• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

ओलीको ‘निगाह’ मा प्रधानमन्त्री बनेका प्रचण्डको आगामी यात्रा कति सहज?


  •   बिहिबार, पुष २१, २०७९ मा प्रकाशित
  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक यही १० गते प्रधानमन्त्रीमा नियुक्त भए। अघिल्लो दुई पटक प्रधानमन्त्रीको कार्यभार सम्हालिसकेका उनी अहिले तेस्रो कार्यकालको प्रारम्भिक चरणमा छन्।

    Advertisement

    २०६५ मा पहिलोपटक प्रधानमन्त्रीको कार्यभार सम्हालेका प्रचण्ड संसदीय राजनीतिमा अपरिपक्वताले नौ महिनामै सरकारबाट बाहिरिनु परेको कटु यथार्थता उनले स्वीकार गर्दछन्। यद्यपि उनकोे दोषारोपण माओवादीकै तत्कालीन अन्य शीर्ष नेतामाथि छ।

    दोस्रो पटक २०७३ मा कांग्रेससँगको गठबन्धनबाट सरकारको नेतृत्व गरेका उनले छोटो कार्यकालमै कतिपय सकारात्मक कार्य गर्दै प्रधानमन्त्री पद शेरबहादुर देउवालाई सुम्पिएका थिए।

    पहिलो पटक प्रधानमन्त्री बन्दै गर्दा प्रचण्डको रापताप निकै ओजिलो र शक्तिशाली थियो। त्यसयता निरन्तर ओरालो यात्रामा लागेका उनको राजनीतिक जीवन र पार्टी समेत खस्कदो क्रममा रहेको यथार्थता निर्वाचन परिणामले दर्शाएको छ।

    अहिलेको कार्यकाल अन्तिम रहेको बताउँदै प्रचण्डले केही उल्लेख्य र जनताले लामो समयसम्म सम्झिने गरी यादगार काम गर्ने प्रधानमन्त्रीमा नियुक्त हुनु अगावै सार्वजनिक रुपमा बताएका थिए।

    उनको आशय अन्तिम पटक देशको नेतृत्व गरेर केही यादगार काम गर्ने मनोकांक्षा रहेको दर्शाउँथ्यो। यसपटक प्रचण्ड त्यही अभिप्रायले केही परिणाममुखी काम गर्ने तदारुकतासमेत देखाएका छन्।

    उनले पदभार ग्रहण गरे लगत्तै सेवाग्राहीले सबैभन्दा झन्झट ब्यहोर्नुपर्ने राहदानी, मालपोत जस्ता कार्यालयलाई सूचनाप्रविधिमैत्री बनाउँदै आधुनिक अनलाइन सिस्टममा लैजाने प्रतिवद्धता व्यक्त गरे।

    यसकालागि क्षेत्राधिकार मिचेरै उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई निरीक्षणमा समेत पठाए। उनले राहदानी विभागको निरीक्षण गर्दै सेवाग्राहीलाई चुस्त रुपमा सेवाप्रवाह गर्न निर्देशन दिँदै राहदानी वितरणलाई सहज तरिकाले प्रदान गर्न सरकार प्रयत्नशील रहेको बताए।

    त्यस्तै अर्का उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार र यातायातमन्त्री नारायणकाजी श्रेष्ठ समेत यातायात कार्यालयको निरीक्षणमा लागिरहेका छन्। उनी मंगलबार उपत्यकाका केही कार्यालयमा निरीक्षण गर्दै सेवाप्रवाह सरल तवरले छिटो छरितो सम्पन्न गर्न निर्दैशन दिएका थिए।

    उनले यसपटकको प्रधानमन्त्रीको कार्यभारलाई अन्तिम अवसरको रुपमा लिएका छन्। उनी निकटका कतिपय नेताहरुले समेत आगामी दिनमा सरकारको नेतृत्व गर्ने अवसर प्राप्त नहुने हुँदा जनपक्षीय काम गर्न हौसाइरहेका छन्।

    माओवादी नेताहरुले सार्वजनिक रुपमा अहिलेको कार्यकाल स्वर्णीम बनाउन नेतृत्वलाई सहयोग गर्न अपिल गरिरहेका छन्। यही प्रसंगमा पार्टीका प्रभावशाली नेता वर्षमान पुनले सरकारमा नजाने अठोट गरे। उनले बाहिरै बसेर पार्टी र संगठन सुदुढीकरणमा लाग्ने बताइरहेका छन्।

    यसपटक विगतको अनुभवका आधारमा सरकार सफल बनाउन जनतासँग प्रत्यक्ष जोडिएका सार्वजनिक सेवाप्रवाहका क्षेत्रहरु कामयावी बनाउन प्रधानमन्त्री प्रचण्ड प्रयत्न गरिरहेका छन्।

    कस्तो रहला प्रचण्डको कार्यकाल ?

