• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

दक्षिण कोरियाबाट फर्केर बङ्गुरपालन


  •   मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित
  • गत जेठमा बङ्गुरमा लाग्ने ‘अफ्रिकन स्वाइन फ्लु’को प्रकोप देखियो। मुलुकका विभिन्न क्षेत्र हुँदै यसको सङ्क्रमण काभ्रेपलाञ्चोकका बङ्गुर फार्मसम्म पुग्यो। यसले त्यस क्षेत्रका बङ्गुरहरु फार्मभित्रै मर्न थाले।

    Advertisement

    दक्षिण कोरियाबाट फर्केर सुनिल र अनिता स्याङ्तान दम्पतीले एक वर्षअघि सुरु गरेको ‘उन्नती हाम्रो बङ्गुर फार्म’ पनि अफ्रिकन स्वाइन फ्लुको सङ्क्रमणबाट अछुतो रहेन। अफ्रिकन स्वाइन फ्लुले स्याङ्तानको फार्ममा ३८ वटा माउ बङ्गुर मार्‍यो। माउ बङ्गुर नै नरहेपछि तीन सय ८० भन्दाबढी बच्चा दूध खान नपाएर मरे। यसले स्याङ्तान दम्पतीलाई व्यवसायको पहिलो वर्षमै ठूलो धक्का लाग्यो।

    “जेठमा अफ्रिकन स्वाइन फ्लु नआएको हुँदो हो त बङ्गुर फार्ममा गरेको डेढ करोड लगानी उठिसकेको हुन्थ्यो”, सुनिलले भने, “अफ्रिकन स्वाइन फ्लु सङ्क्रमणको जोखिम अझै पनि छ।” बङ्गुरपालनको पहिलो वर्षमा प्रतिफल लिने समयमा स्वाइन फ्लुका कारण व्यवसायमा नराम्रो धक्का लागे पनि स्याङ्तान दम्पतीले भने हरेस खाएनन्।

    मलेसियामा ६ वर्ष नौ महिना सेक्युरिटी गार्डको काम गरेपछि सुनिल २०७१ सालमा नेपाल फर्किए। त्यो बेलामा दक्षिण कोरिया जानका लागि भाषा परीक्षाको तयारी चलिरहेको थियो। उनले पनि बागबजारको इन्स्टिच्युटमा भाषा परीक्षा पढ्न थाले। काभ्रेपलाञ्चोक खानिखोला-६ का स्याङ्तानले दुई महिनाको तयारीमा भाषा परीक्षा उत्तीर्ण गरे र अर्को ६ महिनामा इपिएसमार्फत् दक्षिण कोरियामा कृषि क्षेत्रमा कामका लागि छनोट भए।

    उनलाई दक्षिण कोरियामा बङ्गुर फार्ममा काम मिल्यो। पैसा राम्रो भए पनि दुःख असाध्यै थियो। स्याङ्तानले त्यसलाई दुःखका रुपमा नलिई सिक्ने अवसरका रुपमा लिए। कोरियामा काम गर्दा बङ्गुरलाई कृत्रिम गर्भाधारण गर्नेदेखि हुर्काउने र बजार पठाउनेसम्मको कामको जिम्मेवारी उनकै काँधमा आइपर्‍यो।

    त्यसो त कोरिया जानुअघि सुनिल र अनिता लामाको विहे भएको थिएन। कोरिया जाँदा पहिलो वर्ष सुनिल बङ्गुर फार्ममा र अनिता स्ट्रबेरी फार्ममा काम गरे। त्यसको दुई वर्षपछि २०७४ मा नेपाल फर्किएर विवाह गरे। “विहेपछि दुवै कोरिया फर्कियौँ र एउटै बङ्गुर फार्ममा काम गर्न थाल्यौँ”, उनले भने, “दुवै जनासँगै भएकाले काम गर्न सजिलो पनि भयो भने बङ्गुरपालनबारे धेरै सिक्ने मौका पनि पायौँ।”

    कोरियामा श्रमिकका रुपमा पाँच वर्ष बिताएपछि सम्झौताबमोजिम उनीहरु नेपाल फर्कने समय आयो। उनीहरुले नेपाल फर्केर के गर्ने भन्ने योजना बनाउँदै गर्दा कोरियामा सिकेको सीप, दक्षता र रकम खर्चेर स्वदेशमै बङ्गुरपालन गर्ने निर्णय लिए। “हामी कोरियामै छँदा नै नेपाल फर्केपछि बङ्गुरपालन नै गर्ने सोच बनाइसकेका थियौँ”, उनले भने, “दुवैको सोच मिलेपछि नेपाल फर्कन सहज भयो।”

    उनीहरु २०७६ फागुनमा नेपाल फर्के तर चैतदेखि नै कोरोना महामारीले छोयो, राज्यले बन्दाबन्दीको घोषणा गरेकाले बङ्गुरपालनको योजना केही समय पर धकेलियो। कोरोना महामारीको जोखिम केही कम भएपछि २०७७ असोजमा घरेलु कार्यालयमा फार्म दर्ता गरी कात्तिकदेखि खोर निर्माणको काम सुरु भयो। फार्म निर्माण र कोरियाबाट प्राविधिक सामग्री मगाएर जडान गर्दा २०७८ जेठदेखि मात्रै बङ्गुरपालन व्यवसाय सुरु भयो।

