बाहिर जान्छन युवा दैनिक दुई हजारमा
खुबी र पाखुरी छन् सबै उतै बजारमा
हे विदेश जाने साथी हो यतै बसेर त हेर
काम गर्दा गर्दै यहाँ ठोक्छन् कति खेर।
देशै तोड्नेलाई झन् अबिर र माला
मान्छे मार्नेका नि फुलभरिका गाला
डाक्टरी गर्नेलाई भने मुड्कीको ठेस
कठै हेर न हेर मेरो तोर्पेहरुको देश।
