• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

के हो त्यो उथलपुथल, नेपालको राजनीतिमा फेरि के हुन्छ?


  •   बुधबार, चैत २९, २०७९ मा प्रकाशित
  • विगत केही समयदेखि नेपालको राजनीतिमा ठूलै उथलपुथल हुन्छ भन्ने हल्ला विभिन्न कोणबाट चल्लाइएको छ। त्यो उथलपुथल के हो, कसले गर्न लागेको हो, र किन? भन्ने विषय सार्वजनिक भएको छैन।

    Advertisement

    तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पटक पटकको प्रयासमा पनि भारत भ्रमण हुन नसक्नु, भारत जान नसक्दा चीन र दुवईको भ्रमण रद्द गर्नुजस्ता जस्ता घटनाक्रमहरुले प्रधानमन्त्री प्रचण्डको सरकार बाह्य राजनीतिको चपेटामा नराम्रोसँग फसेको संकेत भने दिइसकेको छ।

    प्रधानमन्त्रीको रुपमा आफ्नो पहिलो विदेश भ्रमण भारतबाट गर्ने तयारीमा रहेका प्रचण्डलाई दिल्लीमा स्वागत गर्न भारत तयार नहुँदा मिति तय हुन सकेको छैन।

    चीनले बोआओ सम्मेलनमा भाग लिन गरेको निमन्त्रणालाई अस्वीकार गर्दै पहिलो भ्रमण भारतबाट गर्ने प्रचण्डको योजना तत्काल सफल हुने संकेत देखिएको छैन।

    सत्ता सहयात्री दलहरु भित्र अविश्वास बढ्दै जानु, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शेखर कोइरालालाई देखाएर मन्त्रीको नाम दिन नसक्नु, दश दलको सरकार भएपनि ६ वटा मन्त्रालयको बोझ प्रधानमन्त्रीकै थाप्लोमा थोपरिनु जस्ता घटनाक्रमलाई अब हुने राजनीतिक उथलपुथलसँग जोडेर हेर्न थालिएको छ।

    वर्तमान व्यवस्था र संविधानप्रति बाह्यशक्ति सन्तुष्ट नहुनु र अहिले प्रधानमन्त्रीको रुपमा प्रचण्डको हालिमुहालीलाई मन नपराइनुले तत्काल सरकार परिवर्तनको गृहकार्य र पछि व्यवस्थाप्रति नै प्रहार हुने खतरा रहेको चर्चा चल्न थालेको छ।

    त्यसको पछिल्ले कडीका रुपमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको अभिव्यक्तिलाई लिन सकिने जानकारहरु बताउँछन्।
    केही दिन अगाडि योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्र हुनुपर्ने र नेपालका राजतन्त्र कायम रहेको बताएका थिए।

    सत्ता सहयात्री दलहरु भित्र अविश्वास बढ्दै जानु, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शेखर कोइरालालाई देखाएर मन्त्रीको नाम दिन नसक्नु, दश दलको सरकार भएपनि ६ वटा मन्त्रालयको बोझ प्रधानमन्त्रीकै थाप्लोमा थोपरिनु जस्ता घटनाक्रमलाई अब हुने राजनीतिक उथलपुथलसँग जोडेर हेर्न थालिएको छ।

    स्रोतका अनुसार निर्वाचनका बेला अनेकन सहयोग हात परेर भारतसँग चुकिसकेका प्रधानमन्त्री प्रचण्डबाट आफू अनुकुल काम नहुने संकेत पाएपछि निर्वाचनपछि कांग्रेसमाथि प्रचण्डलाई प्रधानमन्त्री नबनाउन दबाव थियो।

    कांग्रेसले आफूलाई प्रधानमन्त्री नबनाउने थाहा पाएका प्रचण्ड एमालेसँग मिलेर सरकारको नेतृत्व गर्न पुगेका थिए। तर फेरि एमालेसँगको गठबन्धनलाई तोड्दै अहिले उनी पुरानै गठबन्धनमा फर्किएका छन्।

    योगी आदित्य नाथले भनेजस्तै नेपाललाई हिन्दू राज्य घोषणा गर्न नेपाली कांग्रेसभित्र हालसम्म समस्या नदेखिएको तर माओवादीले आनाकानी गरे त्यसलाई राष्ट्रिय मुद्दा बनाएर लैजान नसकिने भएकाले प्रचण्ड सरकारलाई विस्थापित गर्ने रणनीति तयार भएको हो।

