• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

जलवायु परिवर्तन र मानवीय गतिविधिले जलचर प्राणी संकटमा


  •   आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
  • मायादेवीका स्थानीय रामप्रकाश मल्लाह एक दशक बढीदेखि माछा मार्दै जीविकोपार्जन गर्दै आएका थिए। जलाशयमा माछा पाउन छोडेपछि आजकल उनी ज्याला मजदुरी गरेर परीवार पाल्छन्।

    Advertisement

    आफ्नो पुर्ख्याैली पेसा छोडेर अन्य पेसा अंगाल्नु पर्दा खिन्न लागेको, तर जलाशयमा माछा पाउनै छाडेकाले कुनै विकल्प नभएको उनी बताउँछन्।

    सोही स्थानका सुग्रीम मल्लाहको अवस्था फरक छैन। तिनाउ, दानव लगायतका नदीमा जाल हान्दै माछा मार्दै आएका उनलाई आजकल त्यहाँ दुईचार माछा भेटाउन पनि धौ पर्न थालेको छ।

    ‘यहाँको खोलामा आजकल माछा भेट्नै मुस्किल छ, हाम्रो पेसा त अब जीवित रहनै सक्दैन,’ सुग्रीमले दुख व्यक्त गरे। परपरसम्मका खोलाहरुमा पनि माछा त्यति पाइँदैन।’

    रुपन्देहीको दानव, तिनाउ, डण्डा, कंचन रोहिणीजस्ता खोलामा अहिले माछा पाउन दिनप्रतिदिन मुस्किल हुँदै गएको प्राय:सबै माझी परिवारको गुनासाे छ। यो पेशा लोपाेन्मुख हुँदै छ।

    मानवीय गतिविधि, नदिनालाप्रतिको हेलचेक्रायाईं र जलवायु परिवर्तनको असरले चलचर प्राणीहरू संकटमा परेको विज्ञ बताउँछन्। यस्ता कारणले माछा प्रजातिको प्रजननमै असर पुग्नुलाई उनीहरू निकै चिन्ताको विषय मान्छन्।

    ‘जलवायु परिवर्तनले माछाको प्रजननमै असर परेको देखिन्छ। फरक जलवायुले निम्त्याउने बाढीले गर्दा प्रजननका लागि जलाशयमा माछाले बनाएको खाल्डा पुरिन थालेको छ।

    पानीको तापक्रम बढ्नुले माछाको अण्डामा असर पर्‍याे। प्रजनन शक्ति नष्ट हुनु, सिमासार क्षेत्र सुक्नु र जलस्रोतबाट पानी अस्वाभाविक रुपमा निकालिँदा अण्डाहरु पनि सँगसँगै जानु निकै चिन्ताजनक विषय हो,’ नार्कका पूर्व कार्यकारी निर्देशक तथा माछा विज्ञ डाक्टर टेकबहादुर गुरुङले भने।

    सिमसार क्षेत्र सुक्नु, कृषिमा राखिने रसायन तथा विषाधि, औधोगिक फोहोर, डम्पिङ साइड खोला नजिकै हुनु पनि माछाको लागि निकै हानिकारक रहेको उनले बताए।

    पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा.प्रवेज आलमले पनि उक्त कुराम सहमत छन्। उनका अनुसार पनि प्राकृतिक जलाशयमा विभिन्न मानवीय गतिविधि तथा जलवायु परिवर्तनले गरेर स्थानीय जातको माछा नष्ट हुदै गएका छन्।

    ‘यो साँच्चै गम्भीर विषय हो। जलचर प्राणीमा धेरैखाले प्राकृतिक असर हुँदै छ। माछाको संरक्षण र प्रवर्द्धन गर्न उन्नत जातका र स्थानीय जातका माछाका भुरा प्राकृतिक जलाशयमा हालेर सुद्धृढीकरणको अभियानमा हामी लागेको छौं, ‘ उनले भने।

    नेपाल माछाको उत्पादनको अवस्थामा आत्मनिर्भर तर्फ उन्मुख भए पनि लुम्बिनी प्रदेशबाट अन्य प्रदेशमा माछा निर्यात हुने गरेको छ। आत्मनिर्भरका लागि विभिन्न कार्यक्रम र आयोजनामार्फत अघि बढेको उनले बताए।

    माछाका लागि आवश्यक पर्ने तापक्रम तथा पानीमा भएको उतार चढावका कारण प्रत्यक्ष रूपमा माछाको स्वभाव र शारीरिक वृद्धि र विकास, प्रजनन् र बसाईंसराइमा असर पारेपछि माछाको उत्पादकत्व घट्न थालेको विज्ञहरूको भनाइ छ।

    अप्रत्यक्ष रूपमा जलासयको उत्पादकत्व, संरचना, आहारा, बास तथा यसको तनावले पनि मत्स्य र मत्स्यपालनको क्षेत्रमा समस्या बढेको छ। जलवायु परिवर्तनका कारण मत्स्य श्रोतको उत्पादकत्व मात्र नभई जातीय विविधता लोप हुने खतरा बढेको पाइएको छ।

    असला, शहर कत्ले, गर्दी जस्ता ठूला ठूला माछा खाने कुराको कमी भएमा र शत्रुबाट बच्न र प्रजननका लागि लामो दूरीसम्म पनि माइग्रेसन हुनुपर्ने हुन्छ। तर उनीहरुको यात्रामा आजकल प्रशस्त अवरोध देखिन्छ। मानवीय क्रियाकलाप, डयाम र जलस्रोतमै कंक्रिटको विकासले गर्दा उनीहरु निर्वाध यात्रा गर्न पाउँदैनन्। फलस्वरुप ती प्रजातिका माछाहरु थप संकटमा पर्दै गएका छन्।

    यीनै कारणहरुले गर्दा माछापालन व्यवसायमा पनि असर परेको, उत्पादकत्व घटेकोे किसानहरु बताउँछन्। त्यसैगरी, बढ्दो तापक्रमले उही स्थानमा पनि प्रत्येक वर्षमा उत्पादन हुने माछाको जात पनि फरक पर्न थालेको छ। यसले समयअनुसार भरपर्दो मत्स्य बीज आपूर्ति नहुँदा पनि मत्स्य उत्पादनमा असर परेको मत्सय जानकारहरु बताउँछन्।

    रुपन्देहीमा विगत ७ वर्षदेखि माछा सुपरजोन कार्यक्रम लागु भइ माछाको व्यवसाय प्रवर्द्धनगर्दै प्राकृतिक जलाशयमा परम्परागत र स्थानीय माछाको सम्वर्द्धनमा कृषकहरुका लागि सहयोग गर्दै आएको छ। यसलाई सरकारले पनि प्राथमिकतामा नराखेको हैन। तैपनि सरकारको चासो र कार्यक्रम प्रशस्त नभएको स्थानीयको गुनासाे छ।

    आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.