• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

बाढीपहिरोका कारण म्याग्दीका ग्रामीण सडक अवरुद्ध, यात्रु मर्कामा


  •   सोमबार, साउन ०८, २०८० मा प्रकाशित
  • बाढीपहिरोका कारण म्याग्दीका ग्रामीण सडक अवरुद्ध हुँदा पैदलयात्रा गर्न र यातायातका सवारीसाधन सञ्चालनमा समस्या भएको छ। सडक बिग्रिएपछि ग्रामीण क्षेत्रमा सञ्चालित यातायात सेवा पूर्ण रूपमा प्रभावित हुँदा यात्रु मर्कामा परेका छन्।

    Advertisement

    भएका सडकको स्तरोन्नति गर्नुभन्दा नयाँ सडक निर्माण प्राथमिकतामा पर्ने गरेकाले जिल्लाका अधिकांश ग्रामीण सडक वर्षाको समयमा अवरुद्ध हुने गरेका हुन्। सडकमा खाल्टाखुल्टी हुनुका साथै हिलोका कारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय बताउँछन्। जिल्लाको देविस्थान, मुदी, मुना, ओखरबोट, दिच्याम, रुम, निस्कोटलगायत क्षेत्रका ग्रामीण सडक अवरुद्ध बनेका छन्।

    पहिरोका कारण यातायातका साधन सञ्चालनमा कठिनाइ भएको दरवाङ–ओखरबोट सडकमा जीप चलाउँदै आउनुभएका विकल पुनले बताउनुभयो । उहाँका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न स्थानीयले दबाब दिँदै आएका छन्।

    बर्षाको समयमा कच्ची सडक सञ्चालनमा कठिनाइ हुने गरेको मालिका गाउँपालिका–५ देविस्थानका वडाध्यक्ष मीम पुनले बताए। “ग्रामीण सडक वर्षाको समयमा जति मर्मत गरे पनि एक दिनको झरीले पूरै बिग्रिने भएकाले तत्काल सञ्चालन गर्न समस्या छ”, उनले भने, “अहिले अनावश्यकरुपमा रकम खर्च गर्नुभन्दा वर्षायाम सकिएपछि सडक स्तरोन्नति गर्दा प्रभावकारी हुने भएकाले वर्षापछि मर्मत गर्ने तयारी गरिरहेका छौँ।”

    त्यस्तै, धवलागिरि र मंगला गाउँपालिकाका अधिकांश सडक अवरुद्ध बनेका छन्। सडक अवरुद्ध भएपछि गाउँमा उत्पादन भएका कृषि उपजलाई बजारसम्म पुर्‍याउन समस्या भइरहेको स्थानीयले बताएका छन्।

    मालिका गाउँपालिका–५ देविस्थान र ३ रुममा उत्पादन भएका आलु तथा तरकारीका साथै जङ्गलमा सङ्कलन गरिएका रातो च्याउ बजारमा पुर्‍याउन समस्या भएको किसान प्रेम सिउथानी मगरले बताए।

    “मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि वडा नं ५ को देवीस्थान जाने सडकमा यातायातका साधन नगुडेको डेढमहिना भयो”, उनले भने, “सामान्य वर्षा हुँदासमेत बाटो बिग्रिएपछि दरवाङबाट चारघण्टा पैदल हिँडेर स्थानीय जाउआउ गर्न बाध्य भएका छन्।”

    गाउँपालिका र नगरपालिकाबाट बजेट विनियोजन गरी निर्माण भएका अधिकांश सडक पहिराका कारण अवरुद्ध भएका दरवाङका व्यवसायी अमृत सापकोटाले बताए। पालिकाले करोडौँ बजेट विनियोजन गरेर गाउँमा सडक खने पनि गाडी नचल्दा आवागमनमा सास्ती खेप्नु परेको उनको भनाइ छ। उपभोक्ता समितिमार्फत निर्माण भएका धेरै सडक बिना नापजाँच खनिएकाले वर्षामा खाल्डाखुल्डीका कारण गाडी गुड्ने अवस्थामा नभएको सापकोटाले बताए।

    “डेढदशक अगाडिसम्म यहाँका ग्रामीण क्षेत्रमा बेग्लै रौनक थियो। बस्ती मोटरबाटोले जोडिएका थिएनन्। सदरमुकाम बेनी बजारबाट गाउँ उक्लिन घोडा चढ्नु पथ्र्यो वा पैदल हिँड्नुपथ्र्यो। भारी बोक्ने भरिया र घोडा खच्चडको बथानले बाटो रमाइलो हुन्थ्यो”, उनले भने, “अहिले जिल्लाका सबै वडा तथा टोलटोलमा सडक पुगेको छ। स्थानीय सरकारको स्थापनापछि पहिलो प्राथमिकतामा सडक परेको छ।” धवलागिरि गाउँपालिका–१ गुर्जामा बाहेक बस्तीबस्तीमा सडक पुगेको उनको भनाइ छ।

    पाँच वर्षको अवधिमा संघ, प्रदेश र स्थानीय तहको बजेटबाट जिल्लाका छ स्थानीय तहमा ७४ ग्रामीण सडक निर्माण भएका जिल्लास्थित पूर्वाधार विकास कार्यालयको तथ्याङकमा उल्लेख छ। सडक विस्तारले ग्रामीण जनजीवनमा विकास र परिवर्तनत ल्याए पनि प्राकृतिक स्रोतको विनास पनि गरेको स्थानीय बताउँछन्।

    ग्रामीण सडक स्तरोन्नति हुँदा ऐतिहासिक र पुरातात्विक सम्पदा नासिनुका साथै वर्षाको समय ती सडकमा ठूला–ठूला पहिरो जाँदा मानवीय तथा भौतिक क्षति भइरहेको बेनी बजारका नैनकुमार श्रेष्ठले बताए। “बिना इञ्जिनियरिङ धमाधम निर्माण भएका सडकले गाउँको सुन्दरता घटाएको छ भने पर्यावरणमा पनि नकारात्मक असर पुर्‍याइरहेको छ”, उनले भने।

    स्थानीय तहले प्रत्येक हरेक वर्ष सडक निर्माणका लागि करोडौँ बजेट खर्च गरे पनि सडक गुणस्तरीय नहुँदा स्थानीयले सास्ती भोग्नु परेको श्रेष्ठको भनाइ थियो। उनका अनुसार ग्रामीण क्षेत्रका धेरैजसो सडकमा वर्षा सुरु भएपछि गाडी सञ्चालन हुन नसक्दा दैनिक उपभोग्य सामान बोकेरै ल्याउनुपर्ने बाध्यता छ।

    “सदरमुकाम बेनी बजार र नगरपालिका क्षेत्रमा मात्रै नभई पाँच वर्ष अघिसम्म निकै दुर्गम र अनकण्टार मानिएका ठाउँमा समेत अहिले सडक पुगेको छ”, श्रेष्ठले भने, “सडकले गाउँका नागरिकलाई सुविधासँगै सास्ती पनि दिएको छ। वर्षाको समयमा सडकका कारण पनि बाढीपहिरोको जोखिम बढेको उनले बताए।

    सोमबार, साउन ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.