कलाकार कोमल ओलीकी मृतक आमा दिपा ओलीको आँखाको नानि दान गरिएको छ ।
तिलगंगा आँखा प्रतिष्ठानमा ओलीका परिवारले मृतक आमाको आँखाको नानि दान गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार आँखा बैंकका बिष्णु रिमाल र राजु राजबाहकले नानि सङ्कलन गर्नुभएको थियो ।
ओलीको मङ्सिर २ गते ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको हो ।
