• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

माओवादीको चुनावी समीक्षा : रवि र गगनको अघोषित तालमेलले पार्टी पराजित


  •   सोमबार, मङि्सर १२, २०७९ मा प्रकाशित
  • नेकपा (माओवादी केन्द्र) ले देशब्यापी अधिकांश स्थानको चुनावी परिणाम आइरहँदा अनौपचारिक समीक्षा सुरु गरेको छ। वाम-लोकतान्त्रिक गठबन्धन गरेर चुनावमा होमिएको माओवादीले आफ्नो पक्षमा अनपेक्षित परिणाम आएसँगै आन्तरिक समीक्षामा जुटेको हो।

    Advertisement

    माओवादीले पार्टीमा चुनावको आन्तरिक समीक्षाको प्रारम्भिक निश्कर्ष निकालेको छ। माओवादीका एक पदाधिकारीका अनुसार कांग्रेस महामन्त्री गगन थापाले स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग मिलेर देशब्यापी माओवादी उम्मेदवारलाई हराइएको उसको प्रारम्भिक निश्कर्ष छ।

    २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ माओवादीले ३६ सीट जितेको थियो। हालसम्म उसले प्रत्यक्षतर्फ १७ सथानमा जित हात पारेको छ। माओवादीबाट निर्वाचित अधिकांश उम्मेदवारहरु उसको आफ्नै सांगठनिक अवस्था मजबुत भएको स्थानमा बाहेक अन्यत्र कतै पनि जित हात पार्न सकेनन्।

    उनीहरुले गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको मतले एकाध स्थान दाङ क्षेत्र नं २ मा जित हात पारेको छ। जहाँ माओवादीको सांगठनिक अवस्था कमजोर रहेको छ। उक्त क्षेत्रमा बाहेक अन्यत्र माओवादीले गठबन्धनका अन्य मुख्य दल कांग्रेसबाट अपेक्षाकृत सहयोग नभएको उसको निश्कर्ष छ।

    यस्तै काठमाडौं क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी नदिइएकोप्रति पनि माओवादी थप सशंकित बनेको ती पदाधिकारीको भनाइ छ। महामन्त्री थापाले आफहरुूविरुद्ध स्वतन्त्र पार्टीसँग मिलेर अघोषित मोर्चाबन्दी गरेको र सोही कारणले कतिपय माओवादी शीर्ष नेताहरुले पराजय ब्यहोरेको ती पदाधिकारी बताउँछन्।

    ‘देशभर कतिपय स्थानमा आफ्नै कांग्रेस पार्टीका इतर समूह र कतिपय माओवादी शीर्ष नेताहरु हराउनुमा उहाँको भूमिका रहेको देखियो,’ ती पदाधिकारीले भने, ‘काठमाडौं ४ मा रवि लामिछानेको पार्टीले उम्मेदवारी नदिनु चितवन २ मा आफ्नै पार्टीका उम्मेदवारले बारम्बार चुनावी कार्यक्रममा बोलाउँदा सहभागी नहुनुलेसमेत उहाँहरु बीचको अघोषित मोर्चाबन्दी भएको तथ्यले देखाउँछ।’

    दाङ क्षेत्र नं २ मा जित हात पारेको छ। जहाँ माओवादीको सांगठनिक अवस्था कमजोर रहेको छ। उक्त क्षेत्रमा बाहेक अन्यत्र माओवादीले गठबन्धनका अन्य मुख्य दल कांग्रेसबाट अपेक्षाकृत सहयोग नभएको निश्कर्ष

    माओवादीका युवा नेता रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले सुरुवाती चुनावी परिणामा आउँदै गर्दा सामाजिक संजालबाटै गगन थापाले घण्टीसँग तालमेल गरी आफ्ना उम्मेदवार हराएको आरोप सार्वजनिक रुपमा आरोप लगाएका थिए।

    उनले खगेन्द्र संग्रौलाको विषयमा लेखिएको ‘एक बागी’ नामक पुस्तक विमोचन कार्यक्रममा गगन थापाले कालो कांग्रेस भनेको स्मरण गर्दै लेखेका छन् ‘हो रहेछ तपाईंले म कालो कांग्रेस हुँ भनेको हो रहेछ ,तपाईंको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका उम्मेदवारलाई मज्जाले हराउनुभयो। तपाईंलाई आगामी यात्राको शुभकामना।’

