आजकल मौसम तिब्र गतिमा बदलिरहेको छ । कहिले अत्याधिक गर्मी र कहिले पानीका कारण चिसो हुँदा मानिसहरु बारम्बार बिरामी परिरहेका छन् । मौसम परिवर्तनका कारण रुघाखोकी, भाइरल ज्वरो, घाँटीमा इन्फेक्सन जस्ता समस्याहरु बढिरहेका छन् । यस्तो अवस्थामा मौसम अनुसार खानपानमा ध्यान दिनु जरुरी छ । पोषणविद्का अनुसार मौसमी परिवर्तनका कारण हुने रोगबाट बच्नका लागि केही यस्ता खानेकुरा खाने सल्लाह दिएका छन्।
मौसम परिवर्तन हुँदा यी खानेकुरा खानुहोस्ः
अंकुरित मुंग दाल – पोषणविद्का अनुसार मौसमी परिवर्तन हुँदा अंकुरित मुगलाई आफ्नो आहारमा समावेश गर्नुपर्छ । अंकुर्ने प्रक्रियामा, यसमा भिटामिन र खनिजहरूको मात्रा अझ बढ्छ। जसका कारण मुगमा म्याग्नेसियम, फस्फोरस, म्यांगनीज, भिटामिन के को मात्रा धेरै हुन्छ । यसका साथै यसमा एन्टिअक्सिडेन्ट पनि प्रशस्त मात्रामा पाइन्छ । तामा, आइरन, जिंक जस्ता एन्टिअक्सिडेन्टले शरीरलाई ब्याक्टेरिया र रोगहरूबाट बचाउने काम गर्छ।
भिटामिन सी युक्त खानेकुराहरू– शरीरले आफैंमा भिटामिन सी उत्पादन गर्दैन। त्यसैले हामीले भिटामिन सी प्रशस्त खानेकुराहरू खानु आवश्यक हुन्छ। यसका लागि तपाईले आफ्नो आहारमा सुन्तला, अमला, क्याप्सिकम, टमाटर, क्रुसिफेरस तरकारीहरू विशेष गरी परिवर्तन भएको मौसममा समावेश गर्नुपर्छ।
दही– दही सेवन गर्नु पनि फाइदाजनक हुन्छ । दहीमा पाइने ब्याक्टेरियाले तपाईंको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। यसले फ्लूको मौसममा सुरक्षित रहन तपाईंको शरीरको क्षमतालाई सुधार गर्छ।
लसुन– लसुनमा एलिसिन नामक प्राकृतिक रासायनिक यौगिक हुन्छ, जुन एन्टिब्याक्टेरियल र एन्टी फङ्गल गुणले भरिपूर्ण हुन्छ। यी दुवैले ब्याक्टेरिया र भाइरससँग लड्न मद्दत गर्न सक्छन्। यस्तो अवस्थामा उनीहरुलाई रुघाखोकी वा फ्लू हुने खतरा पनि कम हुन्छ ।
मेवा – मेवामा फाइबरको मात्रा बढी हुन्छ । यसका साथै पपाइन इन्जाइमले पाचन क्रियालाई पनि सुधार गर्छ। यसमा भिटामिन सी पनि प्रशस्त मात्रामा पाइन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।
सजिउन– सजिउन अर्थात् मधेसमा मुनगा वा सहजन भनिने वृक्षलाई चमत्कारी वनस्पतिको श्रेणीमा राख्न सकिन्छ । भिटामिन सी र एन्टिअक्सिडेन्टमा भरपूर सजिउनले सामान्य रुघाखोकी, फ्लूसँग लड्न र धेरै सामान्य संक्रमणहरूबाट बच्न मद्दत गर्दछ। थायामिन, रिबोफ्लेभिन, नियासिन र भिटामिन बी १२ जस्ता आवश्यक बी भिटामिनहरूले भरिपूर्ण सजिउनले पाचन रसको स्रावलाई उत्तेजित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। साथै पाचन प्रणालीलाई राम्रोसँग काम गर्न मद्दत गर्छ।
