• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

शिक्षालाई जीवन उपयोगी बनाउनुपर्छ : प्रधानमन्त्री


  •   सोमबार, फागुन २९, २०७९ मा प्रकाशित
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई जीवन उपयोगी बनाउनुपर्ने बताएका छन्।

    Advertisement

    सोमबार पद्मोदय माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी, आधुनिक, विज्ञान प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरूप पाठ्यक्रममा गुणात्मक सुधार गर्नुपर्ने बताएका हुन्।

    शिक्षा सामाजिक, सांस्कृतिक विकासको माध्यम मात्र नभएर देशको समृद्धि र विकासको सबैभन्दा महत्वपूर्ण पक्षसमेत रहेको भन्दै प्रधानमन्त्रीले शिक्षाको गुणस्तर र विकासले नै विकासका हरेक पक्षमा आफूलाई अब्बल प्रमाणित गर्ने बताए।

    सम्बोधनको पूर्णपाठ :

    समारोहका सभापतिज्यू,
    माननीय सांसदज्यूहरू,
    नेपाल सरकारका सचिवज्यूहरू,
    विद्यालय व्यवस्थापन समितिका सदस्यज्यूहरू,
    उपस्थित शिक्षाविद एवं सामाजिक व्यक्तित्वहरू,
    शिक्षक एवं कर्मचारी मित्रहरू,
    राष्ट्रसेवक कर्मचारी एवं सुरक्षाकर्मीहरू,
    सञ्चारकर्मी मित्रहरू,
    विद्यार्थी भाइबहिनीहरू,
    उपस्थित सम्पूर्ण महानुभावहरू ।

    सर्वप्रथम जहानियाँ राणाशासन कालका कारण अन्धकारमा रुमल्लिरहेको तत्कालीन नेपाली समाजलाई चेतनाको दीयो बाल्ने ध्येयका साथ वि.सं. २००३ सालमा स्थापित यस विद्यालयको हीरक जयन्तीको ऐतिहासिक अवसरमा सम्पूर्ण शिक्षक–कर्मचारीहरू, अभिभावकज्यूहरू, विद्यार्थीहरू एवं सिंगो विद्यालय परिवारमा हार्दिक अभिवादनसहित शुभकामना व्यक्त गर्दछु।

    आजभन्दा ठीक ७६ वर्षपहिले आजकै दिन संस्थापक प्रधानाध्यापक ईश्वरराज अर्याल र संस्थापक शिक्षकहरू आनन्दप्रसाद ढुङ्गाना, झङ्कबहादुर श्रेष्ठ, प्रेम बहादुर कंसकार, कृष्णबहादुर मानन्धर, रत्नमान मास्के र गौरीप्रसाद राजभण्डारी लगायतका शिक्षाप्रेमी एवं सामाजिक व्यक्तित्वहरूको पहलमा स्थापित यस विद्यालयले आफूलाई देशकै अब्बल विद्यालयको रूपमा स्थापित गरेको छ । ७६ वर्षको इतिहासमा विद्यालयले देशकै नेतृत्व गर्ने राजनीतिज्ञ, कर्मचारी, सामाजिक व्यक्तित्व, नागरिक अभियान्ताहरू, न्यायाधीश, कलाकर्मी एवं प्राज्ञिक व्यक्तत्वहरू जन्माएको छ । यो हामी सबैका लागि खुसी र गौरवको कुरा हो।

    काठमाडौँको मुटुमा रहेको यस विद्यालयले शैक्षिक गुणस्तर र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गर्दै आएको छ। शिक्षा प्रविधियुक्त हुनुपर्ने कुरालाई ह्रदयङ्गम गरी सूचना र प्रविधिको माध्यमबाट नेपाली समाज र युगले मागेको सार्वजनिक शिक्षा प्रदान गरिरहेको छ, जसमाः मन्टेश्वरी शिक्षा, कम्प्युटर शिक्षा, प्रविधियुक्त शिक्षा, पुस्तकको अध्ययनलाई सामाजिक अध्ययनसँग जोड्ने प्रचलनको विकास, सामाजिक एकता र सहअस्तित्वमा जोड, पुस्तकालय, विज्ञान प्रयोगशाला लगायतका पूर्वाधारहरू, छात्रवृत्ति, अतिरिक्त क्रियाकलापहरू लगायतका विषयमा विद्यालयले दिएको प्राथमिकता र प्राप्त गरेको नतिजा स्मरणीय छ।

    शिक्षा सामाजिक, सांस्कृतिक विकासको माध्यम मात्र नभएर देशको समृद्धि र विकासको सबैभन्दा महत्वपूर्ण पक्षसमेत हो। जुन राष्ट्रले शिक्षाको गुणस्तर र विकासमा जोड दिन्छ, त्यो मुलुकले विकासका हरेक पक्षमा आफूलाई अब्बल प्रमाणित गर्दछ, त्यो देशको जनशक्ति राष्ट्रिय मात्र नभएर विश्वबजारमा प्रतिस्पर्धामा अग्रता हासिल गर्दछ, सामाजिक सभ्यता र संस्कृतिमा गुणस्तर प्रगति हासिल गर्दछ । यस अर्थमा शिक्षाको विकास मुलुक र जनताको सर्वाङ्गीण विकासको आधारस्तम्भ हो भन्ने तथ्य हामी सबैले गहिरो गरी आत्मसात गर्नैपर्छ । शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी, आधुनिक, विज्ञान प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरूप पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक छ।

    प्राविधिक शिक्षालाई जोड दिँदै विश्वबजारमा प्रतिस्पर्धा गर्नयोग्य जनशक्ति तयार पार्न विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य विषय बनाउँदै उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन आवश्यक छ। यसका निम्ति नीतिगत, कानुनी, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारी प्रयासमा बौद्धिक वर्गको सहयोग र सहकार्य जरूरी छ।

    देशमा रहेको सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको तथ्यलाई आत्मसाथ गर्दै सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रूपमा विकास गर्न शैक्षिक गुरूयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व हाम्रासामु छ। यसै यथार्थलाई ध्यान दिँदै वर्तमान सरकार यथाशीघ्र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य गरिरहेको छ। उक्त ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याहरूको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको व्यहोरासमेत म यहाँहरूलाई अवगत गराउँछु।

    नेपालको शैक्षिक जगतको इतिहासमा नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस विद्यालयले पनि बदलिँदो राजनीतिक परिस्थिति, २१ औँ शताब्दीको विश्वव्यापी चरित्र, हाम्रो राष्ट्रिय मान्यता र आवश्यकतालाई समेत ध्यान दिँदै गुणस्तरीय, सर्वसुलभ, प्राविधिक र स्वरोजगारीमुखी शिक्षा प्रदान गर्न थप प्रभावकारी भूमिका खेल्नेछ भन्ने विश्वासका साथ हीरक जयन्तीको पूर्ण सफलताको शुभेच्छा व्यक्त गर्दछु, धन्यवाद।

    सोमबार, फागुन २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.