।

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनल पनि बारा क्षेत्र नं ४ (२) बाट दोस्रो पटक निर्वाचित भएका छन्। सोनल मधेस प्रदेशमा भौतिक पूर्वाधार तथा विकासमन्त्री भइसकेका छन्।

    त्यस्तै पर्सा क्षेत्र नं २ (२) बाट लोसपाकै रमेशप्रसाद कुर्मी पनि फेरि निर्वाचित भएका छन्। उनी २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट निर्वाचित भएका थिए।

    पर्साकै क्षेत्र नं ४ (१) बाट कांग्रेसका शङ्करप्रसाद चौधरी पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। दोस्रो पटक निर्वाचित हुनेमा रौतहट-४ (२) बाट जसपाका शेष अबुल कलाम आजाद पनि पर्छन्।

    यसैगरी सर्लाहीबाट चार जना प्रदेश सांसद दोस्रो पटक निर्वाचित भएका छन्। सर्लाही क्षेत्र नं १ (१) बाट लोसपाका उपेन्द्र महतो र (२) बाट वेंची लुङेली, क्षेत्र नं ३ (२) बाट जसपाका सञ्जयकुमार यादव तथा क्षेत्र नं ४ (१) बाट कांग्रेसका वीरेन्द्रप्रसाद सिंहले प्रदेशसभामा पुनः निर्वाचित भई सिट सुरक्षित गरेका छन्। कांग्रेसका सिंह यसअघि प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीसमेत भइसकेका छन्।

    त्यस्तै महोत्तरी क्षेत्र नं ३ (१) मा लोसपाबाट उम्मेदवार बनेका अभिराम शर्मा र ३ (२) बाट रानी शर्मा पुनःनिर्वाचित भएका छन्। अभिराम शर्माले सामाजिक विकास राज्यमन्त्रीको समेत जिम्मेवारी सम्हाली सकेका छन्।

    उनले मधेस प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएको जसपाका दीपेन्द्र झालाई झिनो मतले पराजित गरे। धनुषा क्षेत्र नं २ (२) मा जसपाका रामाशिष यादव पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। सप्तरी क्षेत्र नं ३ (१) मा कांग्रेसका मोहम्मद समिम पनि दोस्रो पटक निर्वाचित भएका छन्।

    केही नयाँ अनुहार

    पर्सा क्षेत्र नं १ (१) बाट निर्वाचित माओवादी केन्द्रका रहवर अन्सारी, पर्सा क्षेत्र नं २ (१) बाट निर्वाचित कांग्रेसका श्यामप्रसाद पटेल, पर्सा क्षेत्र नं ३ (२) बाट जितेका कांग्रेसका जनार्दन सिंह क्षेत्रीको प्रदेशसभामा यो पहिलो यात्रा हो।

    यस्तै बारा क्षेत्र नं ३ (१) बाट निर्वाचित एमालेको रवीन्द्र दास श्रेष्ठ, बाराकै क्षेत्र नं ४ (१) बाट निर्वाचित एमालेका देवनारायण थारू पनि प्रदेशसभाका लागि नयाँ हुन्।

    रौतहटमा प्रदेशसभामा निर्वाचित सातमध्ये छ नयाँ छन्। क्षेत्र नं १ (१) बाट नागेन्द्र साह र (२) बाट कृष्णप्रसाद यादव निर्वाचित निर्वाचित भएका छन्। कांग्रेसका दुवै नेताको पनि यो प्रदेशसभाको पहिलो यात्रा हो।

    कृष्ण यादव कांग्रेसका प्रदेश सभापति पनि हुन्। क्षेत्र नं २ (१) मा एमालेका मोहम्मद जैद आलम, क्षेत्र नं २ (२) बाट निर्वाचित कनिश पटेल, क्षेत्र नं ३ (१) मा स्वतन्त्र उम्मेदवार केशव राय र क्षेत्र नं ४ (१) मा निर्वाचित माओवादीका युवराज भट्टराई पनि नयाँ हुन्।

    यसैगरी सर्लाही-४ (२) मा माओवादीका फकिरा महतो र धनुषा-२ (१) मा एमालेका लखन दास तत्मा निर्वाचित हुँदै पहिलो पटक सांसद बन्नुभएको छ । सप्तरीका छ स्थानको नतिजा आउँदा प्रदेशसभा पुग्ने पाँच नयाँ छन्। यसमध्ये चार जनमत पार्टीका हुन्।

    क्षेत्र नं ३ (२) मा शम्भुकुमार साह, क्षेत्र नं २ (१) मा सतिशकुमार सिंह, क्षेत्र नं २ (२) मा महेशप्रसाद यादव र क्षेत्र नं १ (२) मा सकिल मियाँ निर्वाचित भएका छन्। क्षेत्र नं १ (१) मा जितेका एमालेका राजकुमार लेखी पनि नयाँ नै हुन्। लेखीसँग यसअघि प्रदेश सरकारको नीति तथा योजना आयोगमा सदस्य भएर काम गरेको अनुभव छ।

    मन्त्री पराजित

    विसं २०७४ मा निर्वाचित भई प्रदेशका महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका केही मन्त्रीले भने यसपटकको निर्वाचनमा पराजय व्यहोर्नु परेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय हुँदै हाल अर्थमन्त्री रहेका शैलेन्द्र साह सप्तरी क्षेत्र नं २ (१) मा पराजित भए।

    यस्तै पाँच वर्षसम्म भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रहेका योगेन्द्र राय यादव पनि पराजित भए। उनी रौतहट-१ (२) मा उम्मेदवार थिए। प्रदेश मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएर निर्वाचनमा होमिएका दीपेन्द्र झा पनि पराजय व्यहोर्नु परेको छ।

    आइतबार, मङि्सर ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.