कृषि विकास बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।
मंगलबार (आज) बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
