गण्डकी प्रदेशमा माओवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले समर्थन फिर्ता लिँदै सरकारबाट समेत बाहिरिने निर्णय गरेको हो ।
गण्डकी प्रदेश सरकारमा माओवादीको तर्फबाट संसदीय दलका नेतासमेत रहेका हरिबहादुर चुमानसहित दुईजना मन्त्री छन् । उनीहरुले शुक्रबार राजीनामा मुख्यमन्त्री मुख्यमन्त्री खगराज अधिकारी समक्ष बुझाउने भएका हुन् ।
