• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

एमालेको साथले चुनाव जितेको राप्रपाले नयाँ सरकार गठनमा कसलाई सहयोग गर्ला?


  •   बुधबार, मङि्सर २८, २०७९ मा प्रकाशित
  • मंसिर-४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम निर्वाचन आयोगले आज (बुधबार) सार्वजनिक गर्दैछ। निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै नयाँ सरकार गठनमा दलहरुको सक्रियता बढेको छ।

    Advertisement

    सत्ता गठबन्धनले नयाँ सरकार गठनका लागि प्रयास गरिरहँदा बहुमत पुर्याउन विभिन्न प्रयत्न जारी राखेको छ। निर्वाचन सम्पन्न भएपछि बसेको गठबन्धनलको पहिलो बैठकले गठबन्धनकै नेतृत्वम सरकार गठन गर्ने निर्णय गरेको थियो।

    निर्वाचन आयोगले विहीबार निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेको छ। निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाएको केही दिनभित्रै नयाँ सरकार गठनका आह्वान गर्ने शितल निवासले जनाएको छ।

    अहिले पाँच दलीय गठबन्धनमा सरकार गठनका लागि दुइ सिट अपुग छ। पाँच दलीय गठबन्धनसँग १३६ सिट छ। सरकार गठनका लागि १३८ सिट आवश्यक पर्छ।

    यद्यपि सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ। जनमत पार्टीसँग ६ सिट रहेको छ। यो संख्या जोड्दा १४२ पुग्छ, जुन सरकार गठनका लागि प्रयाप्त हो।

    गठबन्धनले नै सरकार गठन गर्ने सहमति भइसकेपनि दलहरुबीच शक्ति बाँडफाँटमा कुरा मिल्न सकेको छैन। त्यही भएर प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना निकट नेताहरुमार्फत विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग अनौपचारिक संवाद बढाएका छन्।

    कांग्रेस नेतृत्वमा नै सरकार गठन गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवाले सकेसम्म सरकारको पक्षमा धेरै संख्या पुर्‍याउने योजनामा छन्।
    निर्वाचनमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि सत्ता गठबन्धनले अनौपचारिक रुपमा संवाद गरिरहेका छन्। संसदमा पाँचौ ठूलो दल राप्रपासँग प्रतिनिधिसभामा १४ सांसद छन्।

    राप्रपाले सरकारमा जाने पार्टीको नीति नरहेको यसअघि नै बताइसकेको छ। तर कसैबाट औपचारिक प्रस्ताव आएमा सो विषयमा पार्टीमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठ बताउँछन्।

    ‘घोषणा पत्रमा नै राप्रपाको प्राथमिकता सरकार भन्दा पनि एजेण्डा प्रमुख भएको विषयलाई समेटिएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘जसको संख्या पुग्छ, यसैले सरकार बनाउने हो। सरकारमा सहाभागी हुने पार्टीको नीति छैन।’ यद्यपि सरकार गठनका विषयमा औपचारिक रुपमा प्रस्ताव आए यो विषयमा पार्टीमा छलफल हुने उनको भनाइ छ।

    नयाँ सरकार गठनको संभावित परिदृष्य स्पष्ट भइनसकेको अवस्थामा अनौपचारिक रुपमा विभिन्न दलका नेताहरुले राप्रपासँग संवाद भने जारी राखेका छन्।

    राप्रपाले चुनावमा एमालेसँग केही सिटमा तालमेल गरेको थियो। तर चुनावपछि उक्त तालमेल सकिएको प्रवक्ता श्रेष्ठले बताए। ‘एमालेसँग केही सिटमा मात्रै चुनावी प्रयोजनका लागि तालमेल भएको थियो,’ उनले भने, ‘त्यो तालमेल दीर्घकालीन थिएन। चुनाव सकिएसँगै सो तालमेल टुटेको छ।’

    यद्यपि एमाले नेतृत्वमा सरकार गठन हुने अवस्था आए यस्तो अवस्थामा छलफल गर्न सकिने उनको भनाइ छ। कतिपय अवस्थामा सरकार बाहिरै रहेर पनि समर्थन गर्न सकिने विकल्प समेत रहेको उनको भनाइ छ।

    राप्रपाले एमालेसँग केही सिटमा तालेमल गरेको थियो। एमालेले समर्थन गरेका राप्रपाका तीनै जना उम्मेदवार निर्वाचित भएका थिए। अध्यक्ष राजेन्द्र लिङदेन, महामन्त्री धवलशमशेर राणा र नेता दीपक बोहोरालाई एमालेले समर्थन गरेको थियो।

    उनीहरु तीनै जना निर्वाचित भएका छन्। राप्रपाले प्रत्यक्षमा सात र समानुपातिकतर्फ सात सिट जितेको छ। नयाँ सरकार गठनमा राप्रपाको भूमिका महत्वपूर्ण हुने देखिन्छ।

    बुधबार, मङि्सर २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.