• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कांग्रेसलाई सरकारकै त्रास, सरकारमा माओवादी हाबी


  •   सोमबार, असार २५, २०८० मा प्रकाशित
  • सत्तारुढ नेपाली कांग्रेस आफैं सहभागी सरकारबाटै असुरक्षित महशुस गर्न थालेको छ। पछिल्लो समय आफ्नै सत्ता सहयात्रीसमेत रहेको माओवादी केन्द्र नेतृत्वको सरकारबाटै कांग्रेस त्रासदीमय बनेको हो।

    Advertisement

    संसदको सबै भन्दा ठूलो दल रहेको कांग्रेस अंकगणितीय हिसाबले कमजोर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागीता जनाउँदै प्रमुख सहयोगीको भूमिकामा मात्रै सिमित रहेको छ।

    संसदमा ८८ सिट रहेको कांग्रेसले आफू सरकारको नेतृत्व गर्ने अवसर गुमाएर ३२ सिट प्राप्त गरेको माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सघाएको छ। तथापि सोही दाहाल नेतृत्वकै सरकार आफ्ना लागि घातक हुने निष्कर्षमा कांग्रेसजन पुग्न लागेका छन्।

    सरकार गठनको सुरुवाती चरणमा एमालेको साथ पाएर प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष दाहालले अन्तत गएको चुनाव अघि(देखिकै कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतको पाँच दलीय पुरानै गठबन्धनमा फकिर्एका थिए।

    गत पुष १० गते प्रधानमन्त्री बन्न एमालेसँग कायम गरिएको गठबन्धन परित्याग गरेका प्रधानमन्त्री दाहाल नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गर्दै फागुन १३ गते कांग्रेसकैे शरणमा आएका थिए।

    पुरानै गठबन्धनलाई निरन्तरता दिँदै सञ्चालन भइरहेको वर्तमान दाहाल सरकारले कांग्रेसलाई नै चेपुवामा पार्न थालेको छ। दाहाल सरकार मनोमानी ढंगले एकपक्षीय ढंगले अघि बढेर कांग्रेसका हस्तीहरुलाई एक पछि अर्को गर्दै विभिन्न प्रकरणमा कानूनी दायरामा ल्याउन थालेपछि कांग्रेस सशंकित बनेको स्रोत बताउँछ।

    भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरिएपछि त्रसिएका देउवा फेरि आफ्नै श्रीमती आरजू राणाविरुद्ध सरकार केन्द्रित भएपछि थप सशंकित बनेका हुन्। उनले वर्तमान दाहाल सरकारबाटै आफ्ना निकटस्थहरुलाई( खतरा रहेको निष्कर्षमा पुगेको स्रोतले जनाएको छ।

    केही समय पहिले देउवापत्नी आरजूको नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएको अडियो टेप सार्वजनिक भएको थियो। उनको आर्थिक कारोबारमा संलग्नता उल्लेख गरिएको सार्वजनिक अडियोमा स्वर हाल थुनामा रहेका शरणार्थी प्रकरणका मुख्य योजनाकार सन्देश शर्मासँग मिलेको नेपाल प्रहरीले आइतबार सार्वजनिक रुपमा बताइसकेको छ।

    प्रधानमन्त्री दाहालले सार्वजनिक रुपमा आफ्नो अन्तिम कार्यकाल भएको बताइसकेका छन् उनले यस अघिका विभिन्न भ्रष्टाचारका काण्डहरु उजागर गर्दै सत्ता सहयात्री कांग्रेसलाई तर्साएर अघि बढ्ने दाउमा छन्। उनी यसका लागि हरेक जोखिम मोल्न तयार देखिएका छन्। सरकार छाड्नुपरे बेथिति र संस्थागत भ्रष्टाचारीलाई दण्डित गर्ने अभियानमा सरिक भएकैले सरकारबाट बाध्यात्मक रुपमा निकालिएको बताउँदै जनतामा पुगेर माओवादीको गुमेको साख फिर्ता गर्ने ध्याउन्नमा उनी छन्।

    यद्यपि अभियुक्त शर्मासँग स्वर मिलेको पाइएसँगै उक्त अडियो कहाँबाट र कसरी सार्वजनिक भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान(का लागि सम्बन्धित निकायसँग जानकारी लिन प्रक्रिया अगाडि बढाइएको बताएको छ।

    यसले कांग्रेसमा सभापति देउवा पक्षका नेताहरु थप त्रसित बनेका छन्। सभापति देउवाले पार्टीका विश्वासपात्र खाणपछि आफ्नै परिवारमाथि नै वर्तमान सरकार लागेपछि थप क्रोधित बनेको स्रोत बताउँछ।

    प्रहरीले सार्वजनिक गरेको अडियो प्रकरणको आधिकारिकता अनुसार अब आरजू पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिने संभावना छ। उनलाई आर्थिक रकम बुझाइएको दाबी गरिएको अडियोमा स्वर नक्कली शरणार्थी प्रकरणका योजनाकार शर्माकै भएको पुष्टि भएपछि आरजूको भूमिका यसमा शंकास्पद देखिन्छ।