    यस्तै माओवादीका अर्का नेता राष्ट्रियसभाका निवर्तमान सांसद रामनारायण विडारीले रवि लामिछानेको स्वतन्त्र पार्टी र गगन थापा एउटै शक्तिकेन्द्रबाट सञ्चालित भएको गम्भीर आरोप लगाएका छन्। उनले काठमाडौं ४ बाट उम्मेदवारी नदिनु र चितवन २ मा चुनावी कार्यक्रममा थापा सहभागी नहुनु साँठगाँठ भएको विडारीको आरोप छ।

    विडारीले आफूले लगाएको फगत आरोप नभइ तथ्यपरक भएको दाबी डिसी नेपालसँग गरे। उनले भने, ‘बाँकी के उद्देश्य भन्ने बारे खोजी गर्ने काम तपाईंहरुको हो। तर यी दुबैको जरो एकै ठाउँमा भएको घटनाक्रमले पुष्टि गरेको छ।’

    उनले थपे, ‘अब उनीहरुबीच अघोषित तालमेल भएको चुनावका घटनाले उजागर गरिदिएको छ। यी दुबै एकै स्थानबाट सञ्चालित छन् र एउटै उद्देश्यको लागि उद्दत छन्। ’

    गठबन्धन दलमा आवद्ध उम्मेदवार र केही आफ्नै पार्टीका उम्मेदवार हराउन समेत दुबैले अघोषित मोर्चाबन्दी गरेको विडारीकोे आरोप छ।

    माओवादी केन्द्रका अर्का केन्द्रीय सदस्य विमल अधिकारीले दुबै मिलेर देशब्यापी गठबन्धन र कांग्रेसका आफू इतर मूलत देउवा पक्षका उम्मेदवार पराजित गर्न गठजोड गरेको आरोप लगाए।

    यी दुबै एउटै शक्तिकेन्द्रबाट सञ्चालित भएको उनले आरोप लगाए। ‘राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुको एउटै स्वार्थ यी दुबैसँग जोडिएको छ। त्यो समयक्रममा पुष्टि हुँदै जाला तर अहिलेको निर्वाचनमा यी दुबैको मिलिभगतमै गठबन्धनका उम्मेदवार माओवादीविरुद्ध परिचालित भएको सत्य हो। यसलाई पार्टीले गम्भीरताका साथ लिएको छ,’ उनले भने।

    आगामी केन्द्रीय कमिटी बैठक र त्यस अगाडिका पार्टीको अन्य कमिटीको बैठकमा समेत यस विषयमा गम्भीरताका साथ छलफल हुने अधिकारी बताउँछन्।

    माओवादीका नेताहरुसमेत सत्ता साझेदार गठबन्धनकै दल कांग्रेस भित्रकै केही समूहकै असहयोग भएको बारे पार्टीका महासचिव देव गुरुङले स्वीकार गरे। उनले डिसी नेपालसँगको कुराकानीमा योजनाबद्धरुपमा कतिपय स्थानमा अघोषित तालमेल देखिएको बताए।

    उनले भने, ‘अब कतिपय स्थान विशेषमा त्यस्तो आशंका घटनाक्रमले देखाएको छ। तर अनौपचारिक छलफल भएपनि आधिकारिक रुपमा पार्टीले संस्थागत धारणा अझै बनाइसकेको छैन।’

    महासचिव गुरुङसमेत लमजुङबाट प्रतिनिधि सभामा पराजित भएका हुन्। उनले माओवादीका अधिकांश नेताहरु र कतिपय कांग्रेसकै नेताहरुलाई समेत गठबन्धनबाट अपेक्षाकृत सहयोग नभएको उनको भनाइ छ। यद्यपि पार्टीले चुनावी परिणाम आएसँगै अबको पदाधिकारी बैठकले यस विषयमा थप संस्थागत धारणा सार्वजनिक गर्ने उनले बताए।

    जसपा सत्ता गठबन्धनबाट बाहिरिएसँगै मधेशमा माओवादीको कमजोर उपस्थिति

    सत्ता गठबन्धनबाट जसपा बाहिरिनु नै मधेशमा कमजोर उपस्थिति देखिएको माओवादीको प्रारम्भिक निश्कर्ष निकालेको छ। उसले जसपा सत्ता गठबन्धनमै रहेको भए मधेशमा माओवादीको सन्तोषजनक अवस्था आउने समेत ती पदाधिकारी बताउँछन्।

    केपी ओलीको दुई पटकको संसद विघटनलाई प्रतिगामी ठान्ने शक्तिसँगै लैजान नसक्नु सत्ता गठबन्धनको कमजोरी भएको उनको भनाइ छ। यस विषयमा समेत पार्टीमा अनौपचारिक रुपमा छलफल सुरु गरिएको र आगामी पदाधिकारी बैठकमा समेत छलफल गरिने ती पदाधिकारीको दाबी छ।

