• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

विप्लवको विचलन : मार्क्सवादको आधारभूत मान्यतामै प्रहार


  •   मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
  • नेकपा (माओवादी) विभाजन भएर अर्का नेता मोहन वैद्यको नेतृत्वमा नेकपा-माओवादी पुनर्गठन गर्दै गर्दा पार्टीको हर्ताकर्ता नेत्रविक्रम चन्द विप्ल मानिन्थे।

    Advertisement

    उनको मूल भूमिकाले नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टी विभाजित बन्न पुगेको थियो। तत्कालीन नेकपा (माओवादी) विभाजन हुनुको मूल भूमिका विप्लवको रहेको चर्चा त्यतिबेला निकै चुलिएको थियो। विप्लवले प्रचण्डबाट क्रान्तिका सम्पूर्ण सम्भावनाको अन्त्य भएकाले नयाँ पार्टी गठन गर्नुपरेको सार्वजनिक रुपमा बताउने गर्दथे।

    यद्यपि २०६९ सालमा प्रचण्डसँग पार्टी विभाजन पछि बनेको नेकपा-माओवादीको मूल भूमिकामा उनी रहन पाएनन्। पार्टीको नेतृत्व मोहन वैद्यले गर्न पुगे र महासचिव रामबहादुर थापा बादल बन्न पुगे। विप्लवको भूमिका पार्टी सचिवमा मात्रै सीमित रह्यो।

    प्रचण्डसँग अलग भएर वैद्यको नेतृत्वमा पार्टी गठनपश्चात पार्टीमा बोलवाला विप्लवको चल्ने गर्दथ्यो। तर उनमा पार्टीकै नेतृत्व गर्ने महत्वाकांक्षा पलायो। तत्काल यो सम्भवन नदेखिएपछि उनले वैद्यबाट आगामी दिनमा क्रान्ति अघि बढ्न नसक्ने बताउँदै आफ्नै नेतृत्वमा नयाँ पार्टी गठनको सुरसार कस्न थाले।

    उनले नेतृत्व हत्याउन गरेका अनेकौं प्रयत्न गरेर असफल भएपछि बाध्य भएर २०७१ सालमा आफ्नै नेतृत्वमा नेकपा माओवादी नामक पार्टी बनाएका थिए। उक्त पार्टीको पछि नाम परिवर्तन गर्दै हालको नेकपा कायम गरिएको हो।

    २०७१ सालमा पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेका विप्लवले नेपाली क्रान्तिको कार्यदिशा एकीकृत जनक्रान्ति तय गर्दै आफ्ना हिंसात्मक गतिविधिहरु सञ्चालन गर्दै आएका थिए।

    सोही क्रममा करिब एक दर्जन भन्दा बढी नेता कार्यकर्ताहरुको आन्तरिक दुघर्टनामा परेर र कतिपयको राज्यपक्षबाट निधन भइसकेको छ।

    उनको उक्त कार्यदिशालाई लिएर अन्य कम्युनिष्ट पार्टीका नेताहरुले अस्पष्ट र अमूर्त भएको बताउँदै अमूर्त कार्र्यदिशाले राजनीतिक गतिरोध उत्पन्न हुने टिप्पणी गर्दै आएका थिए।

    फलतः पार्टी गठन गरेको नौ वर्षपछि संसदीय राजनीतिको प्रस्थानबिन्दुका रुपमा गत असार ४ गते समाजवादी मोर्चामा सामेल हुन पुगे। गैरसंदीय राजनीति गरिरहेका विप्लवको समाजवादी मोर्चामा सहभागीताको अन्तर्य संसदीय राजनीतिमा प्रस्थान गर्ने पुर्वतयारीस्वरुप भएको राजनीतिका जानकारहरु बताउँछन्।

    एउटै पार्टीमा हुँदा प्रचण्डले क्रान्ति गर्न नसक्ने बताउँदै पूर्णतया संसदीय भासमा पर्दापण गरेको आरोप लगाउँदै बाहिरिएका विप्लव अन्ततः अहिले प्रचण्डसँग दूरी घटाउन भरमग्दुर प्रयत्न गर्दैछन्।

    यहाँनेर स्मरणीय यो छ कि पार्टी विभाजन गरेर जाँदै गर्दा तत्कालीन अवस्थामा प्रचण्डले भनेका थिए, ‘विप्लव पनि अन्तिममा थाकेर फर्किनुहुन्छ।’

    प्रचण्डको यही भनाइको प्रतिवाद गर्दै सार्वजनिक रुपमा विप्लवले ‘यो घर्तीगाउँ (रोल्पाको गाउँ) को उकालो चढेको जस्तो होइन’ भन्दै जवाफ फर्काएका थिए।