    यस अघि कांग्रेसका नेताहरुलाई तान्न थालेपछि महानगरीय प्रहरी प्रभाग रानीपोखरीमा रहेका एआइजी श्याम ज्ञवालीलाई अन्यत्र सरुवा गर्न देउवाले तारन्तार सरकारलाई दवाब दिएका थिए। तर प्रधानमन्त्री दाहाल र गुहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै तदारुकता नदेखाएपछि देउवा रुष्ट बनेका थिए।

    कांग्रेसकै सहायताले बनेको र उसकै आडले हालसम्म टिकेको सरकार एक पछि अर्को गर्दै आफ्नै लागि प्रत्युत्पादक हुने देखिएपछि कांग्रेस माओवादीसँग भयभित बन्दै गएको स्रोतको दाबी छ।

    एकातिर आफ्ना निकटस्थसँगै परिवारकै सदस्यलाई सरकारबाटै खतरा देखिएपछि सभापति देउवा चिढिएका छन् भने अर्को तिर उनी इतर पक्षका नेताहरु पनि सरकार र गठबन्धनप्रति सन्तुष्ट देखिएका छैनन्।

    र्तमान सरकारबाट पेलिएको आभाष कांग्रेसका अधिकांश नेता कार्यकताहरुमा व्याप्त रहेको छ। संसदकै ठूलो दलको हैसियत कायम रहेको कांग्रेसले अरुलाई सरकारको नेतृत्व गर्न सहयोगी भूमिकामात्रै निर्वाह गर्नुपरेको निरीह अवस्थाले समेत नेताहरु असन्तुष्ट बनेको कांग्रेस स्रोतको दाबी छ।

    कांग्रेसबाट असन्तुष्टिका स्वरहरु विस्तारै सतहमा समेत प्रकट हुन थालेको छ। कांग्रेसका सभापति देउवा इतरका युवा नेताहरुले पनि वर्तमान सरकार र गठबन्धनविरुद्ध अभिव्यक्ति दिन सुरु गरिसकेका छन्। कांग्रेसका महामन्त्री गगन थापाले सरकार तथा गठबन्धन परिवर्तन भए अनौठो नमान्न कार्यकर्ता पंत्तिलाई जानकारी दिइसकेका छन्।

    उनले वर्तमान निर्वाचन प्रणाली नै सरकार परिवर्तन हुने र गठबन्धन परिवर्तन भइरहने प्रकृतिको भएकाले अन्यथा नमान्न सुझाएका हुन्। यस्तै कांग्रेसका युवा नेता प्रदीप पौडेलले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा वर्तमान सरकार गठबन्धकै कारण आगामी निर्वाचनमा कांग्रेसको अवस्था झनै खस्किने बताएका छन्।

    नेता पौडेल सरकारमा कांग्रेसको सहभागीता र हालको गठन्धनप्रति असन्तुष्ट देखिएपछि दाहाल सरकारप्रतिको असन्तुष्टि बारे कांग्रेसका विद्यमान सबै गुटमा मतैक्यता कायम रहेको छ।

    शनिबारको कार्यक्रममा उनले आगामी २०८४ सालको निर्वाचनमा जो सुकैसँग गठबन्धन गरेपनि कांग्रेसले यथोचित परिणाम हात पार्न नसक्ने ठोकुवा गर्नुले वर्तमान सरकार र गठबन्धनप्रति कांग्रेस वृत्तमा असन्तुष्टि बढेको दर्शाउँछ।

    विगतका भ्रष्टाचारका काण्डहरु उजागर गरेर सत्ता सहयात्रीलाई परिबन्दमा पार्दै सत्ता टिकाउने प्रधानमन्त्री दाहालको मनोकांक्षा बुझेका कांग्रेस सरकार छाडेर बाहिरिए विगत देखिका भ्रष्टाचारजन्य बेथितिलाई रोक्ने सरकारको अभियानमा असहयोग गरेको आक्षेप आफूमाथि लाग्ने भयल कांग्रेसले सरकारबारे कठोर निर्णय लिन नसकेर अनिर्णयको बन्दी बनेको स्रोत बताउँछ ।

    प्रधानमन्त्री दाहालले सार्वजनिक रुपमा आफ्नो अन्तिम कार्यकाल भएको बताइसकेका छन् उनले यस अघिका विभिन्न भ्रष्टाचारका काण्डहरु उजागर गर्दै सत्ता सहयात्री कांग्रेसलाई तर्साएर अघि बढ्ने दाउमा छन्।

    उनी यसका लागि हरेक जोखिम मोल्न तयार देखिएका छन्। सरकार छाड्नुपरे बेथिति र संस्थागत भ्रष्टाचारीलाई दण्डित गर्ने अभियानमा सरिक भएकैले सरकारबाट बाध्यात्मक रुपमा निकालिएको बताउँदै जनतामा पुगेर माओवादीको गुमेको साख फिर्ता गर्ने ध्याउन्नमा उनी छन्।

    सोमबार, असार २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.