काठमाडौं, ८ मंशिर । मेडिकल ब्यावसायी दुर्गा प्रसाइले पत्रकार सम्मेलन गर्दैछन् ।
भक्तपुरस्थित घरमा नजरबन्द भए पछि प्रसाई तीनकुनेमा आज ११ बजे देखी गर्ने भनिएको आन्दोलनमा सहभागी हुन नपाए पछि उनले पत्रकार सम्मेलन गर्न लागेका हुन । उनको निवासमा यतिखेर पत्रकार सम्मेलनको तयारी हुदैँछ ।
सह प्रवक्ता राजानन्द माण्डब्यका अनुसार अहिले प्रसाईको घरबाहिर प्रहरी तैनाथ गरिएको छ । र, प्रहरीले प्रसाईलाई बाहिर निस्कन अनुमति नभएको माथीको आदेश भन्दै रोकेर राखेको छ ।
