• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

‘टेरामोक्सले कल रेकर्ड गर्दैन’


  •   सोमबार, असोज २२, २०८० मा प्रकाशित
  • दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण/न्यूनीकरण गर्न तथा सेवाप्रदायकको नेटवर्कबाट हुने कलको मापन गर्न प्राधिकरणले कार्यान्वयनमा ल्याउन लागेको टेलिकम्युनिकेसन्स ‘ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामोक्स)’ ले व्यक्ति व्यक्तिबिच फोनकल रेकर्ड नगर्ने नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्ट पारेको छ ।

    Advertisement

    पछिल्लो समय विवादित बनेको टेरामोक्सको प्राविधिक पक्षबारे जानकारी गराउन आइतबार प्राधिकरणले आयोजना गरेको कार्यक्रममा टेरामोक्सले दूरसञ्चार क्षेत्रको घट्दो आम्दानीको कारण पत्ता लगाउन सहयोग गर्ने र सेवाको गुणस्तर बढाउन सहयोग पु¥याउने दाबी गरिएको हो ।

    टेरामोक्स जडानको जिम्मेवारी पाएको लेबनानको भेराइज सोलुसन्सका प्राविधिकसमेत रहनुभएका मोहम्मद हर्बले यो प्रणाली व्यक्तिको कुराकानी रेकर्ड गर्ने गरी निर्माण नगरिएको बताउनुभयो । “सेवाप्रदायकबाट प्राप्त तथ्याङ्कको एकमुष्ट ग्रहण गर्ने र त्यसको विश्लेषणमा यो प्रणालीले सहयोग पु¥याउँछ,” उहाँले भन्नुभयो, “हल्ला भएजस्तो कलको रेकर्ड भने गर्दैन ।”

    टेरामोक्सले सङ्कलन गर्ने विभिन्न तथ्याङ्कमा प्राधिकरणका सीमित प्राविधिक कर्मचारीको मात्र पहुँच हुने र व्यक्तिगत तथ्याङ्क भने सङ्कलन नगरिने उहाँको भनाइ थियो । भेनराइजले प्राधिकरणलाई टेरामोक्स उपलब्ध गराउँदा नै कल रेकर्ड नहुने, डेटाको शतप्रतिशत सुरक्षा हुने, परीक्षणबाट प्रमाणित भएको र अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको सुनिश्चिततासहितको प्रमाणपत्र उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।

    टेरामोक्स जडानसँग सम्बन्धित उपकरण अत्यधिक मूल्यमा खरिद गरिएको सम्बन्धमा उहाँले यसमा प्रयोग गरिने ल्यापटप र मोबाइल सामान्य उपकरण नभएको र कलको विश्लेषण गर्न सक्ने सफ्टवेयर जडान भएको ल्यापटप भएको उहाँले प्रस्ट पार्नुभयो । “देख्दा सामान्य ल्यापटप र मोबाइल जस्तो लागे पनि यी उपकरणमा विशेष तरिकाले सफ्टवेयर राखिएकाले बजार मूल्यभन्दा धेरै महँगो पर्छ,” उहाँले भन्नुभयो । विश्वमा चल्तीको बजार मूल्यभन्दा नेपाल ल्याइएका त्यस्ता उपकरणको मूल्य महँगो नभएको उहाँको भनाइ थियो ।

    व्यक्तिको फोन रेकर्ड गर्ने र महँगो मूल्यमा उपकरण खरिद गरिएको भन्दै टेरामोक्स जडान अहिले विवादमा परेको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यो जडान गर्न निर्देशन दिए पनि सेवाप्रदायकहरूले भने अहिलेसम्म लागु गरेका छैनन् ।

    खरिदमा अनियमितताको आशङ्कासहित अहिलेको विषयमा अनुसन्धान पनि भइरहेको छ । यद्यपि प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल भने दूरसञ्चार बजारको भविष्य सुरक्षा गर्न पनि टेरामोक्स जडान जरुरी रहेको बताउनुहुन्छ ।

    “फोरजी सुरु भए पनि डेटा र प्रयोगकर्ता पनि बढेका छन् तर सेवाप्रदायक भने आम्दानी घटेको विवरण देखाउँछन्,” उहाँ भन्नुहुन्छ, “चार वर्षको अन्तरमै २०/२५ अर्ब रुपियाँले आम्दानी घट्नु सामान्य कुरा होइन ।” त्यहीँ विषयको अनुसन्धानका लागि पनि टेरामोक्स सहयोगी हुने उहाँको भनाइ छ । त्यस्तै आमउपभोक्ताले पाइरहेको सेवा पनि गुणस्तरीय नभएको गुनासो भएकाले त्यसको निरीक्षणका लागि पनि टेरामोक्स जडान गर्न लागिएको उहाँले बताउनुभयो । “काठमाडौँमै फोरजी नटिप्ने समस्या छ,” उहाँले भन्नुभयो, “त्यस्ता समस्या निवारण गर्न पनि टेरामोक्स राख्न लागिएको हो ।” प्राधिकरणले करिब सवा तीन अर्ब लगानीमा टेरामोक्स जडान गर्न लागेको हो । गोरखापत्र अनलाइनबाट

    सोमबार, असोज २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.