    कांग्रेसमा प्रभावशाली नेता डा. शेखर कोइराला सनानत हिन्दू राज्य बनाउनुपर्छ भनेर सार्वजनिक रुपमै बोलिरहेका छन् भने शशांक कोइराला र अन्य नेताको पनि त्यसमा विमति छैन।

    अहिलेको सत्ता गठबन्धनले हिन्दू राष्ट्रको मुद्दालाई राष्ट्रिय मुद्दा बनाइ दिए नेपालमा हिन्दू राज्यका लागि ठूलो तरंग आउने र त्यसले सजिलै संविधान संशोधन हुने भारतीय पक्षको बुझाइ छ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०२४ को भारतीय आम निर्वाचनभन्दा अघि नै नेपालका हिन्दू राज्य होस् भन्ने चाहन्छन् र त्यही अनुसार उनको संयन्त्र नेपालमा परिचालित रहेको बताइन्छ।

    जनसंख्याका हिसावले ९० प्रतिशतको हाराहारीमा हिन्दू धर्मावलम्बी भए पनि गणतन्त्रपछिको पहिलो संविधान घोषणा हुँदा नै नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाइएको थियो। त्यतिबेला स्वदेशभित्र यसबारे खासै ठूलो विषय नै बनेन बरु संघीयताका अन्य विषयहरुले चर्को आन्दोलनको रुप लिएका थिए। तर, नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले यसलाई त्यसबेला पनि केही हदसम्म उठाएको थियो।

    नेपालको संविधानले एकपटक अंगिकार गरिसकेको संबेदनशील विषय भएकाले त्यसलाई संशोधन गरेर फेरि संविधानमा उल्लेख गर्न सहज भने छैन। दुई तिहाइ सांसदहरु यसको पक्षमा लागेको हुनुपर्छ संशोधनको लागि।

    नेकपा एमालेले यसबारे खासै मुख खोलेको देखिँदैन तर अध्यक्ष केपी ओलीले विगत केही बर्षदेखि नेपालको धार्मिक सांस्कृतिक क्षेत्रका विषयमा कम्युनिष्ट बिचारभन्दा फरकरुपले आफूलाई प्रस्तुत गर्दै आएका छन्। चितवनमा राम जन्मभूमि रहेको जिकिर तथा पशुपतिमा सुनको गजुरजस्ता विषयमा उनले देखाएको अग्रसरता यहाँ स्मरणीय छन्।

    धर्मनिरपेक्षता माओवादी विद्रोहको एउटा महत्वपूर्ण एजेण्डा पनि हो। त्यसलाई चटक्कै छाडेर अर्को पट्टि फर्कन प्रधानमन्त्री प्रचण्डका लागि कुनै पनि कोणबाट सजिलो छैन।

    तर, प्रचण्ड यसरी पल्टनुलाई आफू चलायमान भएको र क्रान्ति भएको भन्दै परिभाषित गर्दै आएका छन्। उनले लिएको दर्शनका हिसावले त कांग्रेससँगको गठबन्धन पनि अप्राकृतिक हो तर यसलाई उनी क्रान्तिको उपलब्धी भन्दै हिँडेकै छन्।

    यसबाहेक नेपालमा पश्चिमा शक्तिको प्रभाव पनि निकै दह्रोसँग बढेको अवस्था छ जसले नेपाललाई घर्म निरपेक्ष बनाउन ठूलो भूमिका खेलेका थिए। यो शक्तिलाई नजरअन्दाज गर्न सकिने अवस्था छैन। त्यसैपनि नेपालमा जाति जनजातिका थुप्रै समूह छन् जसले हिन्दू धर्मलाई बाहुन क्षत्रीको धर्म भन्दै राजनीति गरिरहेकै छन्।

    अब हुने राजनीतिक उथलपुथल नेपाललाई हिन्दू राष्ट्र कायम गराउने मात्रैमा सीमित नभइ अहिलेको व्यवस्था माथि नै चुनैतीका रुपमा आउने सक्ने राजनीति विश्लेषकहरु बताउँछन्।

    र, त्यसको संकेत तीन महिनाभित्र देखा पर्न सक्ने उनीकहरुको भनाइ छ। तर कस्तो उथलपुथल भन्ने विषय भने खुलाइएको छैन।

    बुधबार, चैत २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.