• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. सुनचाँदीको मूल्य बढ्यो

बारा-२ काे उपनिर्वाचनमा पराजित उम्मेदवारहरूबीच प्रतिश्पर्धा


  •   मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित
  • गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहोरेका चर्चित अनुहारसहित ३६ जनाले बारा-२ को उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

    Advertisement

    कलैयास्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर १२ जनाले राजनीतिक दल र २४ जनाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेका हुन्। जिल्लाको उत्तर दक्षिण भूगोलमा रहेको बारा क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र दक्षिणमा सीमावर्ती दशगजादेखि उत्तर चारकोसे जंगलसम्म फैलिएको छ।

    १३६ मतदान केन्द्र, ८२ वटा मतदान स्थल रहेको यस क्षेत्रमा बिगतको भन्दा २८७ मतदाता थपिएर १ लाख ५ हजार २ सय ९८ पुगेको छ। यस क्षेत्रमा पचारौता र महागढीमाई गरी २ नगरपालिका तथा देवताल, सुवर्ण र करैयामाई गरी ३ गाउँपालिका रहेको यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव गत चैत ३ मा उपराष्ट्रपतिमा चयन भएपछि यो निर्वाचन क्षेत्र खाली भएपछि प्रतिनिधिसभाको वैशाख १० गते हुने उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट राजनीतिक दल र स्वतन्त्रसमेत गरेर ३६ जनाले उम्मेदवारी दिएका छन्।

    ठूला दलबाट उम्मेदवारी दिएका उम्मेदवारमध्ये केही चर्चित तर चार महिना अघि सम्पन्न निर्वाचनमा पराजित अनुहार समेत छन्। सप्तरी २ बाट जनमत पार्टीका डा. सिके राउतसँग पराजय व्यहोरेका जसपा अध्यक्ष उपेन्द्र यादव अर्को अवसर खोज्दै बारा-२ मा आएका छन्। बारा-२ बाट निर्वाचित रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर अध्यक्ष यादवले उक्त क्षेत्र रिक्त पारेका थिए।

    गत मंसिरमा सम्पन्न निर्वाचनमा पराजित उमेदवारहरु पुन: उपनिर्वाचनमा हाेमिएको देखिन्छ। जसपा अध्यक्ष यादवले सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी, नेपाली कांग्रेस, लोसपा र एकीकृत समाजवादी पार्टीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हो। उनी यसअघि मंसिरमा सम्पन्न निर्वाचनमा सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए।

    उनले गत निर्वाचनमा १६ हजार ९ सय ७९ मत प्राप्त गर्दा सिके राउतले दोबर मत भन्दा बढी ३५ हजार ४२ मत प्राप्त गरेर विजयी भएका थिए। गत निर्वाचनमा एमालेसँगको तालमेलमा बारा-२ मा जसपाका रामसहाय प्रसाद यादवले चुनाव जितेका थिए। यादवले कांग्रेस माओवादीलगायत ५ दलीय गठबन्धनबाट उम्मेदवार बन्नेका माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई २५४ मतान्तरले पराजित गरेका थिए।

    यस्तै जनमत पार्टीबाट उम्मेदवार बनेका शिवचन्द्र कुशवाहा पनि पराजित अनुहार हुन्। नेकपा माओवादी केन्द्रबाट आफ्नो पार्टीमा भित्र्याउँदै डा. राउतले यादवविरुद्ध उम्मेदवार खडा गरेका हुन्।

    मंसिर ४ गते सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका शिवचन्द्र कुशवाहा माओवादी केन्द्रबाट टिकट नपाउने निश्चित भएपछि जनमत पार्टी प्रवेश गरेका हुन्। कुशवाहाले गत निर्वाचनमा बारा-२ मा १३ हजार ४ सय ६८ मत पाएका थिए।

    यस्तै गत निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौं-१ उम्मेदवार भएका पूर्व प्रहरी रमेश खरेलले हाल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन्।

    गत निर्वाचनमा उनले ३ हजार १ सय २४ मत प्राप्त गरेका थिए भने बारा-३ बाट गत निर्वाचनमा ६ सय ७२ मत प्राप्त गरेका चन्द्रप्रकाश सुवेदीले पुन: बारा-२ बाट उमेदवारी दर्ता गराएका छन्।

    गत निर्वाचनमा बारा-२ बाट स्वतन्त्र निर्वाचन लडेका अरुण ज्ञवाली यसपटक भने प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवार भएका छन्। उनले गत निर्वाचनमा ७ हजार ६ सय ९८ मत प्राप्त गरेका थिए। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका तेली, हाम्रो नेपाली पार्टीका सुवेदी पनि अघिल्लो निर्वाचनमा पराजित अनुहार हुन्।

    यता ठूला राजनीतिक दलबाट उम्मेदवारी दिएकामध्ये नेकपा एमालेका पुरुषोत्तम पौडेल नयाँ अनुहारका देखिएका छन्। २०७० सालमा बारा- ६ बाट संविधानसभा सदस्यमा निर्वाचित पौडेल त्यसयता उम्मेदवार बनेका छैनन्।

    मंसिर ४ को निर्वाचनमा उनी बारा-१ बाट प्रतिनिधिसभा सदस्यको आकांक्षी थिए। उनी आकांक्षी रहेको क्षेत्रमा अर्का पोलिटव्युरो सदस्य अच्युत मैनालीले टिकट पाएका थिए। पौडेल झण्डै ९ वर्षपछि प्रत्यक्ष निर्वाचन लड्दैछन्।

    पूर्व युवा तथा खेलकुद मन्त्री समेत रहेका पौडेल ‘हेभिवेट भिडन्त’ मा सफल हुँदै प्रतिनिधिसभा प्रवेश गर्न तयार देखिन्छन्। जनताबाट अस्वीकृत भएका व्यक्तिहरुले बारा-२ लाई भाग्य अजमाउने ठाउँको रुपमा लिएको भन्दै पौडेलले मधेसका जनता सचेत भइसकेको बताए।

    यता राजनीतिक दलभन्दा स्वतन्त्र उम्मेदवारको संख्या दोब्बर देखिएको छ। १२ जनाले राजनीतिक दलबाट उम्मेदवारी दिँदा २४ जना स्वतन्त्र उम्मेदवार बनेका छन्। स्वतन्त्र रहेका अधिकांश उम्मेदवार डमी हुन्।

    निर्वाचन कार्यालयबाट प्राप्त गर्ने सवारीसहितको अन्य सुविधा लिनका लागि राजनीतिक दलले स्वतन्त्र उम्मेदवार उठाउने गरेका छन्। यसअघि मंसिर ४ मा सम्पन्न निर्वाचनमा बारा-२ मा ११ जना स्वतन्त्र उम्मेदवार रहेका थिए।

    बारा-२ मा १ लाख ५ हजार २९८ जना मतदाता रहेको यस क्षेत्रमा मुख्य गरी जसपा, नेकपा एमाले र जनमत पार्टीका उमेदवारबीचमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।

    मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.