समानुपातिक सांसदको नाम तय गर्न बोलाइएको एमाले केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ।
शुक्रबार दिउँसो १ बजे अध्यक्ष केपी ओलीकाे निवास बालकाेटमा बोलाइएको बैठक स्थगित भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ। बैठकमा समानुपातिकतर्फका सांसद छनोट, निर्वाचन समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको थियो।