    सबैले आ आफ्ना कमजोरी औंल्याएर अब आगामी दिनमा सकारात्मक पहल थाल्नुपर्छ। अहिलेको निर्वाचन परिणामको मुख्य सन्देश समेत वामहरु एक ठाउँमा हुनुपर्ने चित्रण गरेको छ: देव गुरूङ, महासचिव माओवादी

    जसपा गठबन्धनबाट नबाहिरिएको भए मधेश लगायत अन्य पहाडी जिल्लामा समेत माओवादीका केही उम्मेदवारहरुले जित हात पार्ने ती पदाधिकारी बताउँछन्।

    ती पदाधिकारीले भने, ‘ताप्लेजुङमा हाम्रा उम्मेदवारले थोरै मतले हारेका छन् त्यहाँ अन्तिम मतपरिणाममा जसपाको मत निर्णायक देखिएको छ। यसर्थ जसपा गठबन्धनबाट बाहिरिनु राजनीतिक रुपमा र प्राविधिक रुपले सही भएन।’

    ताप्लेजुङमा माओवादीे २०८ मतान्तरले पराजित भएको छ। एमालेका सचिव योगेश भट्टराईसँग माओवादी उम्मेदवार खेलप्रसाद बुडा क्षेत्री पारजित भएका हुन्। योगेश भट्टराईले २१ हजार ९४३ मत ल्याएर विजयी हुँदा माओवादीका बुडा क्षेत्रीले २१ हजार ७३५ मत ल्याएका छन्। त्यहाँ जसपाका उम्मेदवार चन्द्र मादेनले ६२८ मत ल्याएका छन्।

    सर्लाहीको निर्वाचन क्षेत्र नम्बर २ मा माओवादीको चुनावचिन्ह लिएर नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव निर्वाचित भएका छन् । अन्यत्र कहि कतै पनि माओवादीको मधेशमा उपस्थिति देखिएन ।

    मधेशमा माओवादीबाट एमालेमा लागेर अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले रौतहट ३ बाट जित हात पारेका छन्। महोत्तरी १ मा सम्भावित जितको आशा गरिएका गिरिराजमणि पोखरेल समेत हजार भन्दा बढी मतान्तरले पराजित भए। यसले मधेशमा माओवादी कमजोर देखिएको छ।
    मधेशमा जसपासँगको गठबन्धन यथावत रहेको भए कही सीट आउने र सन्तोषजनक उपस्थिति दखिने माओवादीको प्रारम्भिक निचोड छ।

    वाम एकतामा जोड

    पछिल्लो समय चुनावी परिणाम आउँदै गर्दा माओवादी र एमाले दबैका अध्यहरुले संवादहिनताको अन्त्य गर्दै आगामी दिनमा समीक्षा गर्ने गरी टेलिफोन कुराकानी गर्नुले समेत वाम एकताको संभावना बढेको समेत चर्चा हुन थालेको छ।

    माओवादीले निर्वाचन परिणाम आएसँगै सजातियहरुबीच पुनःएकता सहकार्य र रुपान्तरण हुनुपर्नेमा जोड दिनुपर्ने तयारी थालेको महासचिव गुरुङ बताउँछन्।

    लमजुङबाट पराजित भएसँगै गुरुङले विजयी एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङलाई शुभकामना दिँदै वाम एकताको पहल थाल्न आग्रह गरेर त्यसको सुरुवात गरेको उनी बताउँछन्। गुरुङले आफू सुरुदेखि नै वाम एकताको पक्षमा रहेको बताए।

    उनले भने, ‘सबैले आ आफ्ना कमजोरी औंल्याएर अब आगामी दिनमा सकारात्मक पहल थाल्नुपर्छ। अहिलेको निर्वाचन परिणामको मुख्य सन्देश समेत वामहरु एक ठाउँमा हुनुपर्ने चित्रण गरेको छ। ’

    संवादहिनतालाई अन्त्य गर्दै दुबै अध्यक्षले संवादको वातावरण निर्माण हुनु सकारात्मक भएको महासचिव गुरुङको बुझाइ छ। विगतका तिक्तता भुलेर सहकार्यमा जोड दिनु नै दुबै पक्ष र वाम आन्दोलनका लागि हितकर हुने उनले बताए।

    सोमबार, मङि्सर १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.