• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

पुसको जाडोमा नेपथ्यको न्यानो माया


  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित
  • पुसको जाडोमा नेपालको चर्चित साङ्गीतिक समूह नेपथ्य ब्याण्डले गए राति ८ बजेसम्म भृकुटीमण्डपमा काठमाडौँका दर्शकलाई आफ्नो साङ्गीतिक प्रस्तुतीले ततायो। मानवता प्रवद्र्धनका लागि महिनाव्यापी चलेको ‘नेपथ्य लाइभ कन्सर्ट’अन्तर्गत काठमाडौँको यो यसपालिको अन्तिम वा १०औँ सङ्गीत यात्रा थियो।

    Advertisement

    देश दौडाहाका क्रममा जिल्लाका नौवटा कार्यक्रम सकेर काठमाडौँ भित्रिएको नेपथ्यले भृकुटीमण्डपमा झण्डै पाँच हजार सङ्गीत पारखीलाई मज्जाले झुमायो। नेपथ्यका नायक एवं मुख्य गायक अमृत गुरुङले दर्शकले भरिएको भृकुटीमण्डपमा राष्ट्रिय भावनाले ओतप्रोत तथा सदावहार पुराना र चर्चित लोकपप गीत प्रस्तुत गरे। उनी सङ्गीतको दुनियाँमा छुट्टै ब्याण्ड लोकपप सङ्गीतका साथ दर्शकसामु ३३ वर्षदेखि सक्रिय छन्। देश–विदेशमा नेपथ्यको छुट्टै चाम छ।

    चिसो मौसममा प्रस्तुत उनका गीतमा दर्शक धुलो उडाएरै नाचे। त्यसो त गुरुङको आफ्नो प्रस्तुति र हाउभाउ नै जुरुकजुरुक पार्ने खालको हुन्छ। आफ्नै सङ्गीतमा गायक आफैँ चुर्लुम्म डुबेपछि दर्शकले भरपूर साथ दिए। दमदार प्रस्तुति भन्दै दर्शकले तारिफ गरे। दर्शकले गुरुङका हरेक गीत पुनः सुन्न चाहे।

    नेपथ्य ब्याण्डको प्रसुस्तीको मजा लिन पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायत नेपाल सरकारका सचिव तथा उच्चपदस्थ सरकारी अधिकारी सहभागी थिए। ओली र थापाले त कार्यक्रम अवधिभर साथ दिए।

    गायक गुरुङका भेडाको ऊनजस्तो, छेक्यो छेक्यो, उडायो रेलैले, जोमसोमे बजारमा, शिरफूल शिरैमा, यो जिन्दगी, गाउँगाउँबाट उठलगायत गीतमा दर्शकलाई उचाल्यो। जिन्दगानी गाउँमा पृष्ठभूमिमा प्रस्तुत भएको आश्रममा आश्रित बेसहारा तथा असहायको तस्वीरले दर्शकलाई सोच्न बाध्य पार्‍यो। शनिबार नै गायक गुरुङको जन्मदिन परेकाले दर्शकदीर्घाबाटै ‘ह्याप्पी बर्थडे’को शुभकामना लगातार आइरह्यो। गायक गुरुङले शिर निहुर्‍याएर सबैलाई धन्यवाद दिए। गीतसङ्गीतको बीच–बीचमा सन्देशमूलक भावना व्यक्त गरी उनले सामाजिक सचेतना जगाउने काम पनि गरे।

    कसैले नगरेको काम मानवसेवा आश्रमले गरेकाले आफ्नो तर्फबाट सक्दो सहयोग गरेर पुण्य कमाउन र मानवसेवा आश्रमले निर्माण गरिरहेको भवन (मानवताको मन्दिर) मा सहयोग गर्न गायक गुरुङले मञ्चबाटै आह्वान गरे। उनले भने, “मानवसेवाका लागि आश्रमलाई धन हुनेले धन दिउँ, नहुनेले श्रम दिउँ।”

    त्यसपछि उनले जोगले हुन्छ भेट, मैँ नाचे छमछमीपछि रेशम र तालको पानी गाउँमा दर्शकले थप मच्चीमच्ची नाचेर मनोरञ्जन लिए। प्यारापिटमा रहेका पूर्वप्रधानमन्त्रीसहितका अतिथिले तालीले साथ दिए। गायक गुरुङले बेला–बेलामा गायकी रोकेर उपस्थित राजनीतिज्ञलाई इङ्गित गर्दै अब देश विकासमा एकीकृत भएर लाग्न र विकासको मूल फुटाउन आग्रह गरे। उनले मुलुकको विकास हामी आफैँले गर्ने हो भन्ने सन्देश पनि बाँडेका छन्। गायक गुरुङले नेपालमा रोजगारी सिर्जना गरी विदेश जानबाट रोक्नका लागि पनि राजनीतिक नेतृत्वलाई आग्रह गरे।

    मानवता प्रवद्र्धनका लागि गत मङ्सिर १९ गते विराटनगरबाट सुरु भएको नेपथ्य सङ्गीत यात्राले पुस १६ गते शनिबार काठमाडौँमा आएर विट मार्‍यो। यसअघि मङ्सिर १९ गते वीरगञ्ज, २२ गते हेटौँडा, २५ गते चितवन, २९ गते नेपालगञ्ज, पुस ३ गते धनगढी, ६ गते सुर्खेत, ९ गते बुटवल र पुस १२ गते पोखरामा नेपथ्य गुञ्जिएको थियो। हरेक कार्यक्रममा कम्तीमा पाँच हजारदेखि आठ हजारसम्म दर्शक सहभागी भएका थिए।

    कार्यक्रम मानवता प्रवद्र्धनका साथै मानवसेवा आश्रममा आश्रितका लागि खाना, नाना र छाना जुटाउन, देशैभरका निर्माणाधीन भवन सम्पन्न गर्न तथा अक्षयकोष निर्माणका लागि कोसेढुङ्गा हुने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए। एक दशकअघि २०६९ सालमा स्थापना भएको उक्त आश्रममा हाल एक हजार ६ सय सडकआश्रित व्यक्ति संरक्षित छन्। देशका १९ जिल्लामा २३ शाखामार्फत सेवा गर्दै आएको आश्रमले आगामी २०८२ सालसम्ममा मुलुकका सडकपेटीमा बेवारिसे व्यक्ति नरहने अवस्था सिर्जना गर्ने योजना अघि बढाएको छ।

    आइतबार, पुष १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.