• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

नयाँ सरकार गठबन्धनकै, नेतृत्व कसले गर्ने भन्नेमा सहमति जुट्न बाँकी


  •   शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित
  • प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन गर्ने गरी नेपाली कांग्रेसले पहल सुरु गरेको छ।

    Advertisement

    वर्तमान सत्ता गठबन्धनलाई नै निरन्तरता दिने गरी सरकार निर्माणमा सकारात्मक पहल भइरहेको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए।

    निर्वाचन परिणामले सत्ता गठबन्धनको बहुमत नपुग्ने देखिएपछि देउवाले अन्य घटकसँगको परामर्शलाई तिव्रता दिएका छन्। बिहीबार प्रधानमन्त्री देउवाले जनमत पार्टीका नेता सिके राउतसँग परामर्श गरेका थिए।

    राउतले आफू लोकतान्त्रिक शक्तिसँग मिल्न तयार रहेको भन्दै सरकारमा सहभागी हुने जनाउ दिएका थिए। उनले आफूहरुको माग शिक्षा, स्वास्थ्य, रोजगार र कृषि भएको भन्दै यी माग सम्वोधन गर्न लोकतन्त्रिक शक्तिसँग मिलेर सरकारमा सहभागी हुन तयार रहेको जानकारी दिएको उपसभापति खड्काले बताए।

    ‘अहिले सरकार निर्माण गर्ने क्रममा गठबन्धनलाई नै निरन्तरता दिने गरी छलफल अगाडि बढिरहेको छ,’ उपसभापति खड्काले डिसी नेपालसँग भने, ‘सिके राउतजीसँग सकारात्मक कुरा भएको छ, अन्य दलसँग पनि संवादमा छौं। अब गठबन्धनकै सरकार बन्छ।’

    वर्तमान गठबन्धनलाई नै अगाडि बढाउन माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा तयार देखिएका छन्। तर त्यसका लागि प्याकेज मै सहमति हुनुपर्ने उनीहरुको माग छ। विशेष गरी शक्ति बाँडफाँट गर्दा प्याकेजमा सहमति हुनुपर्ने एकीकृत समाजवादीले अडान राखेको छ।

    कांग्रेस र माओवादीबीच आलोपालो प्रधानमन्त्री बन्ने भद्र सहमति भइसकेको छ। तर सुरुमा कसको नेतृत्व भन्ने विषयमा सहमति जुट्न सकेको छैन। तर उपसभापति खड्का भने यो विषयमा कुनै विवाद नभएको बताउँछन्। ‘अहिले गठनबन्धन भित्र कुनै पनि विषयमा विवाद छैन,’ उनले भने, ‘यही गठबन्धनलाई निरन्तरता दिने हो, बाँकी विषयमा पनि विवाद छैन।’

    प्रधानमन्त्री देउवाले गठबन्धन बाहेकका दलका नेतासँग संवाद गर्न आफू निकट मानिने उपसभापति खड्कालाई जिम्मेवारी दिएका छन्। उनले विभिन्न माध्यममार्फत अन्य दलका नेतासँग पनि परामर्श गरिरहेका छन्।

    कांग्रेसभित्र आलोपालो प्रधानमन्त्री बन्ने विषयमा विवाद नभएपनि सुरुको नेतृत्व आफैंले पाउनुपर्ने मत राख्ने नेताहरुको संख्या धेरै छ।
    कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत सबैभन्दा ठूलो दलको नाताले कांग्रेस नेतृत्वमा नै सरकार गठन हुने दाबी गर्छन्। सुरुमा कांग्रेस नेतृत्वमा सरकार गठन हुने विषयमा कुनै विवाद नरहेको उनको दाबी छ।

    तर माओवादीले भने आलोपालो गर्ने सहमति अनुसार सुरुमा आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने पक्षमा छ। माओवादीका एक पदाधिकारीका अनुसार वर्तमान गठबन्धनलाई निरन्तरता दिँदै सुरुमा माओवादी नेतृत्वमा सरकार गठन हुनुपर्ने आफूहरुको अडान रहेको बताउँछन्।

    ‘निर्वाचन अगाडि नै आलोपालो सरकार सञ्चालन गर्ने सहमति भइसकेको छ,’ ती पदाधिकारीले भने, ‘सो सहमति अनुसार अब माओवादी नेतृत्वमा नै सरकार गठन गर्नुपर्छ भन्ने हाम्रो अडान हो।’

    शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.