नारायणगढ जेसीजको दोस्रो प्रस्तुति NAFAL 2.0 सम्पन्न
नारायणगढ जेसीजको आयोजनामा ३ दिने NAFAL(Narayangarh Academy for Achievers and Leaders) को दोस्रो संस्करण ३ दिनको आवासिय बसाई सहित मिति २०८० जेष्ठ ४-६ गतेसम्म भरतपुर २९ अवस्थित अशोका रिसोर्टमा सम्पन्न भएको छ ।
उद्घाटन समारोहमा प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, विशिष्ट अतिथि नेपाल जेसीज क्षेत्र ख निरूपित कार्यकारिणी उपाध्यक्ष जेसी रजनी थापा रहनु भएको थियो भने समापन समारोहको प्रमुख अतिथि चितवन उधोग संघका अध्यक्ष श्री त्रिलोचन कँडेल , विशिष्ट अतिथि डा सन्देश दास श्रेष्ठ रहनु भएको थियो। अतिथीहरु नेपाल जेसिज का कानुनी सल्लाहकार जेसी अशोक कोइराला, निरूपित राष्ट्रिय उपाध्यक्ष जेसी राधिका भुषाल, राष्ट्रिय उपाध्यक्ष जेसी सोनी श्रेष्ठ,तेज प्रसाद उप्रेती रमेश, नारायणगढ जेसिज का पूर्व शाखा अध्यक्षज्युहरु, छिमेकी शाखाका शाखा अध्यक्षज्युहरुको आतिथ्यता रहेको थियो।
यस एकेडेमीमा नेपालभरी का बिभिन्न शाखाहरु बाट ३५ जना प्रशिक्षार्थीहरु सहभागीता जनाउनुभएको थियो। प्रशिक्षण कार्यक्रमको प्रमुख प्रशिक्षकमा नेपाल जेसिजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एवं पूर्वाञ्चल विश्व विद्यालयका सिनेट सदस्य डा. सन्देशदास श्रेष्ठ रहनु भएको थियो।
एकेडेमी अवधिमा अन्तर्कृयामा अतिथि वक्ताको रुपमा अग्रज उद्यमी श्री राजु पौडेल, बैंकर श्री कविन्द्र राज पान्डे , सि ए श्री विमान कार्की रहनु भएको थियो भने सहजिकरण उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष श्री राजेन्द्र ओलीले गर्नु भएको थियो।
कार्यक्रमका संयोजक नारायणगढ जेसिजका कार्यकारिणी उपाध्यक्ष जेसी मोहन सापकोटा एवं एकेडेमी डाइरेक्टर को रुपमा उद्यमसिलता बिकास निर्देशक जेसी राजेश ढकाल रहनु भयको थियो।
उक्त कार्यक्रम नारायणगढ जेसिजका शाखा अध्यक्ष जेसी अमर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ।
