• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

१५ महिनामा सक्नुपर्ने भरतपुर बाइपास सडक विस्तारको काम ६ वर्षमा पनि सकिएन


  •   शुक्रबार, साउन २६, २०८० मा प्रकाशित
  • १५ महिनामा सक्नुपर्ने साढे ४ किलोमिटर भरतपुर बाइपास सडक विस्तारको काम ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । वहुवर्षिय योजनामा निर्माणाधीन रहेको यो सडकका लागि चालु आर्थिक वर्षमा सरकारले बजेट नै नछुट्याएपछि सडक विस्तारको काम अझै अलपत्र हुने देखिएको छ ।

    Advertisement

    दुईवटा ठेक्कामा काम भइरहेको सो सडक निर्माणको काम हुँदै गर्दा सरकारले योजनामा नै राखेको छैन अर्थात बजेट नै विनियोजन गरेको छैन ।

    सडक डिभिजन चितवनका सूचना अधिकारी इन्जिनियर चन्द्रेश्वर शाहले योजनामा नपरेपछि सडक विभागमा पत्राचार गरिएको बताए । ठेकेदार कम्पनीले बिल भुक्तानीका लागि निवेदन दिइसकेको भए पनि कार्यालयसँग उक्त सडकका लागि बजेट नहुँदा समस्या भएको उनले बताए ।

    केन्द्रीय बस टर्मिनलबाट विशाल चोकसम्म २.२ किमि र विशाल चोकबाट आँपटारीसम्म २.२ किमि गरी दुई खण्डमा काम भइरहेको छ । पूरै ४.४ किमि सडक दुई लेनमा व्यवस्थित गर्न २०७३ सालमा सम्झौता भई रुख काट्ने र खन्ने काम भएको थियो । त्यही समयदेखि सडकको अवस्था विजोक छ । त्यसको एक वर्ष नबित्दै सडकलाई ४ लेन बनाउनका लागि योजना परिवर्तन गरिएको थियो । र सम्झौतामा पनि परिवर्तन गरियो ।

    पहिले सम्झौता गरिएको निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवालाई बस टर्मिनलदेखि विशालचोकसम्मको सर्भिसलेन बाहेकको काम गर्न भनियो । उक्त काम १३ करोड लागतमा १५ महिनामा सक्ने गरी २०७३ पुसमा सम्झौता गरिएको थियो । पटकपटक म्याद थप गर्दै आइएको उक्त खण्डमा मा ९७ प्रतिशत काम सम्पन्न भइसकेको छ । उक्त निर्माण कम्पनीलाई कारबाही स्वरुप हर्जना तिराइराखिएको छ । पहिलो चरणमा दैनिक ०.०५ प्रतिशत हर्जना तोकेर कारबाही सुरु गरिएको हो । निर्माण कम्पनीले १० प्रतिशतसम्म हर्जना तिरिसक्दा पनि काम नसके ठेक्का सम्झौता रद्द गरेर कालोसूचीमा राख्ने व्यवस्था खरिद ऐनमा रहेको छ ।

    दोश्रो खण्ड विशालचोकदेखि आँपटारी सम्मको पूरै र पहिलो खण्डको सर्भिस लेनकोे काम रायमाझी पशुपति जेभी निर्माण कम्पनीले गर्दै छ । २०७७ साल असारमा २६ करोड लागतमा २० महिनामा काम सक्ने गरी सम्झौता भएको थियो । सम्झौता अनुसार २०७८ साल फागुनमा काम सम्पन्न भइसक्नु पर्दथ्यो । यो खण्डमा पनि पटकपटक म्याद थप भइसकेको छ । पछिल्लो पटक म्याद थप भएको अवधि मंसिरसम्म छ । हालसम्म ७० प्रतिशत मात्र काम सकिएको छ ।

    अहिले बजेट नै विनियोज नगरेपछि सडकको काम अझै अलपत्र हुने देखिएको हो ।

    सडक निर्माण सुस्त गतिमा हुँदा सडक ६ वर्षसम्म विजोक अवस्थामा रह्योे । यसमा मुख्य जिम्मेवार निर्माण कम्पनी नै हो । निर्माण कम्पनीका लापरबाही विरुद्ध स्थानीयले पटकपटक सडकमा धर्ना बसेर सडकको काम छिटो गर्न माग गर्दै आए । जति गरे पनि सडकको अवस्था उस्तै रहेको स्थानीयहरुले गुनासो गरेका छन् । नयाँ पिच बनेपनि सडकमा खाल्डाखुल्डी छन् । जेब्रा क्रसिङ्ग र फुटपाथ नबन्दा पैदलयात्रीले दुखः पाउने गरेका छन् । बाइपास सडक भएर यात्रा गर्ने यात्रु, सवारी चालक, व्यावसायी र स्थानीयले यस्तै गुनासो सुनाएका छन् ।

    शुक्रबार, साउन २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.