• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ६. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ७. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

रुपन्देहीमा बजार अनुगमन तीव्र, दुई दर्जन व्यवसायी कारबाहीमा


  •   बुधबार, असोज १०, २०८० मा प्रकाशित
  • चाडपर्वमा मात्र अनुगमन हुन्छ भन्ने मान्यतालाई तोड्दै रुपन्देहीमा बितेको एक वर्षमा २८ पटक बजार अनुगमन भएको छ । जिल्ला बजार अनुगमन समितिले गत वर्षको साउनदेखि यता २८ पटक बजार अनुगमन गरेको हो ।

    Advertisement

    अनुगमनका क्रममा करिब दुई दर्जन व्यावसायिक प्रतिष्ठानलाई कारवाही गरिएको छ । अनुगमन समितिले पछिल्लो पटक गत असार २२ गते भैरहवाका दर्जन व्यावसायिक प्रतिष्ठानमा अनुगमन गरेको थियो । त्यसक्रममा ६ वटा खाद्यान्न पसललाई कारबाही स्वरुप जरिवाना गर्‍यो । अनुगमनका क्रममा खरिद र बिक्री बिल नराखेको, अवैध बाटोबाट भित्र्याइएका सामान बिक्री गरेको, मूल्यसूची, साइनबोर्ड, खरिदबिक्री खाता नराखेको, दर्ता प्रमाणपत्र नवीकरण नगरेको, खुद्रा बिक्रीको अनुमति लिएर थोक बिक्रेताका रुपमा कारोबार गरेको, नापतौल अनुमति नलिएको, लेबल नभएका खाद्यवस्तु बिक्री गरेको पाइएपछि कारबाही गरिएको हो ।

    उपभोक्ता हित संरक्षण ऐन २०७५ अनुसार ६ वटा पसललाई कारबाही स्वरुप जरिवाना गरिएको अनुगमन समितिका संयोजक रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताउनुभयो । गत फागुन २२ मा समितिले जिल्लाको भैरहवा–परासी खण्डअन्तर्गत रोहिणी र ओमसतिया क्षेत्रका व्यवसायको अनुगमन गर्‍यो । अनुगमनबाट जोगिन रोहिणी गाउँपालिका–३, धकधईका स्थानीयले सटर बन्द गरेर भागेका थिए । समितिले केही पसलहरुमा अनुगमन सुरु गरेपछि व्यवसायीले पसल बन्द गरेर अनुगमन समितिलाई छलेका हुन् ।

    धकधईका सातवटा पसलमा एकैपटक समितिले अनुगमन गरेको थियो । त्यसपछि अन्य व्यवसायीले धमाधम सटर बन्द गरेका थिए । तर, पनि अनुगमन समितिले भैरहवा–परासी सडकखण्डमा पर्ने ओमसतिया गाउँपालिका–४, बालापुर र वसन्तपुर तथा रोहणीको धकधई क्षेत्रबाट भन्सार छली गरी अवैधरुपमा नेपाल भित्र्याइएका भारतीय सूर्तीजन्य पदार्थ र गुट्खा बरामद थियो । बरामद गरिएको गुट्खा तथा सूर्तीजन्य पदार्थ नष्ट गरियो । सूर्ती तथा गुट्खाजन्य पदार्थ बाह्य मुलुकबाट आयात गर्दा खरिद गरेको मूल्यको ८० प्रतिशत भन्सार महशुल, १३ प्रतिशत मूल्य अभिवृद्धि कर, प्रतिकिलो ८२१ रुपियाँ अन्तःशुल्क र ६० रुपियाँ स्वास्थ्य जोखिम कर लाग्छ ।

    यस्ता कर छली गर्न व्यवसायीले अवैध बाटोबाट गुट्खा तथा सुर्तीजन्य पदार्थ नेपाल भित्र्याइरहेका छन् । यसबारे जनगुनासो आएपछि समितिले अनुगमन गरी सुर्ती तथा गुट्खाजन्य पदार्थ जफत गरेको थयो । यी केही उदाहरण मात्रै हुन् । पछिल्लो समय जिल्ला बजार अनुगमन समितिले अनुगमनलाई तीव्रता दिएको छ । ‘‘हामीले कुनै पर्व लक्षितभन्दा पनि नियमित बजार अनुगमनलाई प्राथमिकता राखेका छौं ।,’’ अर्यालले भन्नुभयो, ‘‘उपभोक्तामाथि खेलवाड गर्ने, नियमविपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याएका छौं ।’’

    उहाँका अनुसार अनुगमनबाट गलत गर्ने व्यवसायीलाई जरिवाना गरिएको छ । यस्तो जरिवाना वापत पाँच लाख बढी असुल भएको छ । यस्तै, लाखौं मूल्यका सामान जफत गरिएको छ । खान अयोग्य सामान नष्ट गरिएको छ ।

    ‘‘१० महिनामा सयौं व्यावसायिक प्रतिष्ठानको अनुगमन गरिएको छ, दुई दर्जन बढी व्यवसायीलाई कारबाहीको दायरामा समेत ल्याइएको छ,’’ उहाँले भन्नुभयो ।

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उपभोक्ता हितलाई प्राथमिकता राखेर प्रशासनले काम गरिरहेको बताउनुभयो । उहाँले राम्रो गर्ने व्यवसायीलाई सधैं प्रोत्साहन गर्ने र गलत गर्नेलाई कारबाही गर्ने जानकारी दिनुभयो । गोरखापत्र अनलाइनबाट

    बुधबार, असोज १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ६.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.