• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

एमाले-माओवादी सत्तासहकार्यको संभावना बढ्यो


  •   शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित
  • बिहीबार नवनिर्वाचित सांसदहरुले शपथग्रहण गरेसँगै प्रतिनिधिसभाले औपचारिक रुपमा कार्यआरम्भ गरिसकेको छ। राष्ट्रपति विद्या भण्डारीले सरकार गठनका लागि दिएको समयसीमा सकिन लाग्दा सत्तासाझेदारीको गृहकार्यमा दलहरु सक्रिय छन्।

    Advertisement

    राष्ट्रपतिले सरकार गठनकालागि आइतबार दिएको सात दिनको समयसीमा १० गते सकिँदै छ। दलहरु तोकिएको समयसीमाभित्र नै नयाँ सरकार गठनका लागि गृहकार्यमा जुटिरहेका छन्। दलका शीर्ष नेताहरु राजनीतिक भागबण्डासहितको सहमतिको लागि भेटवार्तामा ब्यस्त छन्।

    सत्तागठबन्धनमा आवद्ध दलहरुले सरकार गठन गर्ने तयारीदेखि अन्य राजकीय पद बाँडफाँटमा समेत तदारुकताका साथ छलफल अघि बढाइरहेका छन्। स्थानीय निकायको निर्वाचन हुँदै संघ र प्रदेशसम्म सँगसँगै रहेका कांग्रेस,माओवादी र एकीकृत समाजवादीको गठबन्धनले आगामी यात्रा तय गर्ने हो या स्थगन, सबैले चासोका साथ हेरिरहेका छन्।

    सत्ता गठबन्धनकै दोस्रो ठूलो दल माओवादी केन्द्र आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान गठबन्धनकै प्रमुख घटक कांग्रेससँग निरन्तर दोहोर्‍याइरहेको छ। तर, कांग्रेस ठूलो दलको हैसियतले प्रधानमन्त्री आफूले पाउनुपर्ने अडान कायमै छ।

    दुबैको आ-आफ्नै दाबीले समीकरणमा फेरबदल आउने संभावना बढेको बताइएको छ। माओवादी प्रधानमन्त्रीको दाबीबाट पछि नहट्ने घोषित रुपमा बताइसकेको छ। पूर्वसहमति अनुसार कांग्रेसले आफूलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिनुपर्ने माओवादीको मत छ।

    पछिल्लो समय कांग्रेससँग सहमति हुन नसके एमालेसँग सहकार्य गर्नुपर्ने मत माओवादीमा बढेको बताइएको छ। कांग्रेसले प्रधानमन्त्री छाड्ने अवस्था नआए एमालेसँग सहकार्य गर्न नेतृत्वलाई सुझाएको माओवादीका एक पदाधिकारीले बताए।

    बिहीबार प्रधानमन्त्री निवास पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँगको भेटमा प्रधानमन्त्रीको पुनः दाबी गरेको स्रोत बताउँछ। प्रचण्डले प्रधानमन्त्री नपाए कांग्रेससँगको सहकार्यको बारेमा अप्रिय निर्णय लिन समेत पछि नपर्ने बताएपछि देउवाले पार्टीमा छलफल गर्ने जवाफ दिएको स्रोतको दाबी छ।

    माओवादी कुनै हालतमा प्रधानमन्त्री नछाड्ने अडानमा यथावत रहेकाले प्रधानमन्त्रीमै सहमति हुन नसकेको बताइएको छ। अन्य महत्वपूर्ण पद बाँडफाँटमा समेत कांग्रेस माओवादीका आआफ्नै दाबी रहेको बताइन्छ। राष्ट्रपतिसमेत कांग्रेस आफैले लिन खोजेपछि माओवादी थप सशंकित बनेको छ।

    कांग्रेससँग अपेक्षित साझेदारी हुन नसकेमा एमालेसँग सहकार्यको हात अगाडि बढाउनुपर्ने सुझाब माओवादी नेताहरुले प्रचण्डलाई दिएको बताइएको छ।

    माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनबाट स्वास्थ्यउपचारपछि मंगलवार स्वदेश फर्किएसँगै उनले अध्यक्ष प्रचण्डलाई एमालेसँग सहकार्यको लागि दबाब दिन थालेको स्रोत बताउँछ।

    एमालेले सहकार्यका लागि कांग्रेससँगको गठबन्धन परित्याग गर्न माओवादीलाई सुझाएको छ। एमालेबाट विश्वस्त हुन नसकिएको माओवादी स्रोत बताउँछ। उसले गठबन्धन तोडाएर धोका दिने आशंका माओवादीमा ब्याप्त छ।

    लामो समयदेखि एमाले र माओवादी शीर्ष नेताहरुको तिक्तता कायमै रहेको हुँदा कांग्रेससँगको गठबन्धन तोड्न लगाएर कतै बिचल्ली बनाउने हो की भन्ने त्रासमा माओवादी रहेको बताइन्छ।

    अनौपचारिक छलफल चलेपनि ठोस परिणाम आइनसकेको माओवादीका ती पदाधिकारी बताउँछन्।

    ‘ठोस परिणाम आइनसक्दै केही भन्न सकिन्न। अनौपचारिक छलफल त चलिरहेको छ, सदैब चल्छ। सर्वप्रथम विश्वासको वातावरण बनाउन आवश्यक छ’, ती पदाधिकारीले भने, ‘कांग्रेसले प्रधानमन्त्री पद दिन अस्वीकार गरे एमालेसँगको सहकार्यको ढोका खुला नै छ। तर, एक अर्काप्रति तिक्तता कायमै भएकाले नेतृत्व तहमा विश्वसनीय तवरले छलफल हुनु जरुरी छ।’

    ती पदाधिकारीका अनुसार विगतको कटुताले तत्कालै विश्वास गर्न सकिने पर्याप्त आधार नहुँदा धोका हुने आशंका प्रबल रहेकाले निर्णायक पहल हुन नसकेको हो। तर, छलफल भने जारी छ।

    माओवादी उपमहासचिव पुन सुरुदेखि नै वामगठबन्धनको पक्षधर रहेका थिए। उनले चीनबाट फर्केपछि टेलिफोनमा एमाले नेताहरुसँग संवाद थालेको बताइएको छ। उनले एमालेका दोस्रो तहका नेताहरुसँग संवाद सुरु गरेको बताइएको छ। तथापि माओवादीका अधिकांश नेताहरु भने एमालेसँगको सहयात्रामा विश्वस्त हुन नसकेको स्रोत बताउँछ।

    बुधबार पुन निवास खुमलटारमा भेटघाट गर्न पुगेका कर्णाली प्रदेशका नवनिर्वाचित सांसदको टोलीसँग समेत एमालेसँग सहकार्यको संभावना बढेर गएको पुनले बताएको स्रोतले जनाएको छ।

    उता एमालेकोतर्फबाट नेताहरु सुवास नेम्बाङ र विष्णु पौडेलले माओवादीसँग सहकार्यका लागि पहल गरिरहेको बताइएको छ। यी दुबै नेताहरुले माओवादी नेता पुनमार्फत प्रचण्डसँग सहकार्यको प्रस्ताव राखेको बताइएको छ।

    एमालेमा अध्यक्ष केपी ओली समेत पछिल्लो समय लचिलो बनेको बताइन्छ। उनलाई पार्टीमा केही नेताहरुले माओवादीसँग सहकार्य गर्न पहल थाल्न आग्रह गरिएको एमालेका एक नेताले बताए।

    यद्यपि एमालेमा अध्यक्ष ओलीलाई कांग्रेसकै नेतृत्वमा नयाँ सरकार गठन गर्न सघाउनुपर्ने सुझाबसमेत नेताहरुले दिइरहेका छन्। ओलीले पार्टीमा सबैसँग छलफल गरेर निक्र्योल गर्ने तयारीमा रहेको ती नेताले जानकारी दिए।

    पहिले कांग्रेसँगको गठबन्धन तोडेर माओवादीले विश्वस्त हुने आधार तय गरेमा सहकार्य हुन सक्ने ती एमाले नेताको भनाइ छ।

    शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.