• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

गृह मन्त्रालयमा कांग्रेस र माओवादी दुवैको दाबी, अप्ठेरोमा प्रधानमन्त्री


  •   बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
  • राष्ट्रपति निर्वाचन लगत्तै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गृहमन्त्री कसलाई बनाउने भन्ने निर्णय गर्न सकस परेको छ। पार्टीभित्र गृहमन्त्रालय आफैंसँग राख्न दबाव खेपिरहेका प्रचण्डमाथि गृहमन्त्रालय कांग्रेसलाई दिन चर्को दबाव छ।

    Advertisement

    कांग्रेसबाट गृहमन्त्रालयमा दुई जनाको दाबी छ। उपसभापति पूर्णबहादुर खड्का उपप्रधानसहित गृहमन्त्रालय पाए सरकारमा पार्टीको नेतृत्व गरेर जान चाहन्छन्। वर्तमान गठबन्धन निर्माणमा निर्णायक भूमिका निर्वाह गरेका खड्काले रोजेको मन्त्रालय दिन सभापति शेरबहादुर देउवा पनि सकारात्मक छन्।

    तर गृहमन्त्रालय प्रधानमन्त्रीको दलले राख्ने कि कांग्रेसलाई दिने भन्ने विषयमा प्रधानमन्त्री निर्णयमा पुग्न सकेका छैनन्। कांग्रेसभित्र गृहमन्त्रालयको दाबी पार्टी प्रवक्ता डा. प्रकाशशरण मतहले गरिरहेका छन्। महतले आफूलाई गृहमन्त्री बनाउन समापतिसँग लविङ गरिरहेका छन्। महतप्रति देउवा पनि नकारात्मक छैनन्।

    कांग्रेसका एक पदाधिकारीका अनुसार कांग्रेस-माओवादीभित्र गृहमन्त्रालय कसले लिने भन्ने विषयमा सामान्य छलफल भएको छ। दुवै दलले गृहमन्त्रालयमा दाबी गरेका छन्।

    ‘अहिले गृहमन्त्रालय कसले लिने भन्ने विषयमा प्रारम्भिक छलफल मात्रै भएको छ,’ ती पदाधिकारीले डिसी नेपालसँग भने, ‘गृहमन्त्रालय पार्टीले पाउने अवस्था आए उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता प्रकाशशरण महत मध्ये एक जना गृहमन्त्री बन्नुहुन्छ। पूर्ण दाइले रुची देखाउनु भयो भने उहाँनै पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी हुने संभावना छ।’

    स्रोतका अनुसार कांग्रेस,माओवादीबीच गृह र अर्थमन्त्रालय दुई दलले लिने सहमति भइसकेको छ। तर कुन मन्त्रालय कुन दलले लिने भन्ने निर्णय हुन बाँकी छ। कांग्रेसले गृह पाए, माओवादीले अर्थ र कांग्रेसले अर्थ पाए माओवादीले गृह पाउने सहमति भएको छ।

    परराष्ट्र मन्त्रालय भने कांग्रेसले लिने सहमति भइसकेको स्रोतको दाबी छ। परराष्ट्र मन्त्री आरजू देउवालाई बनाउने तयारी भएको स्रोतले बतायो। सभापति शेरबहादुर देउवाले आरजूलाई बनाउन रुची नदेखाएको तर आरजूले आफूलाई बनाउन दबाव दिएको स्रोतको दाबी छ।

    उता माओवादीभित्र गृहमन्त्रालय आफैंसँग राख्नु पर्ने मत बलियो छ। माओवादीले गृहमन्त्रालय पाए शक्ति बस्नेत गृहमन्त्री बन्ने संभावना रहेको माओवादी निकट स्रोतले जनाएको छ। यसअघि ०७२ सालमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारमा नौ महिना गृहमन्त्रालयको नेतृत्व गरेका बस्नेतप्रति प्रचण्ड सकारात्मक रहेको बताइएको छ।

    नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएपछि अहिले प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रालय आफैंसँग राखेका छन्। राष्ट्रपति निर्वाचनको आचार संहिता लागू भइसकेकाले प्रधानमन्त्रीले फागुन २६ लगत्तै मन्त्रिपरिषदलाई पूर्णता लिने विषयमा सहयात्री दलसँग छलफल थालेको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ।

    बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.