निराज रानाभाट , काठमाडौं : गायिका प्रतिमा के.सी. र गायक राजन श्रेष्ठको आवाज रहेको नेपाली आधुनिक गीत “ बधाई मुरी मुरी ” को म्युजिक भिडियोको छायांकन कार्य सम्पन्न भएको छ ।
सविन कुमार तोलाङगीको निर्देशन रहेको म्युजिक भिडियोमा नेपाली सङगेतिक क्षेत्रमा चर्चित मोडेल आयुश्मा कार्की , योगराज पाण्डे , पार्वती गिरी र अनिल बि.सि. को अभिनय रहेको छ । म्युजिक भिडियोको निर्माण कमल प्रसाद शर्मा र यस् बहादुर गुरुङले गरेका छन ।
अलाङ्कार रेकर्डिङग् स्टुडियो ,अनामनगर , काठमाडौंमा रेकर्ड भएको गीतमा चन्द्र जप्रेलको शब्द तथा संगीत रहेको छ , भने ग्यानेन्द्र गिरीको एरेन्ज रहेको छ । जसमा रन्जन राई रेकडिष्ट रहेका छन ।
राजधानी काठमाडौंको विभिन्न रमणिय स्थानहरुमा छायांकन रहेको म्युजिक भिडियोमा राजेश घिमिरेले छायांकन गरेका छन । गीतको कोरियोग्राफी यम गुरुङले गरेका छन , भने सह – निर्देशनमा बिकल क्षेत्री रहेको छन । अशिस्टेन क्यामेराम्यान रन्जित तिमिल्सिना रहेका छन र ड्रोन अपरेटर बिशाल लामा रहेका छन ।
म्युजिक भिडियोमा मिडिया पार्टनरको रुपमा नारायणी प्रेस लगायत अन्य अनलाइन मिडियाहरु रहेका छन ।
