नारायणगढ जेसीजद्वारा यहि मंसिर १६ गते राष्ट्रिय स्तरको “फर्निटेक नारायणगढ हाफ म्याराथुन प्रतियोगिता २०२२” आयोजना गर्ने भएको छ ।
राष्ट्रिय र क्षेत्रीय स्तरका खेलाडीहरुलाई समावेश गरी आयोजना गरिन लागिएको उक्त प्रतियोगिताले खेलकुद क्षेत्रको विकास र भुकम्प पिडितलाई हस्तान्तरण गरिएको कुरिनटार स्थित जेसीज गाउँको विकासमा सहयोग पुऱ्याउने उद्देश्य राखिएको कार्यक्रम सम्योजक बिनोद पन्तले जानकारी दिनु भयो ।
यस प्रतियोगितामा राष्ट्रिय तथा क्षेत्रीय स्तरका धावकहरुको सहभागिता रहने छ ।
१८ वर्षदेखि ४० वर्षसम्मको युवाहरुको व्यक्तित्व एवं नेतृत्व विकासमा समर्पित जेसीज अभियानलाई खेलकुद क्षेत्रसंग प्रत्यक्ष जोड्ने उद्देश्य रहेको नारायणगढ जेसीजका अध्यक्ष अमृत कुमार श्रेष्ठले बताउनु भयो ।
