प्रकाश सिग्देल नामै काफी छ । हामीले उनलाई ‘प्रकाश सिग्देल’को नामबाट मात्र चिन्दैनौं, यो नाम विगत १८ वर्षदेखि पत्रकारितामा भिजेको नाम हो र मैले व्यक्तिगत रुपमा प्रकाश सिग्देल नाम विगत ५ वर्षदेखि सुन्दै आएको नाम हो।
चितवनलाई राम्रोसङ्ग बुझेको चितवनको पानी खाएको, चितवनको हरेक संघसंस्थामा टेकेको उक्त संस्थाहरूको समस्या थाहा भएको एक मात्र पात्र हो प्रकाश सिग्देल । म त्यति राम्रोसङ्ग त प्रकाश सिग्देललाई चिन्दिन तर चितवन प्रशासनले चाडबाडको बेला गर्ने खाद्य अनुगमनको यथार्थ समाचार लेख्ने पत्रकार प्रकाश सिग्देल हुन्। नदी जन्यपदार्थको उत्खनन्, वन्यजन्तु चोरी, काठ तस्करी, सरकारी कार्यलयमा हुने समस्या आदि कुरालाई चितवनमा अरु पत्रकारहरू भन्दा अब्बल तरिकाले त्यस विषयमा मुद्दा उठाउने पत्रकार प्रकाश सिग्देल हुन्।
म सम्झन्छु प्रकाश सिग्देलले धेरै मेहनत गरेका छ्न्, एउटा सामान्य नागरिक जीवनयापन गर्नलाई कति मेहनत गर्छ भन्ने कुरा जस्ले सिग्देललाई नजिकबाट नियालेको छ, उस्ले मात्र बुझ्छ र बुझ्ने कोसिस गर्छ। हिजो आफ्नो जीवनयापन गर्न काम गरेको संस्थाबाट आउने पैसाबाट नहुने भएर आफ्नो फुर्सदको समयमा अर्को संस्थाको काम गर्दा भोगेको सजाय अझै याद छ मलाई ।
चितवनमा प्रकाश र रवि कनेक्सन
चितवनका मानिस धेरै बुझ्झकि र अध्ययनशील छ्न् किनकि हिजो नागरिकताको मुद्दा खेपेका रवि लामिछाने ज्यूलाई स्पष्ट थाहा थियो मैले देशको कानुन उल्लङ्घन गरेको छु, अझ पासपोर्ट जस्तो चिज एउटा जिम्मेवार नागरिकले दोहोरो तरिकाले लिदा के हुन्छ अझ धेरै राम्रो तरिकाले बुझेका छ्न्, खेर त्यता नजाउ गलत गरेका छ्न् भने डरको आधारमा नभई देशको कानुनकै आधारमा कारबाही होला।

न्युज 24, अझ विशेष रवि लामिछाने प्रस्तोता रहेको सिधा कुरा जनता सङ्गको कार्यक्रमका, चितवनका एक रिपोटर भएर काम गरेका व्यक्ति हुन् सिग्देल। रवि लामिछानेलाई विभिन्न समस्या पर्दा सधै परिवार जसरी साथ दिएका एक कुसल पत्रकार हुन प्रकाश सिग्देल ।
चितवनमा कुल निर्वाचन क्षेत्र ३ मध्य कुन वडा कुन क्षेत्रमा पर्छ केही जानकारी नभएका रवि लामिछानेलाई चुनाव जिताएर संसद भवन प्रवेश गराएका एक मात्र पात्र हुन् प्रकाश सिग्देल।
कार्तिक २२ गते चन्द्रग्रहण लागेको बेला देवघाटमा भेट भएका प्रकाश सिग्देलले सहयोग गर्नुपर्यो घण्टी बजाउन पर्यो भन्नु भएको थियो।
मैले ठाडै अस्वीकार गरेर ‘प्रकाशजी घण्टी बजाउने होइन फुटाउने हो’ भनेको थिए। धेरै कुरा भए, तर पनि प्रकाशजी लाई मैले शुभकामना दिएको थिए किनकि प्रकाशजीमा जिम्मेवारी थपिएको थियो कति दिनदेखि सुतेका थिएनन् ।मैले छुट्न भन्दा पहिला प्रकाशजी मेरा सबै साथीलाई फोन गर्नुभएछ साथीहरूले सहयोग गरेका छ्न् नि है? भनेर सोधेको थिए, तिनले मलाई जवाफ फिर्ता गरेका थिए ” अ ” सबैले गरेका छ्न् तपाई मात्र हो सहयोग नगर्ने फोन नउठाउने भनेका थिए।
चितवनका मै हुम भन्ने पत्रकारले आयो घण्टी वाला पत्रकार भन्थे, पास दिन पनि बाधा अड्चन झिक्थे। त्यति गर्दा पनि प्रकाश सिग्देल निरन्तर लागी रहे र रवि लामिछानेलाई जिताई छाडे।
Updated
तस्बिरहरु प्रकाश सिग्देलको फेसबुकबाट
