राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेक–२०७९ प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
यस अघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता(पहिलो संशोधन) ऐन २०७९ को विधेयक प्रमाणीकरण नगरिदिएपछि निस्क्रिय बनेको थियो।
सरकारले उक्त राष्ट्रपति कार्यालयमा विचाराधीन रहेको नागरिकता विधेयक प्रमाणिकरणका लागि हालका राष्ट्रपति रामचन्द्र पौडेलललाई आग्रह गरेको थियो ।
