• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जमिनमुनिको पानी संरक्षण गर्न कृत्रिम सिमसार बनाउँदै गैँडाकोट


  •   शुक्रबार, असार २२, २०८० मा प्रकाशित
  • नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले वन तथा वातावरण संरक्षण गर्दै जमिनमुनिको पानी पुनःभरण गर्ने नीति लिएको छ । नगरप्रमुख मदनभक्त अधिकारीले नवलपुरको भूमिगत पानीसँगै जलाधार क्षेत्रका रूपमा रहेको नारायणी नदीसँगै अन्य खोलानाला संरक्षण एवं वन तथा वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलाई विशेष ध्यान दिएइको बताउनुभयो ।

    Advertisement

    “जमिनमुनिको पानी पुनःभरणका लागि नगरपालिकाको वडा नम्बर १ देखि १७ सम्म उत्तरी क्षेत्रको पहाडका उपयुक्त ठाउँमा सिमसार क्षेत्र निर्माण गर्न माथिल्लो सरकारसँग सहकार्य गर्दै अघि बढ्ने गरी हामीले नीति बनाएका छौँ,” उहाँले भन्नुभयो, “त्यस्तै, नारायणी नदीलाई स्वच्छ तथा निर्मल बनाउने, नगर क्षेत्रको फोहरमैला प्रशोधन तथा अध्ययन केन्द्र निर्माण गर्ने, स्वच्छ र हराभरा गैँडाकोटलगायत विभिन्न काम गरिने भएको छ ।”

    स्थानीयस्तरमा सामुदायिक वनसँग साझेदारी गर्दै उत्पादनमूलक जडीबुटी तथा फलफूल खेतीलाई अगाडि बढाइ आयआर्जन र रोजगारी वृद्धिमा जोड दिइने जनाइएको छ ।

    विपद्का बेला आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि नगरपालिकासँग अग्नि नियन्त्रणका लागि बारुण यन्त्र नभएकाले जिल्लाकै देवचुली नगरपालिकासँग सहकार्य गरेर बारुण यन्त्र खरिद गर्ने तयारी गरिएको छ । दिसाजन्य लेदो व्यवस्थापनका लागि उपयुक्त स्थान पहिचान गरी संरचना निर्माण गरिने भएको छ ।

    कृषि तथा सहरी क्षेत्रबाट निस्कने फोहरजन्य वस्तुबाट बायोग्यास तथा प्राङ्गारिक मल उत्पादन गरी प्रयोग गर्न नगरवासीलाई प्रोत्साहन गर्ने नगरपालिकाको नीति रहेको छ ।

    “वातावरण संरक्षणका लागि १८ वटै वडा समितिमार्फत टोल विकास संस्थालाई सिर्जनशील काममा जोड दिइ ‘स्वच्छ र हराभरा गैँडाकोट’ र ‘हाम्रो टोल हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ नयाँ कार्यक्रम सञ्चालन गर्दैछौँ”, नगरप्रमुख अधिकारीले भन्नुभयो, “स्थानीयस्तरमा सामुदायिक वनसँगको साझेदारीमा उत्पादनमूलक जडीबुटी तथा फलफूलको खेती कार्यलाई अगाडि बढाउँदै रोजगारी वृद्धि गर्ने नीति लिएका छौँ ।” नगरपालिकाले वन तथा वातावरण संरक्षणसँगै पूर्वाधार तथा भौतिक विकासतर्फ नगरको सहरीकरणलाई व्यवस्थित गर्दै जोखिम न्यूनीकरणमा ध्यान दिएको उहाँको भनाइ थियो । ‘एक घर ः एक बिरुवा’ हरित सडक कार्यक्रमको नीतिसमेत नगरपालिकाले अवलम्बन गरेको भन्दै नगरप्रमुख अधिकारीले नगरभित्रका पूर्वाधारमा ढल निकासका लागि नाला, ढलनिकास, इन्टरनेट, स्वास्थ्य, पार्किङ, बसपार्क जस्ता सुविधाको विस्तारमा प्राथमिकता दिइने बताउनुभयो ।

    नगरको प्रवेश नाकामा सिसिटिभी क्यामेरा जडान, आवश्यकताका आधारमा विभिन्न स्थानमा निःशुल्क वाइफाइ, आधारभूत तहदेखि नै कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी अध्ययन गर्न पाउने अवसरको सुनिश्चितता गरिने भएको छ ।

    उज्यालो सडक कार्यक्रमअन्तरगत अस्पताल, विद्यालय धार्मिकस्थल, सडक र पर्यटकीय स्थल आदिमा विद्युतीय बत्ती जडान गरिने भएको छ । नगरले सञ्चार तथा सूचना प्रविधि क्षेत्र, सामाजिक विकाससम्बन्धी नीतिअन्तर्गत स्वास्थ्य क्षेत्र, बहुउद्देश्यीय पोषण क्षेत्रमा काम गर्ने नीति लिएको छ ।

    “हामीले सबै नागरिकलाई स्वास्थ्य बीमा सबल स्वास्थ्य प्रणाली, ‘हरेकका घरमा खानेपानीका धारा ः जनस्वास्थ्यमा लगानी नारा’ लिएर काम गर्ने तयारी गरेका छौँ” नगरप्रमुख अधिकारीले भन्नुभयो, “नगरअस्पताललाई स्तरोन्नति गर्दै गरिब, विपन्न वर्गका जनताको लागि निःशुल्क उपचार गर्न स्वास्थ्य कोष स्थापना गर्दैछौँ ।” नगरपालिकामा बालश्रम शून्य बनाउने, बालविवाह, यौनजन्य जघन्य अपराधबाट नगरलाई मुक्त बनाउने गरी काम अघि बढाइएको उहाँको भनाइ थियो ।

    निःशुल्क शिक्षालाई प्रभावकारीरुपमा कार्यान्वयनका लागि अध्ययन कार्यदल बनाई क्रमशः कार्यान्वयन गरिने र कक्षा ५ सम्म अभिभावकबाट बाध्यात्मकरुपमा लिइने आर्थिक सहयोगलाई आगामी आर्थिक वर्षबाट पूर्णरुपमा निषेध गरिने भएको छ ।

    कृषिमा आधुनिकीकरणलाई जोड दिँदै एक वडा एक उत्पादन, माटो जाँच शिविर, पशुपालन, दूध उत्पादन बढाउने कार्यक्रम पनि नगरपालिकाको रहेको छ ।

    शुक्रबार, असार २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.