    स्याङ्तान दम्पतीले पनौतीमा पाँच रोपनी क्षेत्रफल जमिन वार्षिक रु ७५ हजार तिर्ने गरी भाडामा लिएर बङ्गुर फार्म सुरु गरेला छन्। यसमा दक्षिण कोरियामा यो दम्पतीले कमाएको रु डेढ करोड लगानी भएको छ। फार्म निर्माणमा मात्रै रु ७५ लाख खर्च भएको छ । “सुरुमा पाँचखालमा फार्म सुरु गर्ने योजना थियो तर ठाउँ खोज्दै जाँदा पनौतीमा फेला पर्‍यो”, उनले भने, “फार्मबाट वार्षिक नौ सयभन्दा बढी बङ्गुर उत्पादन र बिक्री गर्ने योजना बनाएका छौँ।”

    स्याङ्तानले बङ्गुरपालन सुरु गर्दा दोलखाको जिरीबाट २६ वटा ल्यान्डरस जातिको बङ्गुरको बच्चा ल्याए। केही समयपछि त्यो सङ्ख्यालाई ५० पु¥याए। ल्याण्डरस जातिको बङ्गुरलाई कम दाना खुवाउँदा पनि मासु बढ्ने र माउको दूध पनि धेरै आउने उनको भनाइ छ।

    फार्ममा बङ्गुरलाई कृत्रिम गर्भाधारणदेखि हुर्काउनेसम्मका चरणका लागि छुट्टाछुट्टै संरचना बनाइएको छ। फार्ममै बङ्गुरलाई कृत्रिम गर्भाधारण गराइन्छ। माउ र बच्चालाई राख्ने छुट्टै कक्ष छ। बच्चा जन्मिएपछि करिब ३० देखि ३२ दिनसम्म बच्चालाई माउसँग राखेपछि अगल्लै राखिन्छ। बङ्गुरको बच्चालाई विभिन्न चरणमा गरी छ महिना हुर्काएपछि मासु बिक्रीका लागि योग्य हुन्छ।

    यस फार्मबाट माउ, बच्चा, हुर्कँदै गरेको बङ्गुरदेखि वयस्क बङ्गुर मात्र होइन, बङ्गुरको बिर्य पनि बिक्री हुन्छ। बङ्गुर पालनमा धेरै माउका लागि धेरै भाले बङ्गुर पाल्न सम्भव हुँदैन। एउटै भालेको बिर्यबाट धेरैलाई गर्भधारण गराउनका लागि ‘सिमन एक्सटेन्डर’ प्रयोग गर्ने उनको भनाइ छ। “सामान्यतयाः एउटा भाले बङ्गुरबाट निकालेको बढीमा एक सय एमएल बिर्यमा सिमन एक्सटेन्डर मिसाएर एक लिटरसम्म बनाउँछौँ,” उनले भने, “यसो गर्दा एउटा भालेको बिर्यले १८ वटासम्म पोथी बङ्गुरलाई पुग्छ भने २० घण्टासम्म राख्न सकिने अवधिलाई बढाएर १२ दिनसम्म काम लाग्ने बनाउँछौँ।” यस्तो बिर्यलाई १७ डिग्री तापक्रममा राख्नुपर्छ। यसका लागि पनि फार्ममा विशेष व्यवस्था गरिएको उनको भनाइ छ।

    पछिल्लो समय स्याङ्तानले काभ्रेका अन्य बङ्गुर फार्ममा पनि कृतिम गर्भधारणका लागि सेवा दिँदै आएका छन्। कृत्रिम गर्भधारणको सेवा सहज हुँदा अन्य फार्मलाई भाले बङ्गुर पाल्नुपर्ने झन्झट पनि हटेको छ।

    फार्ममा करिब ५० वटा माउ राख्न सक्ने क्षमता छ। बङ्गुरहरुले गर्ने दिसापिसाबलाई सिधै ‘सेप्टिक ट्याङ्की’मा जाने व्यवस्था मिलाइएको छ। फार्ममा बच्चा राख्नका लागि २६ डिग्रीको तापक्रम भएको कक्षको पनि व्यवस्था छ।

    फार्म पूर्णरुपमा सञ्चालन आएपछि मासिक एक सय वटा बङ्गुरका बच्चा जन्मनेछन् भने प्रत्येक छ महिनापछि ती सबै बिक्रीका लागि योग्य हुनेछन्। उनले औसतमा वार्षिक नौ सयभन्दा बढी बङ्गुर बिक्री गर्ने योजना बनाएका छन्। हाल फार्ममा ३० वटा माउ र २० वटा अहिले साना बङ्गुर छन्। यी बङ्गुरका लागि उनको कम्पनीले चितवन, हेटौँडा र पाटन औद्योगिक क्षेत्रबाट दाना आपूर्ति गर्दै आएको छ।

    बङ्गुरपालनमा सामान्यतयाः ४० प्रतिशत खुद नाफा हुनसक्ने उहाँको भनाइ छ । उहाँले बजारीकरणका लागि काठमाडौँमा डिलरमार्फत् बिक्री गर्नुका साथै मासु खपतका लागि आफ्नै सेकुवा कर्नर खोल्ने योजना बनाउनुभएको छ । हाल उहाँसँग दुई वटा मासु पसल पनि छ ।

    स्याङ्तानले हालै व्यवसाय विस्तारका लागि नबिल बैंकबाट सहुलियत ब्याजदरमा रु २९ लाख कर्जाका लागि आवेदन दिएका छन्। उनका अनुसार स्वाइन फ्लु नभएको भए यो वर्षसम्म उनले रु दुई करोड आम्दानी गरिसक्थे र अहिले कर्जा लिनुपर्ने अवस्था नआउने बताए। अफ्रिकन स्वाइन फ्लुका कारण डेढ करोड लगानी उठ्न सकेन। यद्यपि स्याङ्तान दम्पती भने आगामी दिनमा बङ्गुरपालनबाट राम्रो आम्दानी हुनेमा भने ढुक्क देखिन्छन्।

    मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.