नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यादवलाई सघाउने निर्णय गरेको हाे।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार पार्टीका सबै सांसदलाई यादवकै पक्षमा मतदान गर्ने निर्देशन दिइएकाे छ।
चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्। नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन्।
