म के अब आफ्नै सपनाहरुलाई बलात्कार गरौं?
स्कुल-कलेजका अँधेरी रातहरुलाई तिरस्कार गरौं?
बच्चा हुँदा सकेसम्म राम्रो पढ्छु भनेको हुँ,
बैंस वयमा पढेपछि राम्रो गर्छु भनेको हुँ।
मान्छेलाई तनले छोवौं राम्रो गरौं भनेको हुँ
सबै-सबैको मनमा पुगौं राम्रो गरौं भनेकै हुँ।
तर अचेल डाँकालाई झैं ड्याम्म पारेको देख्छु
अनि विच सपनामा अैंठन परि झल्याँस्स हुन्छु
सास थुनिएर म अक्क न बक्क भएको छु
पसिनै पसिनाले म त निथ्रुक्क परेको छु।
ए धर्ति! ए आकास!आऊ न मलाई अर्ति देऊ
के म अब सबैलाई हेलमेट लगाएर उपचार गरौं?
