चितवन । भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा त्रासदीपूर्ण सवारी दुर्घटना भएको छ ।महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एक(आपसमा ठोक्किएको हो ।
ठोक्किएका सवारीमा मोटरसाइकल र स्कुटरको संख्या धेरै छ । व्यस्त राजमार्गमा प्राय सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै ठोक्किएको बताइएको छ । दुर्घटनास्थलबाट घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
घाइते २० जना रहेको चितवन प्रहरीले जनाएको छ । सोो दुर्घटनामा परि घाइते भएकामध्य सरकारी अस्पतालमा १२ जना पठाइएको छ। भने पुरानो मेडिकल कलेजमा ७ जना पठाइएको छ भने एक जना चितवन मेडिकल कलेज पुर्याइएको प्रहरी प्रबक्ता बिजयराज पण्डितले जानकारी दिनुभयो ।
आज मध्यान्ह भएको दुर्घटनमामा ना१क ६१३१ नंको कलेज बसले बिपरीत दिशा तर्फ आइरहेको शब बोकेको एउटा बोलेरो र ६ ओटा मोटरसाइकल र एउटा स्कुटर रहेका छन्।घाइते मध्य सात जना गम्भिर बाह्रजना मध्यम र १ जना सामान्य रहेको प्रहरीले जनाएको छ ।
निम्न घाईतेहरुः-
• भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेहरु
१.जि.चितवन खैरहनी न.प.४ बस्ने बर्ष अं.६०/६५ को कृष्ण ब.तामाङ गम्भिर ।
२.जि.मकवानपुर हेटौडा उ.म.न.पा.१४ बस्ने बर्ष अं.६०/६५ को महोन तामाङ गम्भिर ।
३.जि.चितवन खैरहनी न.पा.१ बस्ने बर्ष अं.८२ को जित ब.तामाङ गम्भिर ।
४.जि.चितवन र.न.पा.१४ बस्ने बर्ष अं.५०/५५ को कुसुम ब.राना गम्भिर ।
५.जि.चितवन र.न.पा.१४ बस्ने बर्ष अं.३८ को सुरेश श्रेष्ठ गम्भिर ।
६.जि.चितवन र.न.पा.९ बस्ने बर्ष अं.३०/३५ को किशोर तामाङ गम्भिर
७.जि.चितवन र.न.पा.१४ बस्ने बर्ष अं.५०/५५ को डोल ब.कार्कि गम्भिर ।
८.जि.चितवन र.न.प.१४ बस्ने बर्ष ४१ को पुर लामा मध्यम ।
९.जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ५५ को बुद्रिराम तामाङ मध्यम ।
१०.जि.चितवन र.न.पा.१६ बस्ने बर्ष ४४ को रेशम पोख्रले मध्यम ।
११.जि.काठमाण्डौ गोकण ४ बस्ने बर्ष ४८ की तारा श्रेष्ठ मध्यम
१२.जि.चितवन र.न.पा.१६ बस्ने बर्ष ४७ को दिल ब.घिसिङ मध्यम ।
• (नँया मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईते
१. बलेरो गाडीमा सवार जि.नवलपुर गैडाकोट न.पा.८ बस्ने बर्ष ५१ को लोकराज लामा मध्यम
• पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरु
१.बा.प्र.०३-००६ प ९९८१ नं.मो.सा.चालक जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ३३ को शंकर परियार सामान्य
२.सोहि पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३६ को दिबेश शाक्य मध्यम ।
३.बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ५० को आईतराम कामि मध्यम ।
४. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.३ बस्ने बर्ष ४४ को गोपाल तामाङ मध्यम
५. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.१४ बस्ने बर्ष २६ को पुष्प तामाङ मध्यम ।
६. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ३८ को कृष्ण लामा मध्यम ।
७. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.३ बस्ने बर्ष ४५ को जिवन लामा मध्यम ।
