नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । बानेश्वरस्थित संसद भवनमा सरु भएको कांग्रेस संसदीय दलको बैठकमा संसद निरन्तर अवरुद्ध भएको र यस्तो अवस्थमा प्रभावकारी भूमिका निर्वाह गर्ने सम्बन्धमा छलफल हुने बताइएको ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेकपा (एमाले) ले संसद निरन्तर अवरोध गरिरहेकाले संसदीय व्यवस्थाको खिलापमा नै जान लागेको हो कि भन्ने शङ्का उत्पन्न भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अनाहकमा संसद अवरोध गरिरहेको छ । यो संसदीय व्यवस्थाको खिलापमा नै जान लागेको हो कि भन्ेन शङ्का भएको छ ।” उहाँले संसदमा पेश गर्नुपर्ने महत्त्वपूर्ण विधेयकको सम्बन्धमा छलफल हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनताका अत्यन्त महत्त्वपूर्ण विधेयक छन् पार्लमेन्टमा पेश गर्ने । शिक्षा ऐन, निजामति सेवा, प्रहरी सम्बन्धी जो जनताको जनजीविकादेखि महत्त्वपूर्ण अर्थ राख्ने ।” उहाँका अनुसार यस लगायत आर्थिक वर्ष २०८०/८१ को पारित बजेट प्रभावकारी कार्यान्वयन सम्बन्धमा पनि बैठकमा छलफल हुने छ ।

