चितवनको पूरानो मेडिकल कलेज (सिओएमएस) ले आफ्नो कलेजमा विद्यार्थी भर्ना लिएर परीक्षा भने अर्कै कलेजको नाममा दिन लगाएको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका छन् ।
एचए, नर्सिङ्ग, रेडियोग्राफि, डेण्टल हाइजिन र ल्याब टेक्निशियनमा विद्यार्थीहरु भर्ना लिएर मेडिकल कलेजले परीक्षा दिने बेलामा भने विनायक हेल्थ केयर नामको इन्स्च्यिुटमा पठाएको विद्यार्थीहरुको भनाइ छ ।
उनीहरुले कलेजको शिक्षालयमा तालाबन्दी गरेका छन् । त्यसपछि सडकमा नाराबाजी गर्दै उनीहरु मेडिकल कलेजको मुल अस्पतालमै आएर प्रदर्शन गरिरहेका छन् । अहिले प्रदर्शन जारी छ ।
