• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ६. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ७. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

खाद्यान्न आयात गर्न भारतसँग पत्राचार


  •   मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
  • सरकारले भारतबाट साढे छ लाख टन खाद्यान्न (चामल, धान र चिनी) आयात गर्न लागेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा आपूर्ति व्यवस्था सहज बनाउन छ लाख ५० हजार टन खाद्यान्न आयात गर्न लागेको हो ।

    Advertisement

    भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा हुन सक्ने अभावलाई ध्यानमा राखेर गरेर आयात गर्न लागिएको हो । मन्त्रालयले एक लाख टन चामल, पाँच लाख टन धान आयात गर्न पत्राचार गरेको जनाएको छ ।

    यस्तै ५० हजार टन चिनी आयातका लागि परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव राधिका अर्यालले साढे छ लाख खाद्यान्न आयात गर्न भारत सरकारलाई अनुरोध गरे पनि कति दिने भनेर निर्णय भइनसकेको उहाँले जानकारी दिनुभयो । बजारमा खाद्यान्नको आपूर्ति व्यवस्था सहज बनाउन भारतबाट धान, चामल र चिनी आयात गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

    भारतले बासमतीबाहेकका चामलको निर्यातलाई साउन ४ बाट लागु हुने गरी रोक लगाएको छ । खाद्यान्नको बढ्दो मूल्यलाई नियन्त्रणको प्रयासस्वरूप भारतले चामल निर्यातमा प्रतिबन्ध घोषणा गरेको हो । स्थानीय उत्पादनले माग धान्न नसक्दा भारतमा ठुलो परिमाणमा चामल र धान आयात हुने गरेको थियो ।

    भारतले चामल निर्यातमा रोक लगाएसँगै बजारमा खाद्यान्नको मूल्य बढेको व्यवसायीको भनाइ छ । नेपाल चामल, तेल, दाल उद्योग सङ्घले बजारमा आपूर्ति व्यवस्था सहज बनाउन १० लाख टन धान आयात गर्न मन्त्रालयलाई पत्राचार गरेको थियो । सङ्घका अध्यक्ष कुमुदकुमार दुगडले १० लाख टन धान आयात भए बजारमा खाद्यान्न अभाव नहुने जानकारी दिनुभयो ।

    चामल आयात गर्नुभन्दा धान आयात गर्दा स्वदेशी धान मिलले काम पाउने उहाँको भनाइ छ । हाल बजारमा खाद्यान्न अभाव नभए पनि सरकारले आयातको व्यवस्था जतिसक्दो छिटो पहल नगरे अभाव भई मूल्य बढ्न सक्ने उहाँको भनाइ छ । नेपालमा आवश्यक धान चामलको करिब २१ प्रतिशत भारतबाट आयात हुने गरेको सङ्घले जनाएको छ । भारतसँगै अन्य देशबाट पनि खाद्यान्न आयात हुने गर्छ ।

    भन्सार विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०७९/८० मा नेपालले विभिन्न देशबाट ५६ अर्ब ६२ करोड ५३ लाख ४७ हजार रुपियाँको खाद्यान्न (धान, चामल, गहुँ, मकै, जौ, कोदो) आयात गरेको छ । आव २०७८/७९ मा ७४ अर्ब २८ करोड ३७ लाख सात हजार रुपियाँको आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा समग्र खाद्यान्न आयातमा २४ प्रतिशत अर्थात् १८ अर्ब रुपियाँ बराबरको कमी भएको छ । आव २०७९/८० मा १५ अर्ब ९१ करोड २४ लाख १५ हजार रुपियाँको चामल मात्र आयात भएको छ । आव २०७८/७९ मा ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपियाँको चामल आयात भएको थियो । स्थानीय उत्पादनले माग धान्न नसक्दा, मकै गहुँ, कोदो, जौ विभिन्न देशबाट बर्सेनि ठुलो परिमाणमा आयात हुने गर्छ ।

    मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ६.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.