• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ३. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ४. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ५. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

चितवन- २ मा रवि विरुद्ध उम्मेदवारी दिन तम्सिँदै दलहरु


  •   बिहिबार, चैत ०२, २०७९ मा प्रकाशित
  • वैशाख १० गते चितवन २ मा हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवारी चयनको रस्साकस्सी चलिरहेको छ। सत्तारुढ तथा प्रतिपक्षी दलहरु उम्मेदवारी चयनको गृहकार्यमा जुटिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन केन्द्रित गतिविधिमा होमिएको छ।

    Advertisement

    गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। सर्वोच्चले लामिछानेको नागरिकता अवैध ठहर गरेसँगै सम्पूर्ण पदमुक्त भएपछि रिक्त रहेको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

    अहिले सोही निर्वाचन क्षेत्रबाट रास्वपाका सभापति लामिछाने उनको पार्टीबाट निर्विकल्प उम्मेदवारको रुपमा खडा भएका छन्। उनको विरुद्धमा उम्मेदवारी दिन सत्तारुढ दलले साझा उम्मेदवार उठाउने तयारी गरेका छन्।

    भर्खरै प्रतिपक्षी कित्तामा पुगेको एमाले पनि उम्मेदवार छनोटको तयारीमा लागेको छ। यसअघि एमालेबाट उम्मेदवारी दिएर पराजित भएका कृष्णभक्त पोखरेलको चर्चा चुलिएपनि उनी उम्मेदवारी दिन अनिच्छुक भएको बताइन्छ।

    गएको निर्वाचनमा दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ यसपाली फेरि निर्वाचन लड्ने आकांक्षा देखाएका थिए। उनले केही समय अगाडि लामिछाने नागरिकता प्रकरणमा पदमुक्त भएपछि आफूलाई स्वत विजेता घोषित गर्नुपर्ने माग सहित निर्वाचन आयोगमा निवेदन दिएका थिए। यद्यपि यस पटक निर्वाचन नलड्ने पार्टीमा जानकारी गराएको बताइन्छ।

    बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले उम्मेदवार सिफारिस गर्न चितवन जिल्ला कार्य समितिलाई निर्देशन दिइसकेको छ। चितवन जिल्ला समितिलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको प्रबक्ता प्रकाशशरण महतले जानकारी दिए।

    जिल्लाबाट गरिएको सिफारिसको आधारमा टुंगो लगाइने उनले बताए। कांग्रेसबाट चितवन जिल्ला रामेश्वर खनाल र पूर्वसभापति जीतनारायण श्रेष्ठले सार्वजनिक रुपमा दाबी गरेका छन्।

    एमालेबाट यसअघि उम्मेदवारी दिएर लामिछानेसँग पराजित भएका पोखरेलले उम्मेदवारी नदिने मनशाय ब्यक्त गरेको बताइएको छ। उनले उम्मेदवारी नदिएपछि एमालेले नयाँ उम्मेदवार टुंगो लगाइसकेको छैन।

    यसपालीको निर्वाचनमा दलहरु लामिछानेको हाउगुजीले उत्साहप्रद तवरले उम्मेदवारको दाबीसमेत नभएको चर्चा राजनीतिक वृत्तमा ब्याप्त छ। गएको निर्वाचनमा अभूतपूर्व मतले विजयी भएका लामिछाने निर्वाचित भएसँगै सरकारको उपप्रधानमन्त्री तथा गृह मन्त्रीमा आसिन भएका थिए।

    तर, सर्वोच्चको संवैधानिक इजलाशले माघ १३ गते उनको नागरिकता निष्क्रय भएको जनाउँदै सबै उपप्रधानमन्त्री र सांसद पद खारेज गरिदिएको थियो।
    सोही पूर्ववत साख जोगाउन लामिछाने निर्वाचन लक्षित कार्यक्रम लिएर चितवन-२ पुगिसकेका छन्। उनले यसपाली निर्वाचनमा विगतको साख जोगाएर फेरि उल्लेख्य मतले बाजी मार्ने दाउमा छन्।

    गएको निर्वाचनमा रास्वपाका लामिछानले उनका प्रतिस्पर्धीहरुलाई दोब्बर मतले पराजित गरेका थिए। उनले ४९ हजार २६१ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याएका थिए। एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत ल्याएका थिए।

    गत निर्वाचनको मत परिणाम अनुसार चितवन २मा रविले प्राप्त गरेको मत अन्य उम्मेदवारको भन्दा उल्लेख्य देखिएको छ। यही मतभार उनको पक्षमा यथावत छ, या झनै बढोत्तरी भएको छ। त्यो भने आगामी निर्वाचन परिणामले दर्शाउने छ।

    यही गएको निर्वाचनको मतपरिणामले.त्रसिद अन्य दलहरु गएको निर्वाचनको आधारमा उनको बर्चस्व भत्काउने ध्याउन्नमा छन्। रविको गढ भत्काउन अन्य दलहरु उपयुक्त उम्मेदवारको खोजीमा छन्।

    यद्यपि लामिछाने नेतृत्वको रास्वपाले सरकारलाई दिएको समर्थन कायम राखेको र राष्ट्रपति निर्वाचनमा पनि सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गरेका कारण चुनावी प्रतिश्पर्धामा रवि विरुद्ध उम्मेदवार चयन गर्न सत्ता पक्षलाई केही असजिलो हुने चर्चा चलेको छ।

    बिहिबार, चैत ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ४.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ५.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.