    आज समयक्रममा प्रचण्डले भनेकै भनाइ यथार्थपरक साबित भएको छ। प्रचण्डले भनेजस्तै क्रान्तिका नाममा अनेकौं आरोहअवरोह व्यहोरेर विप्लव उनकै शरणमा आउन उद्धत देखिन्छन्।

    पछिल्लो समय मार्क्सवादकै सान्दर्भिकतामाथि प्रश्न गर्दै माओवादी आन्दोलनका नेता बाबुराम भट्टराईले गैर कम्युनिष्ट चरित्रको पार्टीमा आवद्ध छन्। उनले आजको युगलाई पुरातन मार्क्सवादले सम्बोधन गर्न नसक्ने बताएर गैरवामचरित्रको पार्टी गठन गरेको बताएका थिए।

    विप्लवले पनि हालसालै मार्क्सवादको आधारभूत मान्यतामै प्रश्न उठाउन थालृेका छन्। उनले द्वन्द्वात्मक भौतिकवादको सान्दर्भिकतामाथि नै प्रश्न गरेका छन्। विश्वभरका मार्क्सवादीहरुले समाज बुझ्ने र त्यसलाई बदल्नका लागि तय गरिएको दृष्टिकोणमा नै उनले प्रश्न उठाएका छन्।

    मार्क्सवादी दृष्टिकोणका अनुसार द्वन्द्वात्मक भौतिकवाद प्रकृति, मानवसमाज, एवं चिन्तनमा विद्यमान गतिका आम नियमहरुको अध्ययन गर्ने र त्यसै आधारमा समाज र संसार बदल्नका लागि प्रेरित गर्ने विश्वदृष्टिकोण हो।

    मार्क्सवादका तीन संघटक अंगमध्ये राजनीतिक अर्थशास्त्र, दर्शन समाजवाद पर्दछन्। सोही माक्र्सवादी दर्शन अन्तर्गतका तीन अभिन्न तत्वमध्ये उनले द्वन्द्वात्मक भौतिकवादको औचित्यमाथि नै प्रश्न गरेका छन्।

    द्वन्द्वात्मक भौतिकवाद, वर्गसंघर्ष र अतिरिक्त मुल्यको सिद्धान्त मार्क्सवादका आधारभूत मान्यताहरु हुन्। यसैको दार्शनिक धरातलमा टेकेर संसार भरका क्रान्ति सम्पन्न भएका हुन्।

    तीनै दार्शनिक आधारलाई माक्र्सवादी अर्थात कम्युनिष्टहरुले अनुशरण गर्ने गर्दछन्। र त्यसैका दार्शनिक आधारमा आफ्नो धारणा कायम गद बदल्ने प्रण गर्दछन्।

    तर, विप्लवलेआइतबार पुष्पलालको ४५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा मार्क्सवादकै आधारभूत मान्यतामै प्रश्न उठाउँदै द्वन्द्वात्मक भौतिकवादको औचित्यमाथि प्रश्न गरेका थिए। त्यसपछि उनी बाबुरामकै लाइनमा पुगेको चर्चा हुन थालेको छ।

    द्वन्द्वात्मक भौतिकवादको औचित्यमाथि नै प्रश्न गरेपछि विप्लव कम्युनिष्ट नरहेको क्रान्तिकारी कम्युनिष्ट पार्टीका वरिष्ठ नेता सिपी गजुरेल बताउँछन्।

    उनी भन्छन् , ‘उहाँले स्वघोषित रुपमा कम्युनिष्ट छाडेको हुँ भनेको हो। मार्क्सवादकै आधारभूत मान्यताकै उपादेयतामाथि प्रश्न गरेर द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण नै नमानेपछि उहाँ यसको विपरित दर्शन अभिधूतवाद (अध्यात्मबाद)मा आकर्षित हुनुभयो।’

    उनले अगाडि भने, ‘माक्र्सवादकै विश्व दृष्टिकोण नमान्ने भएपछि उहाँ कसरी कम्युनिष्ट रहनुभयो। उहाँले कम्युनिष्टको आधार मान्यतामे प्रहार गरेपछि अब अभिधूतवादी बन्नुभयो।’

    नेता गजुरेलले द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको औचित्यमाथि प्रश्न उठाउने कम्युनिष्ट हुन नसक्ने तर्क गरे। उनले गैर कम्युनिष्टहरुले समेत स्वीकार गर्ने उक्त दृष्टिकोण विप्लवले अस्वीकार गर्नुले उनी अध्यात्मिक बन्न थालेको जिकिर गरे।

    मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.