भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
बिहीबार राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रममा दुईपक्षीय सम्बन्ध लगाएतका बिषयमा कुराकानी भएको थियो ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले बिहीबार नै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए ।