    प्रचण्डको अहिलेको कार्यकाल पहिले भन्दा पृथक बनाउने उत्कट चाहना हुँदाहुँदै पनि राजनीतिक परिस्थिति भने उनको अनुकूल देखिएको छैन।

    उनको तेस्रो कार्यकाल अन्ततः अविश्वसनीय वातावरणमा सिर्जित भएको छ। कांग्रेससँगको गठबन्धनलाई निरन्तरता दिने बताइरहको समयमै अप्रत्याशितरुपमा एमालेसँग नया साँठगाँठ हुन पुगेको छ।

    यसलाई आम जनता र कार्यकर्तापंत्तिबाटै अत्यन्त अविश्वसनीयता पैदा गराएको छ। अहिले माओवादी केन्द्र र प्रचण्डलाई कतिबेला यूटर्न हुन्छन् कसैलाई पत्तो हुँदैन।

    उनको अहिलेको कार्यकालमा यही अविश्वास र धोकाधडीको ह्याङओभर अहिलेसम्म ब्याप्त छ। यसले माओवादी एमाले दुबैमा एक अर्कालाई शंकाको दृष्टिले हेर्ने प्रवृत्ति यथावत छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘निगाह’ मा अहिलेको गठबन्धन निर्भर रहेको बताइन्छ।

    यसमा राजनीतिक रुपमा बलियो ओली देखिएका छन्। उनको चाहना र योजनामा नै यो गठबन्धन बनेको हुँदा उनकै चाहनाले गठबन्धनमा पुन तुसारापात आउने संभावना रहेको राजनीतिका जानकारहरु बताउँछन्।

    २६ गते प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिँदैछन्। त्यसपछि सरकाले पूर्णता पाउने बताइएको छ। उनले विश्वासको मत लिएमा दुई वर्षसम्म सदनमा अविश्वासको प्रस्ताव ल्याउन नपाइने संवैधानिक व्यवस्था रहेको छ। तथापि सत्ता साझेदारीमा रहेका दलहरुले समर्थन फिर्ता लिएर सरकार अल्पमत देखिएमा विश्वासको मत लिनुपर्ने छ।

    सरकारमा सबैले समेट्न उपप्रधानमन्त्री थप र केही मन्त्रालय टुक्राउने तयारी भइरहेको चर्चा छ। यसले उनको यसपटकको प्रधानमन्त्रीत्वकालमा जम्बो मन्त्रिमण्डल हुने संभावना बढेको छ।

    सबैलाई समेट्नुपर्ने बाध्यताका कारण मन्त्रालय र उपप्रधानमन्त्री संख्या थप गर्न लागिएको बताइएको छ। यसले उनको कार्यकालमा मन्त्रिमण्डलको विषयले अर्को आलोचनायोग्य कार्य हुने देखिएको छ।

    सत्ता गठबन्धनमा रहेका सात दल राजनीतिक रुपमा भिन्नै परिवेशका छन्। उनीहरु कसैले राजसंस्थाको वकालत गर्दै आएका छन् भने अन्य कतिपय राजनीतिक परिपक्वता र प्रष्टता नभएका दलसमेत छन्।

    यस्तो विषम परिस्थितिमा सबैलाई मिलाएर लैजानुपर्दा प्रचण्डको प्रधानमन्त्री यात्रा निकै चुनौतीपूर्ण रहेको देखिन्छ। यस पटकको प्रधानमन्त्रीको कार्यकाल एमाले अध्यक्ष ओलीमै निर्भर रहेको हुँदा विगतको तिक्तताले अन्यौलपूर्ण रहेको राजनीतिक वृत्तमा चर्चा ब्याप्त छ।

    उनको यसपटकको प्रधानमन्त्रीको कायृकाल ओलीको निगाहामा रहेको हुँदा यसको समयावधि एमालेमा निर्भर रहेको राजनीतिक विश्लेषकहरु बताउँछन्।

    बिहिबार, पुष २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.