तिहार पर्व कहिलेदेखि मनाउन थालियो, यसको कुनै तिथि मिति नभए तापनि भारतको गंगा यमुना नदीका किनारमा आजभन्दा ३५०० पूूर्व बस्ने गोपालहरुको प्रसङ्ग र शिजा राज्यका १४ औं शताब्दीका बलिराजाको प्रसङ्ग सँगसँगै आउने हुँदा यस पर्व हजारौं वर्षसम्म विकसित र परिमार्जित हुँदै आएको देखिन्छ।
समग्रमा यो पर्व कविला नायक शासनबाट निरंकुश राजतन्त्रको संक्रमणको अवधिको सांस्कृतिक आधारमा खडा भएको पर्व हो। सम्पूर्ण चाड पर्वमा सांस्कृतिक पक्ष अन्धविश्वास रुढिवाद र विकृति सँगसँगै आउँदछन्। यसको परिचान गरी समयानुकूल पर्वको परिवर्तन गर्नु प्रगतिशील तरिकाले मनाउनु आजको आवश्यकता हो।
संस्कृतिको संरक्षण हुनु पर्दछ, जो हाम्रो परिचान हो। तर, अन्धविश्वासको अन्त हुनु पर्दछ, जसले हाम्रो बौद्धिक दरिद्रताको परिचय दिन्छ। र, विकृति भित्र्याउनु हुँदैन, जसले हाम्रो पहिचान मेट्ने छ। अन्धविश्वास र रुढिवादमा खडा भएका पर्व भौतिक आधारमा खडा गर्दै मनाउनु पर्दछ।
