एनसीपीकी विधायक सरोज बाबुलाल अहिरे सोमबार विधान सभाको हिउँदे अधिवेशनमा नवजात शिशु लिएर आइपुगेकी छिन् ।
समाचार एजेन्सी एएनआईका अनुसार सरोज बाबूलाल अहिरेले विधानसभाको बैठकमा उपस्थित हुने कुरामा जोड दिँदै भनिन्, ‘विगत दुई वर्षमा कोरोना महामारीका कारण नागपुरमा एउटा पनि सभाको बैठक बसेको छैन । अहिले म आमा हुँ तर मेरो कुरा राख्न म यहाँ आउनु पर्छ। म यहाँ मेरा मतदाताहरूको जवाफ पाउन आएकी छु।”
अहिर ३० सेप्टेम्बरमा आमा बनेकी हुन् । महाराष्ट्र विधान सभाको हिउँदे अधिवेशन सोमबार नागपुरमा सुरु भएको छ।
